• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, साउन ०९, २०८३
शनिबार, साउन ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १८ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १८ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १८ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • २ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • २ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • ३ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • ३ दिन 

मीना सुनारको उद्धार
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ६. आँखा अस्पतालमा बिरामी बढे

  • ७. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ८. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ९. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • १०. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

निःशुल्क स्वास्थ्य शिविरबाट १५ सयजना लाभान्वित

  •  शुक्रबार, चैत २३, २०८० मा प्रकाशित

गोरखा । गोरखाको पालुङटार नगरपालिकामा सञ्चालन गरिएको निःशुल्क आयुर्वेद स्वास्थ्य शिविरबाट नगरपालिकाभित्रका करिब एक हजार पाँच सयजना नागरिक लाभान्वित भएका छन् । नगरवासीको स्वास्थ्य सुरक्षाका लागि नगरपालिकाले वडावडामा पुगेर स्वास्थ्य शिविर सञ्चालन गरेकोे हो ।

“आयुर्वेद उपचार पद्धतिलाई घरघरमा पु¥याउने र नगरवासीको स्वास्थ्य उपचारमा विशेष ध्यान पु¥याउने उद्देश्यसहित शिविर सञ्चालन गरिएका छौँ”, नगरप्रमुख विवस चिन्तनले भन्नुभयो, “नगरपालिकाभित्रका विभिन्न आठ वडामा छुट्टाछुट्टै शिविर सञ्चालन गरी निःशुल्क उपचार सेवा प्रदान गरेका हौँ ।” शिविरमा उपचार सेवा लिएका बिरामीलार्ई आवश्यकताका आधारमा औषधिसमेत वितरण गरिएको उहाँको भनाइ छ ।

“आयुर्वेद शिविरमा बाथजन्य रोग, उच्च रक्तचाप, मांसपेशी दुख्ने, हाडजोर्नीका समस्या भएका बिरामी, घुँडा दुख्ने समस्या, स्त्रीरोग, पेट तथा पाचनसम्बन्धी समस्या भएका बिरामीको विशेषज्ञ चिकित्सकबाट आयुर्वेद उपचार पद्धतिअनुसार सेवा प्रदान गरिएको हो”, नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख हितकाजी श्रेष्ठले भन्नुभयो, “त्यस्तै ग्याष्ट्रिक, पाइल्स, फिस्टुलालगायत अन्य विभिन्न रोगको पनि शिविरमा उपचार गरिएको थियो ।”

उपचार सेवा लिएकामध्ये धेरैजसो बिरामीमा बाथजन्य रोगको समस्या रहेको पाइएको छ । नगरपालिका आयुर्वेद स्वास्थ्य शाखाको आयोजनामा भएको शिविरमा सर्ने तथा नसर्ने रोगहरु, रोगहरुको रोकथाम तथा न्यूनीकरणका बारेमा सचेतना प्रदान गरिएको श्रेष्ठले बताउनुभयो ।

शिविरबाट नगरपालिका–१ का एक सय ४६, वडा नं २ का एक सय ४१, वडा नं ३ का एक सय ३६, वडा नं ६ का दुई सय ३५, वडा नं ७ का एक सय ५२, वडा नं ८ का तीन सय १५, वडा नं ९ का एक सय ३७ र वडा नं १० का एक सय ४९ जना लाभन्वित भएका नगरपालिकाले जनाएको छ ।

‘क्वार्ज क्रिष्टल’ गोरखा दरबारमा प्रतिस्थापन गर्न तयारी पूरा

दश महिनादेखि जिल्ला प्रहरी कार्यालय गोरखाको विशेष सुरक्षाअन्तर्गत प्र्रहरी कार्यालयमा राखिएको टल्कने ढुङ्गा ‘क्वार्ज क्रिष्टल’ ऐतिहासिक गोरखा दरबारमा प्रतिस्थापन गर्न सबै तयारी पूरा भएको छ ।

दरबारभित्र रहेको तत्कालीन राजा पृथ्वीनारायण शाहको गद्दी कोठामा विशेष सुरक्षाका साथ आज ‘क्वार्ज क्रिष्टल’ राख्न लागिएको गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर रानामगरले जानकारी दिनुभयो ।

“क्वार्ज क्रिष्टल राख्नका लागि विशेष सुरक्षायुक्त सिसाको बाकस निर्माण गरिएको छ”, उहाँले भन्नुभयो, “उक्त बाकस टेबलमाथि राख्ने र चौबिसैघण्टा निगरानीका लागि सिसी क्यामेरा समेत जडान गरिएको छ ।” नगरप्रमुख रानामगरले क्वार्ज क्रिष्टल राख्न लागिएको गद्दी कक्षमा विशेष बत्तीको व्यवस्था गरिसकिएको जानकारी दिनुभयो ।

“गद्दी कोठामा राखिएको क्वार्ज क्रिष्टल दरबारमा पुग्ने सबै दर्शनाथी, आन्तरिक तथा बाह्य पर्यटकले झ्यालबाट अवलोकन गर्नसक्ने व्यवस्था मिलाएका छौँ”, नगरप्रमुख रानामगरले भन्नुभयो, “उक्त क्वार्ज क्रिष्टल प्रतिस्थापनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज गोरखा आउने कार्यक्रम छ ।” प्रधानमन्त्रीले एक कार्यक्रमकाबीच गोरखा दरबारमा क्वार्ज क्रिष्टल प्रतिस्थापन गर्नुहुने उहाँले जानकारी दिनुभयो ।

महँगो मूल्यमा किनबेच हुन लागेको गोप्य सूचनाका आधारमा गत असार १४ गते गोरखा नगरपालिका–७ सतिपीपलस्थित राममाया शाहीको घरबाट प्रहरीले उक्त क्वार्ज क्रिष्टल बरामद गरेको थियो । उक्त ‘क्वार्ज क्रिष्टल’ को भूगर्भविद्हरुको टोलीले गोरखामा आएर दुई दिन लगाएर परीक्षण गरेका थिए ।

परीक्षणबाट उक्त ढुङ्गा महत्वपूर्ण र बहुमूल्य रत्नपत्थर (क्वार्ज क्रिष्टल) भएको र संसारभरका धातुलाई कडापनका आधारमा १० भागमा वर्गीकरण गर्ने गरिएकामा बरामद गरिएको ढुङ्गा सातौँ नम्बरमा पर्ने भूगर्भविद्ले जानकारी गराएका थिए । उक्त ढुङ्गा ५२ किलो तीन सय ३० ग्राम रहेको छ । यसले गोरखाको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने नगरपालिकाले विश्वास लिएको छ । रासस

शुक्रबार, चैत २३, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.