• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बिहिबार, भदौ २५, २०८३
बिहिबार, भदौ २५, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
  • ११ घण्टा 

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
  • १६ घण्टा 

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
  • १६ घण्टा 

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू
  • १६ घण्टा 

झापा र कैलालीमा खोप अभियान
  • १६ घण्टा 

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
  • १९ घण्टा 

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • २० घण्टा 

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • २२ घण्टा 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • २२ घण्टा 

लोकप्रिय समाचार

  • १. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • २. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ३. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ४. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ५. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ६. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • ७. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • ८. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

  • ९. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

  • १०. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

जडीबुटीको पहिचान र प्रयोग विधि सिकेपछि स्थानीय दङ्ग’

  •  आइतबार, चैत ११, २०८० मा प्रकाशित

गोरखा । पहिलेपहिले औषधिका रुपमा स्थानीयस्तरमा पाइने जडिबुटीको प्रयोग गरिए पनि आजभोलि कमैले मात्र गर्ने गदैछन् । शिक्षा, स्वास्थ्य, पूर्वाधारलगायतको पहुँच विस्तार भएसँगै सामान्यदेखि जटिल रोगको उपचारका लागि अस्पताल जानु अहिले सामान्य विषयवस्तु बनेको छ

स्थानीयस्तरमा उत्पादन हुने जडीबुटीको सही तरिकाले प्रयोग गरी घरेलु उपचार विधिमार्फत विभिन्न रोगको सहजै निदान गर्न सकिन्छ भन्ने जानकारी पाएपछि गोरखा नगरपालिका–४ फिनामका स्थानीयबासी दङ्ग छन् ।

आयुर्वेद स्वास्थ्य केन्द्र गोरखा घैरुङ सञ्चालन गरेको अभिमुखीकरण कार्यक्रमपछि स्थानीयस्तरमा पाइने जडीबुटीको प्रयोगले उपचार गर्न सकिन्छ भन्ने जानकारी पाएसँगै स्थानीय रुपा विक निक्कै खुसी भएको बताउनुहुन्छ । “तातोपानी वा तातो वस्तुले शरीरमा छाला जलेमा घरमै भएको घिउकुमारी प्रयोग गरेर पनि निको हुने रहेछ”, उहाँले भन्नुभयो, “अभिमुखीकरण कार्यक्रमबाट स्थानीयरुपमा पाइने कुन जडीबुटी कुन रोगको उपचारमा काम लाग्छ भन्ने थाहा पाउँदा सजिलो भएको छ ।”

स्थानीवासी सीता भट्टराईको घरको आँगनमा वर्षांैदेखि तुलसीको बोट छ । पूजा गर्नका लागि मोठ बनाएर रोपिएको तुलसी हरेक वर्ष हुर्कन्थ्यो, फुल्थ्यो र सुकेर खेर जाने गर्दथ्यो । सोही तुलसीको सेवनले रुघाखोकी, ज्वरो लगायतका विभिन्न रोग निको पार्न सकिन्छ भन्ने कुरा उक्त अभिमुखी कार्यक्रमपछि थाहा भएको उहाँको भनाइ छ ।

भट्टराईले तुलसीको सेवन गरेर कुन रोगको घरमै उपचार गर्न सकिन्छ भन्ने ज्ञान भएको बताउनुभयो । “घरको आँगन र बारी वरपर खेर गइरहेको जडीबुटीलाई औषधिको रुपमा प्रयोग गर्नसके राम्रो फाइदा पुग्नेरहेछ”, उहाँले भन्नुभयो, “चिन्न र जान्नसके औषधि हाम्रै वरपर पनि प्रसस्त पाइने रहेछन् ।”

नचाहेर भन्दा पनि स्थानीयस्तरमा पाइने जडीबुटीका बारेमा जानकारी नहुँदा मानिसले यसको प्रयोगमा बेवास्ता गर्ने गरेको आयुर्वेद स्वास्थ्य केन्द्र गोरखा घैरुङ शाखाका प्रमुख प्रशान्त पण्डितले बताउनुभयो । उहाँका अनुसार कतिपय अवस्थामा बिरामी भइहाले आकस्मिक उपचारका लागि अस्पतालसम्म पुग्न नसक्ने अवस्थामा, सामान्य खालका रोगको उपचार गर्न जडीबुटीको सेवन गर्न सकिन्छ ।

केन्द्रले गोरखा नगरपालिका फिनामका स्थानीयलाई प्रदान गरेको अभिमुखीकरण कार्यक्रममार्फत गुर्झो, वासुकी, गन्धेझार, सिकारी लहरा र जरा, हर्चुल, रानी सिन्का झार, बेलौटी, ल्वाङ, सुकुमेल, दालचिनी, अदुवा, तुलसी, घिउकुमारी, हिङ, जाइफल, बेसार, लसुनलगायत विभिन्न किसिमका जडीबुटीको प्रयोग र विधि सिकाइएको जनाएको छ ।

जडीबुटीको सेवनबाट उपचार गर्न सकिने रोगहरुमा आयुर्वेदिक तरिकाले उपचार गर्ने बानीको विकास गर्न सके कर्म खर्चिलो र स्वास्थ्यका लागि समेत फाइदाजनक हुने आयुर्वेद शाखा गोरखाका प्रमुख जीवनकुमार श्रेष्ठले बताउनुभयो । स्थानीय जडीबुटीको पहिचान, प्रयोग र संरक्षण गर्न सके धेरै लाभ लिन सकिने उहाँको भनाइ छ । रासस

आइतबार, चैत ११, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै

लोकप्रिय

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

ताजा

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.