वागमती श्रेष्ठ , बुलिङटार । नवलपुर जिल्लाको पहाडी क्षेत्र, बुलिङटार गाउंँपालिका वडा नम्बर ६ भारतीपुरमा एकदिने बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको छ ।
बुलिङटार गाउंँपालिका, नवलपुर र कावासोती सिटी क्लिनिकको संयुक्त आयोजनामा उक्त शिविर सम्पन्न भएको हो । शिविरमा ४५०जनाको स्वास्थ्य चेकजाँच गरिएको थियो ।
स्वास्थ्य शिविरमा वरिष्ठ फिजिसियन डा.गोविन्द कंडेल ,मुटुरोग विशेषज्ञ डा.विशाल श्रेष्ठ,वरिष्ठ सर्जन डा.सूर्यज्योति श्रेष्ठ, अर्थोपेडिक सर्जन डा.रुपेश झा, बाल रोग विशेषज्ञ डा.अनिश कुमार झा ,सिनियर मेडिकल अफिसर डा.आशिष दीप पौडेल ,वरिष्ठ स्वास्थ्यकर्मी कमल नारायण श्रेष्ठ,अमृत कुमार राजभण्डारी,गोपाल शाही,शंकर खराल,प्रकाश ढुंगाना ,राजन त्रिपाठी ,शोभा सारु, बेली मायाँ आले र सोहन आले लगायतले विरामीको स्वास्थ्य चेकजाँच गर्नुभएको बुलिङटार गाउंँपालिका स्वास्थ्य शाखा प्रमुख अशोककुमार श्रेष्ठले जानकारी दिनुभयो ।
आयोजक संस्था कावासोती सिटी क्लिनिकका संचालक किरण थापा मगरको अनुसार शिविरमा स्वास्थ्य जाँच गर्नआउने विरामीहरुमा मुटुको बाथ रोग, धेरैमा जनामा उच्च रक्तचापको समस्या देखापरेको बताउनु भयो । त्यस्तै पेटरोग, कलेजोरोग ,महिलाहरुमा आङ खसेको समस्या, सेतो पानी बग्ने समस्या देखा परेको जानकारी दिनुभयो । शिविरको प्राविधिक सहयोग भरतपुर सेन्ट्रल हस्पिटल प्रा.लि.,चितवनले गरेको हो ।
औपचारीक कार्यक्रममा बोल्दै स्वास्थ्य शाखा प्रमुख अशोककुमार श्रेष्ठले बुलिङटार गाउँपालिकाले स्वास्थ्य कार्यक्रमलाई यसरी हातेमालो गरी सबै वडामा संञ्चालन गर्ने बताउनु भयो । कार्यक्रमका प्रमुख अतिथि बुलिङटार गाउंँपालिका अध्यक्ष दीपेन्द्र सुनारीले स्वास्थ्य संस्था र चिकित्सकहरुसंग सहकार्य गर्न पाउंँदा खुशी व्यक्त गर्नुभयो । यस्ता कार्यक्रमले टोलटोलमा सचेतना बृद्धि हुने भन्दै उहांँले आगामी दिनमा पनि सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
शिविरको मिडिया तथा मेडिकल टीमको संयोजन सन्दीपकुमार श्रेष्ठले गर्नुभएको थियो, भने कार्यक्रमको स्थानीय संयोजन युवा समाजसेवी भरत राना मगरले गर्नुभएको हो ।
{ फोटोसहित }










