चितवन । ब्लड डोनर्स सोसाइटी नेपालको आयोजनामा “रक्तदान संँगै होली बिशेष“ कार्यक्रम सम्पन्न भएको छ । नारायणी दनी किनारमा आयोजित रक्तदान कार्यक्रममा ५२ जनाले रक्तदान गरेका छन । कार्यक्रम आदिवासी जनजाती महासघ चितवन समन्वय समिती ,नारायणी फेयर एक्जिभेसन नेपाल , सोच परिवर्तन नेपाल , नेपाल कल्याण समाज जापान , भरतपुर महानगर युवा संजाल , भरतपुर २२ स्थित क्रोकोडाईल भिउ क्याम्प लगायत सस्थाहरुको सहकार्यमा गरिएको थियो ।
होलीको उल्लासपूर्व वातावरण संँगै होलीलाई परोपकार कर्ममा जोडौ भन्ने उद्धेश्यका साथ आयोजना कार्यक्रम आयोजना गरिएको आयोजक एव सस्थाका अध्यक्ष अर्जुन अधिकारीले जानकारी दिए ।
ब्लड डोनर्स सोसाइटी नेपालले विगत लामो समय देखि रगत ब्यवस्थापन ,रक्तदान कार्यक्रमहरु, रक्तदाता उत्प्रेरणा कार्यक्रमहरु संचालन गर्दै आएको छ ।
रक्तदान कार्यक्रममा सस्थाका सस्थापक अध्यक्ष अर्जुन अधिकारी , वरिष्ठ उपाध्यक्ष हरि प्रसाद न्यौपाने , उपाध्यक्ष सन्तोष शाह , महासचिव अन्जन दवाडी , सचिव अन्जन तिवारी , सल्लाहकार बालचन्द्र पोख्रेलका साथै ,केन्द्रिय सदस्यहरु सुरेन्द्र धिताल , दिपक कास्यप , लगायत आजीवन सदस्यहरुको सहभागिता रहेको थियोे ।

