• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, साउन ०९, २०८३
शनिबार, साउन ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १ दिन 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १ दिन 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १ दिन 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • २ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • २ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • ३ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • ३ दिन 

मीना सुनारको उद्धार
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ३. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. आँखा अस्पतालमा बिरामी बढे

  • ६. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ७. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ८. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ९. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • १०. टिस्टुङमा स्वास्थ्य शिविरः ४७७ जना लाभान्वित

यस्ता छन बागमती प्रदेशका स्वास्थ्य मन्त्री जोशीका ९ महिने कार्यकालका उपलब्धि

  •  बुधबार, फागुन २३, २०८० मा प्रकाशित

हेटौंडा । ९ महिना १६ दिन स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेर उत्तम जोशी बागमती प्रदेश सरकारबाट बाहिरिएका छन् । केन्द्रिय समीकरण बदलिएसँगै बागमती प्रदेश सरकारबाट नेपाली कांग्रेस बाहिरिएको हो ।

प्रदेश सरकारबाट बाहिरिदै जोशीले ९ महिनाको आफ्नो कार्यकाल संतोषजनक रहेको बताए । आज (बुधबार) एक विज्ञप्ति जारी गर्दै जोशीले आफ्नो कार्यकाल संतोषजनक रहेको बताएका हुन् । जोशीले मन्त्रालयको जिम्मेवारी वहन गर्दा सहयोग गर्ने सबैलाई विज्ञप्ति मार्फत धन्यवाद व्यक्त गरेका छन् । सोही क्रममा जोशीले आफ्नो कार्यकालको उपलब्धिहरु पनि सार्वजनिक गरेका छन् ।

‘९ महिना काम गर्दाको अनुभव संतोषजनक रहयो । यस कार्यमा सहयोग गर्नुहुने नेपाली कांग्रेस संसदीय दल,माननीय मुख्यमन्त्री ज्यू, माननीय मन्त्रीज्यू, माननीय ज्यूहरु, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य मन्त्रालय अन्तर्गतका सम्पुर्ण टिम, संचारकर्मी साथिहरु एवम् प्रत्यक्ष अप्रत्यक्ष रूपमा साथ सहयोग गर्नुहुने सम्पुर्णमा हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छु ।’ उनले भने ।
यी हुन् जोशीको कार्यकालमा मुख्य कार्यक्रम एवम् उपलब्धिहरु ः

१,जोशीले ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुको लागि निः शुल्क हवाई उद्धार आफ्नो महत्त्वपूर्ण उपलब्धि भएको उल्लेख गरेका छन् । उक्त कार्यक्रम कार्यान्वयन भई हालै मात्र रामेछाप जिल्ला दोरम्बा गाउँपालिकाकी एक जना महिलाको हवाई उद्धार समेत भएको उल्लेख गरे । दुर्गम क्षेत्र विशेषज्ञ चिकित्सक प्रोत्साहन तथा विस्तारित अस्पताल सेवा संचालन सम्बन्धि कार्यविधि,२०८० मन्त्रीपरिषद्को निर्णयबाट स्वीकृत गरेको उल्लेख गरेका छन् ।

