• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
आइतबार, कार्तिक ०९, २०८३
आइतबार, कार्तिक ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता
  • ११ घण्टा 

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • २ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • २ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • २ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • २ हप्ता 

लोकप्रिय समाचार

  • १. ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

दुर्गमको भरोसा बन्दैछ कैना स्वास्थ्यचौकी

  •  आइतबार, चैत ११, २०८० मा प्रकाशित

काँक्रविहार (सुर्खेत) । जाजरकोटको नलगाड नगरपालिका–३ स्थित कैना स्वास्थ्यचौकीको अवस्था पाँच वर्षअघिसम्म नाजुक थियो । यहाँबाट सामान्य स्वास्थ्योपचार सेवा प्रवाह गर्न पनि कठिन थियो । तर चार वर्षयता भने यसको मुहार फेरिएको छ । अभावकैबीच यस स्वास्थ्यचौकीले दिने सेवा दुर्गमको भरोसा बन्दै गएको छ ।

सडक, खानेपानी र विद्युत्लगायत आधारभूत सुविधा यहाँसम्म पुगेको छ । हेमा पुनको नेतृत्वमा यस स्वास्थ्यचौकीमा चार महिला र दुई पुरुष स्वास्थ्यकर्मी कार्यरत छन् । पुन चार वर्षअघि इञ्चार्ज भएपछि स्वास्थ्य सेवामा धेरै सुधार भएको पाइएको छ ।

गत कात्तिक १७ गतेको भूकम्पमा परी स्वास्थ्यचौकीको भवनमा क्षति पुगे पनि टेन्टबाट अल्ट्रासाउन्ड, प्रयोगशाला (ल्याब), २४सै घण्टा प्रसूति सेवा, परिवार नियोजन, किशोरकिशोरी मैत्री सेवा, क्षयरोग उपचार केन्द्र, सरुवा रोग नियन्त्रण सेवा र बहिरङ सेवा सञ्चालन हुँदै आएको छ ।

इमान्दार भएर काममा लाग्दा हरेक संस्था राम्रो बनाउन सकिने उदाहरण यही स्वास्थ्यचौकीको नेतृत्वले देखाएको स्थानीय नलगाड नगरपालिका–३ कैनाका प्रचण्ड ओलीले बताउनुभयो । नगरपालिकाको केन्द्र दल्लीबाट पैदल चार घण्टाको दूरीमा रहेको कैना बाक्लो जनसङ्ख्या बसोबास भएको क्षेत्र हो ।

स्वास्थ्यचौकी नजिक सूर्योदय माध्यमिक विद्यालय छ । दैनिक स्वास्थ्य संस्थाबाट विद्यालयमा समेत स्वास्थ्य सेवा प्रवाह हुने गरेको छ । स्वास्थ्य संस्थाको भवन अभावमा टेन्टबाटै स्थानीयलाई दिने सेवामा कुनै कमजोरी नरहेको स्वास्थ्यचौकी प्रमुख पुनले बताउनुभयो । राति १० बजेसम्म पनि स्वास्थ्यचौकीमा खटिने गरेको उहाँको भनाइ छ ।

गाउँबाट बिरामी भएको खबर सुन्नेबित्तिकै स्वास्थ्यकर्मी अवस्था हेरेर घरमै पुगेर उपचारसमेत गर्ने गरेका छन् । “दुर्गम गाउँमा स्थानीयवासी सबै स्वास्थ्य संस्था आउन सक्दैनन्”, प्रमुख पुनले भन्नुभयो, “त्यसैले घरमै बोलाउँदा पनि गएर सेवा दिने गरेका छौँ ।”

जिल्लाकै उत्कृष्ट सेवा प्रदान गरेको भन्दै अघिल्लो वर्ष कैना स्वास्थ्यचौकीले पुरस्कार पाएको छ । भूकम्पका कारण पूर्वाधार नहुँदा स्वास्थ्यचौकी सञ्चालनमा समस्या भएकाले भवन निर्माणका लागि पहल गरिदिन इञ्चार्ज पुनले आग्रह गर्नुभयो । रासस

आइतबार, चैत ११, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

लोकप्रिय

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

ताजा

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.