• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • १६ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • १६ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १८ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १९ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • १९ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • १९ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • २१ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • २१ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • २१ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • १०. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

दुर्गमको भरोसा बन्दैछ कैना स्वास्थ्यचौकी

  •  आइतबार, चैत ११, २०८० मा प्रकाशित

काँक्रविहार (सुर्खेत) । जाजरकोटको नलगाड नगरपालिका–३ स्थित कैना स्वास्थ्यचौकीको अवस्था पाँच वर्षअघिसम्म नाजुक थियो । यहाँबाट सामान्य स्वास्थ्योपचार सेवा प्रवाह गर्न पनि कठिन थियो । तर चार वर्षयता भने यसको मुहार फेरिएको छ । अभावकैबीच यस स्वास्थ्यचौकीले दिने सेवा दुर्गमको भरोसा बन्दै गएको छ ।

सडक, खानेपानी र विद्युत्लगायत आधारभूत सुविधा यहाँसम्म पुगेको छ । हेमा पुनको नेतृत्वमा यस स्वास्थ्यचौकीमा चार महिला र दुई पुरुष स्वास्थ्यकर्मी कार्यरत छन् । पुन चार वर्षअघि इञ्चार्ज भएपछि स्वास्थ्य सेवामा धेरै सुधार भएको पाइएको छ ।

गत कात्तिक १७ गतेको भूकम्पमा परी स्वास्थ्यचौकीको भवनमा क्षति पुगे पनि टेन्टबाट अल्ट्रासाउन्ड, प्रयोगशाला (ल्याब), २४सै घण्टा प्रसूति सेवा, परिवार नियोजन, किशोरकिशोरी मैत्री सेवा, क्षयरोग उपचार केन्द्र, सरुवा रोग नियन्त्रण सेवा र बहिरङ सेवा सञ्चालन हुँदै आएको छ ।

इमान्दार भएर काममा लाग्दा हरेक संस्था राम्रो बनाउन सकिने उदाहरण यही स्वास्थ्यचौकीको नेतृत्वले देखाएको स्थानीय नलगाड नगरपालिका–३ कैनाका प्रचण्ड ओलीले बताउनुभयो । नगरपालिकाको केन्द्र दल्लीबाट पैदल चार घण्टाको दूरीमा रहेको कैना बाक्लो जनसङ्ख्या बसोबास भएको क्षेत्र हो ।

स्वास्थ्यचौकी नजिक सूर्योदय माध्यमिक विद्यालय छ । दैनिक स्वास्थ्य संस्थाबाट विद्यालयमा समेत स्वास्थ्य सेवा प्रवाह हुने गरेको छ । स्वास्थ्य संस्थाको भवन अभावमा टेन्टबाटै स्थानीयलाई दिने सेवामा कुनै कमजोरी नरहेको स्वास्थ्यचौकी प्रमुख पुनले बताउनुभयो । राति १० बजेसम्म पनि स्वास्थ्यचौकीमा खटिने गरेको उहाँको भनाइ छ ।

गाउँबाट बिरामी भएको खबर सुन्नेबित्तिकै स्वास्थ्यकर्मी अवस्था हेरेर घरमै पुगेर उपचारसमेत गर्ने गरेका छन् । “दुर्गम गाउँमा स्थानीयवासी सबै स्वास्थ्य संस्था आउन सक्दैनन्”, प्रमुख पुनले भन्नुभयो, “त्यसैले घरमै बोलाउँदा पनि गएर सेवा दिने गरेका छौँ ।”

जिल्लाकै उत्कृष्ट सेवा प्रदान गरेको भन्दै अघिल्लो वर्ष कैना स्वास्थ्यचौकीले पुरस्कार पाएको छ । भूकम्पका कारण पूर्वाधार नहुँदा स्वास्थ्यचौकी सञ्चालनमा समस्या भएकाले भवन निर्माणका लागि पहल गरिदिन इञ्चार्ज पुनले आग्रह गर्नुभयो । रासस

आइतबार, चैत ११, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.