२) बागमती प्रदेश स्वास्थ्य मन्त्रालय अन्तर्गत दुर्गम क्षेत्र विशेषज्ञ चिकित्सक प्रोत्साहन तथा विस्तारित अस्पताल सेवा संचालन सम्बन्धि कार्यविधि,२०८० मन्त्रीपरिषद्को निर्णयबाट स्वीकृत ।
३) बागमती प्रदेशका १३ वटै जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रहरुबाट पुनर्स्थापना तथा फिजियोथेरापी सेवा २०८० भाद्र १ गते देखि निःशुल्क उपलब्ध गराउन सुरुवात ।
४) प्रदेशमा बसोवास गर्ने लोपोन्मुख तथा सिमान्तकृत जातिहरु, आश्रममा आश्रित, महिला स्वयंसेवीका, अपांग भएका क र ख वर्गका नागरिकहरुको निशुल्क स्वास्थ्य बीमा ।
५) मिति २०८० असार १६ गतेदेखि जनस्वास्थ्य प्रयोगशाला, धुलिखेलको सेवा स्वास्थ्य कार्यालय चितवनमा सेवा इकाइको रुपमा विस्तार गरी सेवा प्रदान
६) स्वास्थ्य मन्त्रालय अन्तर्गत बिद्यालय नर्स कार्यक्रम प्रदेशभरको सबै स्थानीय तहमा १२ कक्षा सम्म पढाई हुने सम्पुर्ण बिधालयहरुमा नर्स पुराउने उद्देश्यका साथ कार्यबिधी संसोधन भैई बिज्ञापनको लागी अन्तिम चरणमा रहेको ।
७) प्रदेश स्वास्थ्य सेवा ऐन २०७५ लाई संशोधन गर्न बनेको बिद्ययक २०८० प्रदेश सभामा पेस भई प्रदेश सभाको विषयगत समितिमा छलफलमा रहेको ।
८) बागमती प्रदेशमा सञ्चालन रहेका सबै सरकारी निजी, सहकारी तथा सामुदायिक अस्पतालहरुमा सवारी पार्किङ निःशुल्क रुपमा कार्यान्वयन
९) स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट बकुलहर अस्पताल चितवन, रामेछाम अस्पताल, रामेछाप, चौतरा अस्पताल,सिन्धुपाल्चोक, सिन्धुली अस्पताल, सिन्धुली, पशुपति चौलगाई स्मृति अस्पताल दोलखा र रसुवा अस्पताल, रसुवा गरी ७ वटा अस्पतालहरुमा शबबहान वितरण ।
१०) बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मातहत रहेका १३ अस्पतालहरुमा आईसियू, एनआईसियू र क्याबिन बाहेकका शैया निःशुल्क गरिएको ।
११) प्रादेशिक अस्पतालहरुमा सामाजिक सेवा एकाइ मार्फत बिपन्न, बेवारिसे, सहिद परिवार,अपाङ्ग वर्गका क र ख, बिपदमा परेका घाइते, विभिन्न आन्दोलन, बन्यजन्तुको आक्रमणमा परि घाइते भएका नागरिकलाई निःशुल्क उपचारको व्यवस्था ।
