• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, साउन ०९, २०८३
शनिबार, साउन ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १ दिन 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १ दिन 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १ दिन 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • २ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • २ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • ३ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • ३ दिन 

मीना सुनारको उद्धार
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ३. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. आँखा अस्पतालमा बिरामी बढे

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ८. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ९. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • १०. टिस्टुङमा स्वास्थ्य शिविरः ४७७ जना लाभान्वित

भरतपुर अस्पतालको सेवामा उल्लेख्य सुधार

  •  बुधबार, चैत ०७, २०८० मा प्रकाशित

चितवन । विरामीको सुविधाको लागि भरतपुर अस्पतालले सेवामा उल्लेख्य सुधार गरेको पाईएको छ । अस्पतालको विभिन्न विभागमा अत्यधुनिक मेशिन सहित सेवालाई प्रभावकारी बनाउन ब्यवस्थित गरेको हो ।विरामीको चापलाई मध्यनजर गरेर सेवालाइ प्रभावकारी बनाईएको छ ।
जसअनुसार ओपीडी , सर्जरी , अन्तरंग, प्रयोगशाला , इमरजेन्सी सहितका विभागमा सुधार गरिएको छ । मंसिरमा मेडिकल सुपरीटेन्डेन्टको जिम्मेवारी सम्हालेका डा. श्रीराम तिवारीले अस्पतालको साना समस्याको पहिचान गरी सुधारको काम थालेका थिए ।

विरामीको सहजताकालागी सुधारका काम भएका छन् । डा. तिवारीले विरामीको गुनासोलाई ख्याल गरेर सेवालाई प्रभावकारी बनाउदै लगिएको बताए । ‘ पहिला समस्याको पहिचान गरेर मात्रै समाधानको लागी केन्द्रित भएका छौ ,’ उनले भने , ‘ विरामीको चाप बढी हुने कारण केही कठिनाई नभएको भने होइन । तर हामीले साधन स्रोतलाई ब्यवस्थापनगर्दै सहजबनाउदै लगेका छौ । ’ आफु विधि र पद्धति भन्दा कत्ति पनि बाहिर नजाने प्रतिवद्धता गरेका तिवारीले प्रशासनिक सुधार पनि गरेका छन् ।
भरतपुर अस्पतालमा पछिल्लो समय २४ शैया थप गरिएको छ । विरामीको चाप बढेको कारण चार वटा वेड आइसियुमा थप गरिएको छ । सुविधाअनुसारको वेडका कारण अस्पताल आउने विरामीआइसियुको अभावमाबाहिर जान नपरेको अस्पतालले जनाएको छ ।

त्यस्तै बालरोग विभागअन्र्तगतपाँच बेडको एचडीयु स्थापना गरिएको छ । पाँच वेडको बर्थिङ युनिट पनि यसपटकबाट सुरु भएको छ । थालेसिमियाका विरामीको लागी तीन वेड अलग्गै ब्यवस्थापन गरिएको छ । त्यस्तै १२ बेडको एनआइसियुलाई २० वेडमा स्तरोन्नति गरिएको छ ।

अस्पतालको गुरुयोजना अनुसार बनेका भवनमा सेवालाई ब्यवस्थापनसंगै नयाँ कार्यक्रम ल्याइएको छ । अस्पतालमा वेड थप , विरामीलाई सहजहुने गरी वार्ड नजिक डिस्चार्ज हुने ब्यवस्था गरिएको छ भने आपतकालिन सेवाका लागि आउने विरामीको लागी इमरजेन्सीमै ल्याबको सुविधा गरिएको छ ।
अस्पतालका विरामी वार्डबाटै डिस्चार्ज हुन पाउने भएका छन् । वार्डका विरामी अन्य विरामीको उपचारका लागि शुल्क तिर्नपर्ने तर लाइनमा बस्न नपर्ने भएको छ । फागुनको पहिलो साता वार्डका विरामीलाई भर्ना भएको नजिकै काउण्टरको स्थापना गरेर सजिलै डिस्चार्ज हुने ब्यवस्था मिलाइएको छ ।

भरतपुर अस्पतालले सेवा सुधारसंगै अस्पतालमा आउने बालबालिकाको लागि बाल क्षेत्र बनाएको छ ।अस्पतालमा बाल मैत्री क्षेत्र बनाइएको छ । अस्पताल आउने बालबालिकालाइृ भुलाउनका लागि खेलको साधन सहितको हरियाली क्षेत्र बनाइएको छ । अस्पतालका प्रवक्ता डा. रामप्रसाद सापकोटाले अस्पतालमा सुधारको काम भएको बताए । ‘ जति हामीले सेवाथप गरेका छौ त्यसले धेरै सहज भएको अनुभूति भएको छ ,’ डा. सापकोटाले भने , ‘ हामीले विरामीमैत्री , अपाङ्गमैत्री र बालमैत्रीपूर्वाधार बनाएका छौ । अब ओपिडि भवनबनाउन सक्यांै भने अझै सहजहुनेमाआशाबादी छौ । ’
भरतपुर अस्पतालको सेवा, ल्याब लगायतको शुल्कलाई विमा संग एकरुपता गरिएको छ । शुल्क र सुविधालाई समान बनाउन एकरुपता गरिएको हो । यो भरतपुरमा बाहेक अन्यत्र छैन ।
अस्पताललाई गुरुयोजना अनुसार भवन विस्तार र ब्यवस्थापनमा पनि तीब्र पारिएको छ । पुराना भवनलाई भत्काएर ब्यवस्थापन गरिएको छ । अस्पतालका पूर्व अध्यक्ष राजकुमार राजभण्डारीको कार्यकालमा पारित अस्पतालको गुरुयोजना अनुसार विकास र विस्तारको कामपनि संगसंगै गरिएको छ ।

बुधबार, चैत ०७, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

अत्यावश्यक औषधि उत्पादनको समझदारी

आँखा अस्पतालमा बिरामी बढे

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.