• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, साउन ०९, २०८३
शनिबार, साउन ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १७ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १७ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १८ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • २ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • २ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • ३ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • ३ दिन 

मीना सुनारको उद्धार
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ६. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ७. आँखा अस्पतालमा बिरामी बढे

  • ८. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ९. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • १०. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

म्याग्दे गाउँपालिकामा घुम्ती शिविर सञ्चालन

  •  मङ्गलबार, फागुन २२, २०८० मा प्रकाशित

दमौली (तनहुँ)। तनहुँको म्याग्दे गाउँपालिकाले सबै सेवा एकै ठाउँबाट दिन घुम्ती शिविर सुरुआत गरेको छ । जनतालाई सहजरूपमा वडास्तरबाटै पालिकाका सेवा प्रदान गर्न गाउँपालिकाले सोमबारदेखि एकीकृत घुम्ती शिविर आयोजना गरेको हो ।

वडाबाटै सेवा प्रदान गर्दा सेवाग्राहीलाई सहज हुने र समयको बचत हुने भएकाले वडा नं ३ बाट घुम्ती शिविर सुरु गरिएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । सिहंदरबरको अधिकार गाउँगाउँमा भन्ने नारालाई प्रत्याभूत गर्न घरआँगनबाटै सेवा प्रदान गरिएको श्रेष्ठको भनाइ छ । उहाँले भन्नुभयो, “गाउँपालिकाको कार्यालयमै आएर लिनुपर्ने सेवालाई जनताको घरदैलोमा पुर्याउने उद्देश्य हो, यसले गर्दा सेवाग्राहीलाई एकदिन छुट्याएर गाउँपालिका आउनुपर्ने बाध्यताको अन्त्य हुन्छ । घरआँगनमै स्थानीय सरकार गएपछि जनतालाई स्थानीय सरकारको प्रत्याभूति गराउन सकिन्छ ।”

गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले प्रत्येक आर्थिक वर्षमा गाउँपालिकाले वडास्तरमै पुगेर एकीकृत घुम्ती शिविर आयोजना गर्ने गरेको जानकारी दिनुभयो । प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीका अनुसार सोमबार र मङ्गलबार वडा नं ३ मा घुम्ती शिविर हुनेछ । फागुन २३ र २४ गते वडा नं ४ मा, २७ र २९ गते वडा नं ५ मा, ३० र चैत १ गते वडा नं ६ मा, चैत २ र ४ गते वडा नं ७ मा, चैत ५ र ६ गते वडा नं १ मा र चैत ७ र ८ गते वडा नं २ मा एकीकृत घुम्ती शिविर हुनेछ ।

घुम्ती शिविरबाट विषयगत शाखाअन्तर्गतका योजना सम्झौता, सुझाव तथा परामर्श सेवा, स्वास्थ्य÷आर्युर्वेद शाखाअन्तर्गत सामान्य स्वास्थ्य परीक्षण, उपचार व्यवस्थापन, परामर्श तथा औषधि वितरण, क्षयरोग स्क्रिनिङ, मधुमेह, पोषण सेवा, भिआइए स्क्रिनिङ, कोभिडविरुद्धको खोप प्रदान गरिने अधिकारीले जानकारी दिनुभयो ।

कृषि शाखाअन्तर्गत हिउँदे बालीको बीउ वितरण, विषादी वितरण, फर्म दर्तासम्बन्धी आवश्यक कागजातको जानकारी, अनुदानसम्बन्धी जानकारी तथा माग सङ्कलन, पशु सेवा शाखाअन्तर्गत गोबर परीक्षण एवं औषधि वितरण, प्रशासन शाखाअन्तर्गत व्यवसाय दर्ता तथा विभिन्न विषयमा जानकारी प्रदान गरिनेछ ।

पञ्जीकरण शाखाअन्तर्गत विभिन्न किसिमका घटना दर्ता तथा सामाजिक सुरक्षासम्बन्धी सेवा, महिला तथा बालबालिका शाखाअन्तर्गत ज्येष्ठ नागरिक परिचयपत्र र अपाङ्गता परिचयपत्र वितरण, घरनक्सा शाखाअन्तर्गत निःशुल्क घर नम्बरप्लेट वितरण गरिने जनाइएको छ ।

बीमाको प्रचारप्रसार

गाउँपालिकाले एकीकृत घुम्ती शिविरमार्फत बीमाको प्रचारप्रसार गरेको छ । गाउँपालिकाको पशु सेवा शाखाले किसानलाई बीमाको महत्व बुझाउने उद्देश्यसहित घुम्ती शिविरबाट यसको प्रचारप्रसार गरेको हो ।

आकस्मिक रोगको क्षति न्यूनीकरण गर्न पशु वस्तुको बीमा गर्न किसानलाई प्रोत्साहन गरिने पशु सेवा शाखा प्रमुख डा विनय शाहले जानकारी दिनुभयो । पशुवस्तुको बीमाका लागि किसानले बुझाउने रकम गाउँपालिकाको पशु सेवा शाखामार्फत पुनः किसानलाई प्रदान गरिने कार्यक्रम चालु आर्थिक वर्षमा रहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “पशु बीमा गरेपछि पशुको क्षति भएमा किसानलाई राहत पुग्नेछ, बीमा निःशुल्क भएकाले यसको प्रचारप्रसारमा जोड दिएका छाँै ।”