१२) ६५ वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई बागमती प्रदेश अस्पतालमा निःशुल्क दन्त सेवा र दन्त सहायता सेवा कार्यान्वयन ।
१३) बागमती प्रदेशका अस्पतालहरूको स्तर उन्नति ।
१) बकुलहर रत्ननगर अस्पताल (चितवन) –१०० बेड
२) घादिड अस्पताल (धादिडबेशी) – १०० बेड
३) त्रिशुली अस्पताल (नुवाकोट ) –१०० बेड
४)हेटौडा अस्पताल ( मकवानपुर ) –३०० बेड
५) सिन्धुली अस्पताल (सिन्धुली )–१०० बेड
६) भक्तपुर अस्पताल (भक्तपुर ) – ३०० बेड
७) सिन्धुपाल्चोक अस्पताल ( सिन्धुपाल्चोक )– ५० बेड
८) रामेछाप अस्पताल (रामेछाप ) –५० बेड
९) पशुपति चौलागाई अस्पताल (दोलखा ) – ५० बेड
१०) मेथिनकोट अस्पताल ( काभ्रे ) – ५० बेड
१४) एक प्रदेश निर्वाचन क्षेत्र एक स्वास्थ्य संस्था सबलीकरण एव सुदृढीकरण कार्यक्रम अन्तर्गत डाक्टर, नर्स, स्वास्थ्यकर्मी उपलब्ध गराउने काम संचालन।
१५) निजी ,सामुदायिक तथा सरकारी अस्पतालहरुमा बिपन्न असहाय, बेबारिसे बिरामीहरुका लागी सामाजिक सेवा एकाई स्थापना गरि कुल शैयाको १० प्रतिशत शैया छुटयाइ निःशुल्क रुपमा उपचार गर्ने ।
१६) सबै नितिमा स्वास्थ्य कार्यान्वयन निर्देशिका,२०८० प्रदेश मन्त्रीपरिषदबाट स्वीकृत भएको ।
१७) स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौंडाको परिसरमा बायोमेडिकल वर्कसप स्थापना
१८) महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा सम्मान कार्यक्रम मार्फत बागमती प्रदेशभरका ९हजार ४०० स्वयंसेविकालाई नगद रकमसहित सम्मान ।
१९) प्रदेशमा बसोबास गर्ने अति सीमान्तकृत एवं लोपोन्मुख जातिहरुको मातृ तथा बालस्वास्थ्य सेवामा सहज पहुँच तथा उपभोग बढाउन संस्थागत सुत्केरी र तिनका बालबालिकाले पूर्ण खोप लगाएका आमालाई नगद पाँच हजार उपलब्ध गराइ उत्प्रेरणा खर्च प्रदान ।
२०) सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम अन्तर्गत बागमती प्रदेशमा स्थायी बसोबास गर्ने आर्थिक रुपले विपन्न व्यक्ति र आकस्मिक रुपमा तत्काल उपचारको आवश्यकता भएको व्यक्तिलाई आवश्यक पर्ने रगत र रक्तत्वमा प्रयोग हुने ब्लड ब्याग र रक्त परीक्षण निःशुल्क रुपमा उपलब्ध गराई रक्तसञ्चार सेवालाई प्रदान गर्ने देहाय बमोजिमका अस्पतालहरुः–

