• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, साउन ०९, २०८३
शनिबार, साउन ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • २२ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • २३ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • २३ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • २ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • २ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • ३ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • ३ दिन 

मीना सुनारको उद्धार
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. आँखा अस्पतालमा बिरामी बढे

  • ६. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ७. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ८. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ९. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • १०. टिस्टुङमा स्वास्थ्य शिविरः ४७७ जना लाभान्वित

सेती नदी किनारमा खुला व्यायामशाला निर्माण

  •  सोमबार, चैत ०५, २०८० मा प्रकाशित

दमौली (तनहुँ) । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित सेती नदी किनारमा खुला व्यायामशाला निर्माण गरिएको छ । नगरपालिकाको आर्थिक सहयोग र शुक्ला नागढुङ्गा शवदाह गृहको साझेदारीमा सेती नदी किनारमा खुला व्यायामशाला निर्माण गरिएको हो ।

शारीरिक स्फूर्तिका लागि व्यायाम आवश्यक भएकाले खुला व्यायामशाला निर्माण गरिएको वडाध्यक्ष दीर्घबहादुर थापाले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार उक्त व्यायामशालामा नगरवासीले निःशुल्क प्रयोग गर्न सक्नेछन् ।

वडाध्यक्ष थापाले भन्नुभयो, “नगरमा खुला व्यायामशालाको आवश्यकता थियो, त्यसका लागि कहाँ बनाउने भन्ने छलफलपछि यो ठाउँ उपयुक्त देखियो ।” उहाँका अनुसार व्यायामशालामा बालबालिका, युवा र वृद्ध सबैखालका मानिसलाई उपयुक्त हुनेगरी संरचना बनाइएको छ ।

‘मर्निङ वाक’ र अवलोकनका लागि पुगेका सर्वसाधारणले व्यायामशालामा विभिन्न खेल तथा व्यायामका कार्यमा सहभागी हुनसक्ने शवदाह गृहका अध्यक्ष बाबुराम कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “व्यायाम गर्नाले मानिसलाई स्फूर्ति राख्न सहयोग पु¥याउँछ । यसको उपयोगका लागि सबैलाई आह्वान गरेका छौँ ।”

जिम हाउसमा पैसा तिर्नपर्ने भन्दै खुला व्यायामशाला निःशुल्क प्रयोग गर्न सकिने भएकाले पछिल्लो समय यहाँ आउनेको सङ्ख्या बढ्न थालेको कार्कीले बताउनुभयो । विस्तारै यस ठाउँप्रति सबैको आकर्षण बढ्ने उहाँको विश्वास छ । उहाँले भन्नुभयो, “आमनागरिकलाई स्वास्थ्यप्रति सचेतना दिलाउन तथा व्यायामशालालाई सहयोगी बनाउन अन्य आकर्षित योजना पनि बनाएर अगाडि बढ्ने छौँ ।”

व्यायामशालाको छेउमा शुक्लापार्क रहेकाले यस ठाउँ आन्तरिक पर्यटकका दृष्टिले पनि उपयुक्त हुने कार्कीको भनाइ छ । सेती नदी किनारमै ढुङ्गाबाट शिवको मूर्ति बनाइएको छ । धार्मिक तथा पर्यटकीय हिसाबले पनि यो ठाउँ उपयुक्त रहेको उहाँले बताउनुभयो ।

उक्त व्यायामशालामा विभिन्न किसिमका व्यायाम गर्न सकिने १२ उपकरण जडान गरिएको शवदाह गृहका सचिव हरिराज अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार रू १० लाखको लागतमा व्यायामशाला निर्माण गरिएको हो । शुक्लागण्डकी नगरपालिकाले रू आठ लाख सहयोग गरेको भन्दै गृहका तर्फबाट रू दुई लाख लगानी भएको उहाँको भनाइ छ ।

शवदाह गृह उपभोक्ता समितिले पछिल्लो पाँच वर्षमा यस ठाउँको स्वरुप परिवर्तन गरेको छ । यस ठाउँलाई धार्मिक तथा पर्यटकीय गन्तव्यस्थल बनाउन गुरुयोजना बनाइएको छ । गुरुयोजनामा फनपार्क निर्माणको लक्ष्यसमेत समेटिएको सचिव अधिकारीले जानकारी दिनुभयो ।

आँबुखैरेनी गाउँपालिकाले पनि खुला व्यायामशाला निर्माण गरी सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले वडा नं १ स्थित गुम्बा बगैँचामा खुला व्यायामशाला निर्माण गरेको हो । गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले पालिकावासीलाई स्वस्थ राख्न सहयोग पु¥याउने उद्देश्यले खुल्ला व्यायामशालाको अवधारणा ल्याइएको बताउनुभयो । उहाँका अनुसार रू १० लाखको लागतमा व्यायामशाला निर्माण गरिएको हो ।

“व्यायाम गर्नका लागि जिम जान धेरैलाई समस्या हुने भएकाले खुलारुपमा व्यायाम गर्ने सामग्री राखेका छौँ”, अध्यक्ष चुमानले भन्नुभयो, “यस व्यवस्थाले स्नानीयलाई स्वस्थ राख्न केही मद्दत गर्ने विश्वास लिएका छौँ ।” उहाँका अनुसार यस ठाउँबाट एक पटकमा १२ जनाले व्यायाम गर्न सक्नेछन् । अरुबेला पनि बिहानको समयमा हिँडडुल गर्ने यस ठाउँमा सात किसिमका व्यायामका उपकरण राखिएको अध्यक्ष चुमानले जानकारी दिनुभयो । रासस

सोमबार, चैत ०५, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

आँखा अस्पतालमा बिरामी बढे

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.