• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • १६ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • १६ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १८ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १९ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • १९ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • १९ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • २१ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • २१ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • २१ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ८. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ९. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • १०. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

न्यून परीक्षण हुँदा क्षयरोगका बिरामी पत्ता लगाउन सकस

  •  बुधबार, चैत १४, २०८० मा प्रकाशित

त्रिवेणी (रुकुमपश्चिम) । रुकुमपश्चिममा क्षयरोग (टिबी) परीक्षण गर्नेको सङ्ख्या न्यून रहेको पाएको छ । राष्ट्रिय क्षयरोग सर्वेक्षणको सर्वेअनुसार जिल्ल्लामा तीन सय ९० जना क्षयरोगका बिरामी हुनेसक्ने तथ्याङ्क सार्वजनिक गरेपनि परीक्षण गर्नेको सङ्ख्या एक सय २१ रहेका छन् ।

परीक्षण गर्नेको सङ्ख्या न्यून हुँदा क्षयरोगका बिरामी पत्ता लगाउन सकस भएको स्वास्थ्य सेवा कार्यालय रुकुमपश्चिमकी खोप सुपरभाइजर अधिकृत कृष्णा खड्काले बताउनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ मा तीन सय ९० बिरामी पत्ता लगाउने लक्ष्य रहे पनि फागुनसम्म लक्ष्यको २८ दशमलव ७१ प्रतिशत अर्थात एक सय १२ मात्र पत्ता लागेका छन् ।

बिरामीले रोग देखाउन लाज मान्ने, परीक्षणको दायर न्यून हुनु, स्वास्थ्य पहुँच कम हुनुलगायत कारणले परीक्षण गर्नेको सङ्ख्यामा कमी भएको खड्काको भनाइ छ । क्षयरोगका बिरामीलाई चेकचाँच तथा उपचार लगायत सबै सेवा निःशुल्क भए पनि परीक्षण गर्ने कम हुँदा बिरामी पत्ता लगाउन समस्या हुने गरेको उहाँले बताउनुभयो । उहाँका अनुसार चालु आवको हालसम्म पत्ता लागेका बिरामीको उपचार भइरहेको छ ।

जिल्लामा गत आवमा एक सय ६९ बिरामी भेटिएका थिए । जसमध्ये सात जनाको क्षयरोगका कारण मृत्यु भएको खोप सुपरभाइजर अधिकृत खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार चालु आवमा क्षयरोगका कारण दुई जनाको मृत्यु भएको छ ।

“क्षयरोग फोक्सो र अन्य अगङ्समेतमा लाग्ने गर्दछ । यससम्बन्धी सर्वसाधारणलाई जानकारी नहुँदा परीक्षण गर्नेको सङ्ख्या कम हुने गरेको छ । फोक्सोमा मात्र क्षयरोग लाग्छ भन्ने बुझाइ भएकाले पनि परीक्षण गर्ने सङ्ख्यामा कमी देखिएको हुन सक्छ”, खड्काले भन्नुभयो ।

परीक्षण गर्नेको सङ्ख्या न्यून हुँदा परीक्षण गर्ने मेसिन प्रयोग विहीन भएको स्वास्थ्य सेवा कार्यालयका व्यवस्थापक कालिबहादुर ओलीले बताउनुभयो । ‘माइक्रो ब्याक्टेरियम ट्युबरक्लोसिस’ नामक जीवाणुको कारण क्षयरोग सर्ने गर्दछ । क्षयरोग भएका बिरामीले खोक्दा, हाछ्यू गर्दा निरोगी व्यक्तिमा रोग सर्ने जोखिम हुने भएकाले सचेत हुनुपर्ने व्यवस्थापक ओलीले बताउनुभयो ।

हाल जिल्लामा ३२ वटा डट्स केन्द्र, चार माईक्रोसकोपी केन्द्र, एक जिनएक्सपर्ट केन्द्र र एक डिआर सब सेन्टरबाट क्षयरोग उपचार तथा निधान भइरहेको स्वास्थ्य सेवा कार्यालय रुकुमपश्चिमले जनाएको छ । रासस

बुधबार, चैत १४, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.