पशु सेवा शाखाले घाँसमा आधारित पशुपालनलाई समेत जोड दिएको छ । पशुपालनको ७० प्रतिशत लागत आहारामा खर्च हुने हुँदा मौसमअनुसारको जै, सुपर नेपियर, मकेचरी वर्षिमलगायतका घाँसखेती गरी घाँसमा आधारित पशुपालनबाट उत्पादन लागत घटाउँदै आम्दानी बढाउन किसानलाई अनुरोध गरिएको शाहले बताउनुभयो ।

उहाँका अनुसार घुम्ती शिविरमा आकस्मिक तथा महामारीजन्य रोग रोकथाम तथा न्यूनीकरणका लागि खोरेत, भ्यागुते, चरचरे, पिपिआर, स्वाइन फिबर र कुकुर बिरालोमा रेबिजविरुद्धको खोप लगाइनेछ । उहाँले भन्नुभयो, “रेबिज रोग नियन्त्रणका लागि चालु आर्थिक वर्ष २०८०÷८१ भरि नै कुकुर बिरालोमा रेबिजविरुद्धको खोप निःशुल्क पशु सेवा शाखाबाट प्रदान हुँदै आएको छ ।”

शिविरको पहिलो दिन एक हजार पशुवस्तुको स्वास्थ्य परीक्षण गरिएको छ । चार सय ४५ बाख्रा, चार सय ५६ कुखुरा, ४७ गाई, ३९ भैँसी, १० सुङ्गुर र नौ कुकुरको स्वास्थ्य परीक्षण गरिएको छ । त्यस्तै १७ बोकापाठाको बन्ध्याकरण गरिएको जनाइएको छ ।

व्यास पराशर उद्यान नगरपालिकालाई हस्तान्तरण

सहरी विकास मन्त्रालयमार्फत तनहुँको व्यास नगरपालिका–५ पराशर क्षेत्रमा निर्माण सम्पन्न भएको व्यास पराशर उद्यान (पार्क) नगरपालिकालाई हस्तान्तरण गरिएको छ । सहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन एकाइ कास्कीले निर्माण गरेको उक्त पार्क सोमबार नगरपालिकालाई हस्तान्तरण गरिएको हो ।

व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने र वडाध्यक्ष विष्णुकुमार श्रेष्ठको उपस्थितिमा आयोजना कार्यान्वयन एकाइ प्रमुख सरोज पौडेलले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीलाई उक्त पार्कको कागजपत्र हस्तान्तरण गर्नुभएको हो । उक्त ठाउँलाई धार्मिक पर्यटकीयस्थल बनाउने उद्देश्यसहित विसं २०७६ वैशाखमा पार्क निर्माणको काम थालनी भएको थियो । उक्त पार्कको लागत रु दुई करोड ९६ लाख ७० हजार दुई सय आठ रहेको छ ।

लामो समयदेखि पार्क स्थानीय तहलाई हस्तान्तरण नहुँदा बेवारिसे अवस्थामा पुगेको थियो । नगरपालिकालाई पार्क हस्तान्तरण भएसँगै नगरपालिकाले अब यसको संरक्षणमा ध्यान दिने नगरप्रमुख न्यौपानेले जानकारी दिनुभयो । संरक्षणको अभावमा पार्कभित्रका संरचना भत्किन थालेका थिए । प्राविधिक कारणले पार्क हस्तान्तरण गर्न ढिलाइ भएको इकाइ प्रमुख पौडेलले बताउनुभयो ।

पार्कभित्र वनभोजस्थल, पौडीपोखरी, माछापोखरी, मत्स्यकन्याको सालिक, बास्केटबल कोर्ट, प्रतिक्षालय, पार्किङस्थललगायतका संरचना निर्माण गरिएको छ । व्यास र पराशर ऋषिको जन्म एवं तपोभूमिमा निर्माण भएको पार्कलाई पर्यटक आकर्षणको केन्द्र बनाइने वडाध्यक्ष विष्णुकुमार श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “पार्क अब नगरपालिकाको मातहतमा आएको छ, यसको संरक्षण गर्दै यसलाई धार्मिक पर्यटनको केन्द्र बनाउनेछौँ ।”

हिन्दू धर्म, परम्परा, सनातन धर्मसँग सम्बन्धित पराशर र व्यास ऋषिको जन्मस्थल र तपोभूमि यस ठाउँ भएको हुनाले त्यसलाई प्रवर्द्धन गर्दै व्यवस्थित बनाउने योजनामा नगरपालिकाका रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार पार्क आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्दै आयआर्जनको माध्यमसमेत बन्नेछ ।

उहाँले पवित्र धार्मिक तीर्थस्थल व्यास र पराशर आश्रमको आश्रम नजिकै पार्क रहेकाले पार्कले आन्तरिक पर्यटकलाई दमौलीमै घुम्ने वातावरण सिर्जना गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “पार्कले यस वडालाई मात्रै नभएर सिङ्गो तनहुँ जिल्लाको पर्यटन प्रवर्द्धनका लागि भूमिका खेल्नेछ । रासस

मङ्गलबार, फागुन २२, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.