१.बागमती प्रदेशका १३ वटा अस्पतालहरु
२.पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत रहेको पाटन अस्पताल, ललितपुर।
३.बीर अस्पताल, काठमाण्डौं।
४.धुलिखेल अस्पताल, काभ्रेपलाञ्चोक।
५.कान्ति बाल अस्पताल, काठमाण्डौं।
६.परोपकार प्रसुती तथा स्त्री रोग अस्पताल, काठमाण्डौं।
७.भरतपुर अस्पताल चितवन।
८.वि.पी. कोईराला क्यान्सर रोग अस्पताल, चितवन।
९.श्री राष्ट्रिय ट्रमा सेन्टर, महांकाल, काठमाण्डौं।
१०.श्री शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकु , काठमाण्डौं।
११.श्री मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर, महाराजगञ्ज, ।
१२.श्री शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र, काठमाण्डौं।
१३.श्री त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल, महाराजगञ्ज, काठमाण्डौं।
१४.श्री निजामती कर्मचारी अस्पताल, नया बानेश्वर, काठमाण्डौं।
२१)नेपालमा नसर्ने रोग खासगरी मुटु तथा रक्तनली, दम, मधुमेह, क्यान्सर, र सोबाट हुने मृत्युदर दुई तिहाई भन्दा बढी रहेको बागमती प्रदेशका हृदयघात, मस्तिष्कघात र क्यानसर लगायतका नसर्ने रोगको रोकथाम, नियन्त्रण, न्यूनीकरण, निदान र उपचारमा आर्थिक सहायत तथा सहुलियत दिने र सहजिकरण गर्ने कार्यालयलाई देहाय बमोजिमका अस्पतालहरुसँग सम्झौता ।
क्यान्सर रोगको उपचारका लागि पचास हजार रुपौया थप अनुदान प्रदान गर्ने अस्पतालहरुको विवरण
१.श्री चि.वि.रा.प्र.वीर अस्पताल, महाबौद्ध, काठमाण्डौ
२.श्री त्रि.वि.शिक्षण अस्पताल, महाराजगंज, काठमाण्डौ
३.श्री पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन, ललितपुर
४.श्री परोपकार प्रसुती तथा स्त्रीरोग अस्पताल, थापाथली, काठमाण्डौ
५.श्री कान्तिवाल अस्पताल, महाराजगंज, काठमाण्डौ
६.श्री निजामती कर्मचारी अस्पताल, मिनभवन, काठमाण्डौ
७.श्री मनमोहन कार्डियो थोरासिक, भास्कूलर तथा ट्रान्सप्लान्ट सेन्टर, महाराजगंज,
काठमाण्डौ
८.श्री वि.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर, चितवन
९.श्री चितवन मेडिकल कलेज, शिक्षण अस्पताल, चितवन
१०.श्री भक्तपुर क्यान्सर अस्पताल, भक्तपुर
११.श्री क्यान्सर केयर नेपाल, जावलाखेल, ललितपुर
१२.श्री काठमाण्डौ क्यान्सर सेन्टर, ताथली भक्तपुर
१३.श्री नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.ललितपुर
१४.श्री धुलिखेल अस्पताल, काभ्रेपलान्चोक
१५.श्री नेशनल सिटी हस्पिटल, भरतपुर, चितवन
१६.श्री भरतपुर सेन्ट्रल हस्पिटल, चितवन
२२) हृदयघात रोगको उपचारमा थ्रोम्बोलाईटिक र हृदयघातको एन्जियोप्लास्टी सेवाको लागि निम्न अस्पतालहरुसँग सम्झौता गरि एक लाख १० हजार सम्मको उपचारमा सहुलियत दिने ।
क)प्रदेशका प्रादेशिक अस्पतालहरु
ख)शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र
ग)मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर, महाराजागञ्ज, काठमान्डौं।
घ) भरतपुर अस्पताल, चितवन
२३)मस्तिष्कघात भएका बिरामीहरुको लागि कार्यबिधी संसोधन गरि अन्तिम चरणमा रहेको
२४) बागमती प्रदेश स्वास्थ्य मन्त्रालय अन्तर्गत डिसप्याच सेन्टर संचालनमा भै कार्यान्वयनमा आएको टोल फ्री न.१०२ ।
२५) जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र चितवन र नुवाकोटलाई २५ बेड संख्यामा र बाकी ११ जिल्लालाई १६ बेड संख्यामा अस्पतालमा स्तरउन्नति गरिएको ।
२६) निजि स्वास्थ्य संस्थाहरुको दर्ता, नवीकरण तथा स्तरउन्नतिको लागी सफ्टवेयर निर्माण भइ कार्यान्वयनको प्रक्रिया रहेको ।
२७) जनस्वास्थ्य प्रयोगशाला र प्रादेशिक अस्पतालहरुमा निःशुल्क रुपमा डेंगु परिक्षण गर्ने व्यवस्था ।
२८) चितवन जिल्ला रत्ननगरमा रहेको आयुर्वेदिक औसधि उद्पादन केन्द्र बाट ५ प्रकारको औसधि उद्पादन गर्ने मन्त्री स्तरीयबाट स्वीकृत ।
२९) बागमती प्रदेशको स्वास्थ नीति अन्तिम चरणमा ।
३०) सामुदायिक आँखा अस्पतालहरुसङ्ग सहकार्यमा प्रदेश भित्रका जिल्ला सदरमुकाम बाहेकका स्थानहरुमा शल्यक्रिया सहितको आँखा उपचार शिविर संचालन गर्ने व्यवस्था ।
३१) जेष्ठ नागरिक स्वास्थ्य सामाग्री सहित स्वास्थ्य परिक्षण कार्यक्रम संचालन।
३२) सबै नितिमा स्वास्थ्य निर्देशिका मन्त्रीपरिषद बाट स्वीकृत गरि कार्यान्वयनमा ।
३३) बकुलहर रलनगर अस्पताल चितवन एवं अन्य प्रादेशिक अस्पतालमा आइसियू सेवा शुभारम्भ ।

––

बुधबार, फागुन २३, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

अत्यावश्यक औषधि उत्पादनको समझदारी

आँखा अस्पतालमा बिरामी बढे

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.