• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
आइतबार, कार्तिक ०९, २०८३
आइतबार, कार्तिक ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता
  • ९ घण्टा 

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • २ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • २ हप्ता 

लोकप्रिय समाचार

  • १. ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

गण्डकीमा स्वास्थ्य तालिमको सातवर्षे रणनीति कार्यान्वयनमा

  •  शनिबार, चैत १७, २०८० मा प्रकाशित

कास्की । गण्डकी प्रदेशमा स्वास्थ्यसम्बन्धी तालिमलाई व्यवस्थित गर्न पहिलोपटक ‘स्वास्थ्य तालिम रणनीति’ बनाइएको छ ।

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय मातहतको स्वास्थ्य तालिम केन्द्रले विसं २०८०–२०८७ सम्मका लागि बनाएको उक्त रणनीति गत फागुन २३ गतेको मन्त्रिपरिषद् बैठकबाट स्वीकृत भई लागू भएको छ ।

स्वास्थ्य जनशक्तिको कार्यदक्षता अभिवृद्धि, नयाँ कार्यक्रमका बारेमा थप ज्ञान, सीप प्रदान गर्न योजनाबद्ध मार्गदर्शन प्रदान गर्ने उद्देश्यले रणनीति तयार गरिएको तालिम केन्द्रका निमित्त महानिर्देशक रमेशप्रसाद अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, “यस रणनीतिले संविधान प्रदत्त स्वास्थ्य सेवा पाउने नागरिकको मौलिक हक सुनिश्चित गर्न र गुणस्तरीय स्वास्थ्य जनशक्ति व्यवस्थापन गर्न दिशानिर्देश प्रदान गर्नेछ ।”

रणनीतिले सरकारी बाहेकका निजी स्वास्थ्य संस्था तथा अस्पतालका स्वास्थ्यकर्मीहरुलाई आवश्यक तालिम प्रदान गर्ने योजना रहेको अधिकारीले बताउनुभयो । यसको कार्यान्वयनपछि तालिममा एकद्वार प्रणालीको विकास हुने भएकाले दोहोरोपन घट्ने, मितव्ययी हुने, संस्थागत अनुपस्थितिदर घटाउने तथा अभिलेखीकरणको त्रृटि न्यून हुने अपेक्षा गरिएको उहाँको भनाइ छ ।

सङ्घीय, प्रादेशिक तथा स्थानीय तहका विभिन्न निकायका प्रमुख, विकास साझेदार, गैरसरकारी संस्था निजी क्षेत्र तथा प्राज्ञहरुलगायत सबै सरोकारवालासँगको अन्तरक्रिया, छलफल र आवश्यक परामर्शसहित रणनीतिक योजना तयार पारिएकाले सबै तहका स्वास्थ्य तालिमसम्बन्धी मुद्दाहरुको सम्बोधन गरिने महानिर्देशक अधिकारीले जानकारी दिनुभयो ।

स्वास्थ्यसम्बन्धी तालिमको आवश्यकता पहिचान र निर्धारण तथा यसका लागि संस्थागत र संयन्त्रगत व्यवस्था र कार्यान्वयन, तालिम पाठ्यक्रम र पाठ्यसामग्री विकास तथा परिमार्जन, तालिमहरुको अनुगमन, मूल्याङ्कन, क्षेत्र, विषय, विधि र अवधिअनुरुप तालिम विकास, आवश्यक प्रशिक्षक उत्पादन, प्रशिक्षार्थी छनोटलगायतलाई रणनीतिमा समेटिएका छन् ।

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव डा विनोदविन्दु शर्माले बढ्दो स्वास्थ्य तालिम तथा क्षमता अभिवृद्धिको आवश्यकतालाई सम्बोधन गरी गुणस्तरीय तालिममार्फत स्वास्थ्यमा नागरिकका पहुँच बृद्धि गर्न सघाउ पुग्ने बताउनुभयो । “रणनीति पूर्ण रुपमा कार्यान्वयनमा आएर प्रदेशभित्रका सबै नागरिकका लागि सामाजिक न्याय र सुशासनमा आधारित स्वास्थ्य प्रणालीको विकास र विस्तार भएर गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच र उपयोग सुनिश्चित हुनेछ”, उहाँले भन्नुभयो । रासस

शनिबार, चैत १७, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

लोकप्रिय

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

ताजा

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.