सुर्खेत । कर्णाली प्रदेशमा “अफिन”को तदर्थ समिति गठन गरिएको छ । कर्णाली प्रदेशमा निजी तवरमा संचालित अस्पतालहरुको छाता संस्थाको रुपमा पहिलो पटक “अफिन” को प्रदेश तदर्थ समिति गठन गरिएको हो ।
प्रदेश समितिको अध्यक्षमा दिपक गौतम,उपाध्यक्षमा ओम प्रकाश काफ्ले,सचिवमा भक्त बहादुर शाही,कोषाध्यक्षमा निरक गुरुङ यसैगरी सदस्य पदमा विशेश्वर खड्का,विजय घले र उत्तम कुमार शाही चयन हुनुभएको छ ।
“अफिन” को प्रदेश समिति गठन भयसंगै कर्णाली क्षेत्रमा रहेका स्वास्थ्य संस्थाबाट विरामीहरुको लागि प्रदान गरिँदै आइएका सेवामा थप गुणस्तरीय र सर्वसाधारण जनताको पहुँचमा पुग्ने आशा गरिएको छ ।
