• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, साउन ०९, २०८३
शनिबार, साउन ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • २३ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • २४ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • २४ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • २ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • २ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • ३ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • ३ दिन 

मीना सुनारको उद्धार
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ६. आँखा अस्पतालमा बिरामी बढे

  • ७. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ८. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ९. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • १०. टिस्टुङमा स्वास्थ्य शिविरः ४७७ जना लाभान्वित

क्षयरोगमुक्त अभियानमा पालिकाको सक्रियता

  •  बिहिबार, चैत २२, २०८० मा प्रकाशित

बलेवा (बागलुङ) । पछिल्लो समय बढ्दो सङ्ख्यामा रहेका क्षयरोग न्यूनीकरणमा पालिकाहरूले काम थालेका छन् । गलकोट नगरपालिकाले भने क्षयरोगमुक्त अभियानका लागि पालिका र वडास्तरीय दर्जन बढी गतिविधि सञ्चालन गरिसकेको छ ।

जिल्लामा सबैभन्दा सङ्क्रामक रूपमा देखिएको बडिगाड गाउँपालिका र त्यससँगै जोडिएकाले गलकोटले बढी चासो दिएर काम गरेको स्वास्थ्य शाखा प्रमुख मीरा शर्माले बताउनुभयो । गलकोटले पालिकास्तरीय अभिमुखीकरण, वडा र पालिकास्तरीय क्षयरोगमुक्त समिति गठन गरेको हो ।

ती समितिले सघन रूपमा क्षयरोगीको खोजी गर्ने, उपचारको दायरामा ल्याउने र पालिकालाई मुक्त बनाउने काम गर्ने छ । गलकोटका सामाजिक विकास समितिका संयोजक हिमबहादुर भण्डारीले क्षयरोगलाई गम्भीर रूपमा लिएर उपचारको दायरामा ल्याउन सबै सक्रिय भइसकेको बताउनुभयो ।

“हामीले सुक्ष्म रूपमा यो रोगको खोजी गरेर उपचारको दायरामा ल्याउन खोजेका छौँ”, भण्डारीले भन्नुभयो, “आम नागरिकलाई पनि यो रोगका समस्याबारे जानकारी दिँदैछौँ ।” नगरपालिकाले जनस्वास्थ्य निरीक्षक मनिष राजभण्डारी नियुक्त गरेर क्षयरोगको मात्रै विशेष अध्ययनको काम थालेको हो ।

गलकोटमा अघिल्लो वर्ष २५, गत वर्ष १५ र चालु वर्षको फागुन मसान्तसम्म ११ क्षयरोगी भेटिइसकेका छन् । क्षयरोग लागेको व्यक्तिले श्वासप्रश्वासबाट २५ जनासम्मलाई सार्न सक्ने भएपछि यो भयावह बन्न नदिन पालिकाले चासो बढाएको शर्माले बताउनुभयो ।

चालु वर्षको आठ महिनामा बागलुङमा कुल दुई सय २७ क्षयरोगी भेटिएका छन् । तीमध्ये बडिगाडमा मात्रै एक सय ३० जना भेटिएका हुन् । गत वर्ष जिल्लामा दुई सय ३५ क्षयरोगी भेटिएका थिए । आर्थिक वर्ष २०७८÷७९ मा यो सङ्ख्या एक सय ८५ थियो । आव २०७७÷७८ मा एक सय ३५ मात्रै क्षयरोगी थिए । पहिलो आठ महिनामै यतिधेरै सङ्ख्या पत्ता लागेपछि चालु आवमा यो ग्राफ अझै बढ्ने स्वास्थ्यकर्मीको चिन्ता छ ।

समूहमा बस्ने, रोगीका परिवार र ज्येष्ठ नागरिकमा यो सङ्क्रमणको दर उच्च रहने गरेको भेटिएको स्वास्थ्य कार्यालयका क्षयकुष्ठ निरीक्षक देवप्रकाश घिमिरेले बताउनुभयो । उपचार र परीक्षणको पहुँच बढ्दै जाँदा क्षयरोगीको ग्राफ बढिरहेको हो ।

“तोकिएका स्थानका शङ्कास्पद बिरामीमात्रै परीक्षण गरेका हौँ, खोजपडताल प्रभावकारी भयो भने यो अङ्क भयावह देखिन सक्छ”, घिमिरेले भन्नुभयो, “क्षयरोगकै कारण चालु आवमा चार जनाले ज्यान गुमाइसकेका छन् ।”

औषधि प्रतिरोधक क्षयरोगको परीक्षण गर्न सकिने अत्याधुनिक मेसिन बागलुङमा जडान भएपछि परीक्षणको दायरा बढेको छ । परीक्षण गर्न पाएपछि घरभित्र बसेका महिलामा समेत सङ्क्रमणको दर उच्च देखिएको हो । परीक्षण भएकाहरूले खुलेर जानकारी नदिने र औषधि सेवनमा लापरबाही गर्दा सङ्क्रमण फैलिएको अनुमान छ । रासस

बिहिबार, चैत २२, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.