• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १६ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १६ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १६ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • २ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • ३ दिन 

मीना सुनारको उद्धार
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ८. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ९. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • १०. आँखा अस्पतालमा बिरामी बढे

जुम्लामा घट्दै क्षयरोगका बिरामी

  •  मङ्गलबार, चैत १३, २०८० मा प्रकाशित

जुम्ला । यहाँ पछिल्लो समयमा बढ्दो सचेतनाका कार्यक्रमले क्षयरोगका बिरामी घट्दो क्रममा रहेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार जिल्लामा गत आर्थिक वर्षमा क्षयरोगबाट तीनजनाको मृत्यु भएको कार्यालय प्रमुख कृष्ण सापकोटाले जानकारी दिनुभयो ।

चन्दननाथ नगरपालिका दुई र पातारासी गाउँपालिकाभित्रका एकजनाको क्षयरोगका कारणले मृत्यु भएको छ । कार्यालयको तथ्याङ्कअनुसार गत वर्ष जुम्लामा ५३ महिला र ५३ पुरुषमा क्षयरोग देखिएको थियो । चालु आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्म २१ पुरुष र २४ महिलामा क्षयरोग देखिएको जनस्वास्थ्य कार्यालयका प्रमुख सापकोटाले जानकारी दिनुभयो ।

आर्थिक वर्ष २०७९÷८० मा यहाँका आठवटा स्थानीय तहमा दर्ता भएका क्षयरोगीको सङ्ख्या कनकासुन्दरीमा छ, गुठीचौरमा आठ, सिञ्जामा नौ, हिमामा १२, तिलामा १३, तातोपानीमा १४, पातारासीमा १८ र चन्दननाथमा २६ जना रहेका छन् ।

कार्यालय प्रमुख सापकोटाका अनुसार आव २०८०÷८१ को साउनदेखि माघसम्मको तथ्याङ्क हेर्दा सिञ्जामा तीन, गुठीचौरमा चार, तातोपानीमा छ, तिलामा छ, पातारासीमा सात, कनकासुन्दरीमा सात, हिमामा नौ र चन्दननाथमा १० जना क्षयरोगीका बिरामी दर्ता भएका छन् ।

नेपाललाई क्षयरोगमुक्त अभियान सरकारले सञ्चालन गर्दै आएको छ । आगामी पाँच वर्षभित्र यस अभियानलाई राष्ट्रिय क्षयरोग कार्यक्रमले देशभरका सबै स्थानीय तहमा विस्तार गरी लागू गर्ने योजना सरकारको रहेको जनस्वास्थ्य कार्यालयका प्रमुख सापकोटाले बताउनुभयो ।

दुई हप्ताभन्दा बढी खोकी लागेमा क्षयरोग हुन सक्छ । खोग्दा वा हाच्छ्यूँ गर्दा क्षयरोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने भएकाले कुनै लक्षण देखापरेमा नजिकको स्वास्थ्य संस्थामा निःशुल्क जाँच गर्न सकिन्छ । क्षयरोग श्वासप्रश्वासको माध्यमबाट पनि सर्दछ । एचआइभी र मधुमेह भएका बिरामीलाई क्षयरोगले छिटो सङ्क्रमण हुने गरेको छ ।

श्वास–प्रश्वास, खोक्दा, हाच्छिउँ गर्दा, जहाँ पायो त्यहीँ थुक्दा, बोलचाल गर्दा क्षयरोगका जीवाणु हावाका माध्यमबाट स्वस्थ्य व्यक्तिमा प्रवेश गरेमा क्षयरोग सर्ने जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले सुर्तीजन्य पदार्थको सेवनलाई रोक्न सकेमा क्षयरोगबाट बच्न सकिने र स्थानीय तहले गाउँ केन्द्रित क्षयरोगको शिविर सञ्चालन गर्न आवश्यक रहेको बताउनुभयो । जनस्वास्थ्य कार्यालयले स्थानीय तहसँग सहकार्य गरेर क्षयरोग पूरै रोकथाम गर्नेका लागि जनचेतनाका कार्यक्रम र स्वास्थ्य जाँचसम्बन्धी निःशुल्क स्वास्थ्य परामर्श गर्न आवश्यक रहेको प्रमुख आचार्यको भनाइ छ ।

क्षयरोग रोकथाम गर्नका लागि सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका रहेको उहाँ बताउनुहुन्छ । आवश्यक सचेतनाका कार्यक्रम सञ्चारकामाध्यमबाट सहज रुपमा प्रकाशन र प्रसारण गर्न सकिने नेपाल पत्रकार महासङ्घका अध्यक्ष नेत्रबहादुर शाहीले जानकारी दिनुभयो ।

कनकासुन्दरीमा स्वास्थ्य शिविरबाट पाँच सय १८ लाभान्वित

जुम्लाको कनकासुन्दरी गाउँपालिकाले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट यहाँका पाँच सय १८ महिला लाभान्वित भएका छन् । पाठेघर तथा स्तन क्यान्सरसम्बन्धी स्क्रिनिङ शिविरमा कनकासुन्दरीको हाटसिञ्जा स्वास्थ्य चौकी र मालिकाबोता स्वास्थ्य चौकीमा महिलाको स्वास्थ्य परीक्षण गरिएको हो ।

हाँडसिञ्जामा तीन सय ७८ र मालिकाबोतामा एक सय ४० महिलाको स्वास्थ्य परीक्षण गरिएको छ । गाउँपालिका स्वास्थ्य शाखा आयोजना, जनस्वास्थ्य सेवा कार्यालय र आत्मसम्मानका लागि सहकार्य (क्याड) नेपालको सहकार्यमा शिविर सञ्चालन गरिएको गाउँपालिका स्वास्थ्य शाखा जनस्वास्थ्य निरीक्षक वीरेन्द्र उपाध्यायले जानकारी दिनुभयो ।

पिसाब चुहिने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, चिलाउने, योनी गन्हाउने, पाठेघरबाट सेतोपानी बग्ने तथा प्रजननसम्बन्धी समस्या यहाँका महिलामा देखिएको छ । हाटसिञ्जा स्वास्थ्य चौकीमा तीन सय ७८ महिलाको जाँच गर्दा दुई सय छजनामा पाठेघरको समस्या देखिएको र तीनजनाको पाठेघरमा क्यान्सर भेटिएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको जनस्वास्थ्य निरीक्षक उपाध्यायले जानकारी दिनुभयो । रासस

मङ्गलबार, चैत १३, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.