• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
आइतबार, कार्तिक ०९, २०८३
आइतबार, कार्तिक ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता
  • २ घण्टा 

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • २ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • २ हप्ता 

लोकप्रिय समाचार

  • १. ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

देख्न पाउँदा हर्सित छन् वृद्धवृद्धा

  •  शुक्रबार, चैत २३, २०८० मा प्रकाशित

दोलखा । स्थानीय सरकारले आर्थिक अवस्था कमजोर भएका विपन्न समुदायलाई लक्षित गरी मोतिविन्दुको शल्यक्रिया गराइदिएपछि आँखा देख्न पाउँदा निकै खुसी छन् स्थानीय ८३ वर्षीय दत्ते थामी ।

थामीले धेरै वर्षदेखि बन्द रहेका आँखा आज खुलेर रङ्गीन संसार देख्न पाउँदा निकै खुसी भएको बताउनुभयो । उहाँले आफ्नो हराएको ज्योति फर्केर सुन्दर संसार हेर्न पाएको भन्दै चिकित्सक तथा जनप्रतिनिधिलाई धन्यवाद दिनुभयो ।

थामी जस्तै सन्चमाया थामीले पनि बन्द रहेका आँखा खुल्दा निकै खुसी भएको बताउनुभयो । जिल्लाको उत्तरी भेगमा पर्ने कालीञ्चोक गाउँपालिकाको सिङ्गटीमा सम्पन्न भएको शिविरमा ६३ जना वृद्धवृद्धा मोतियाविन्दुको शल्यक्रिया गर्न छनोट भएका थिए ।

विभिन्न वडाबाट छानिएका मोतियाविन्दुका बिरामीको तीन दिन कालिञ्चोक–४ मा सिङ्गटी अस्पतालमा शल्यक्रिया गरिएको अस्पतालका सिनियर अहेव ईश्वर कुमार खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार चैत १७ गतेदेखि सुरु भएको शिविरमा गाउँपालिकाका विभिन्न वडामा गएर आँखा जाँच गरी तत्काल शल्यक्रिया गर्नुपर्ने देखिएका ६३ जना बिरामीको शल्यक्रिया गरिएको हो ।

शिविरबाट एक सय छजना मोतियाविन्दुका बिरामी पहिचान गरिएकामा तत्काल ६३ जनाको शल्यक्रिया गर्नुपर्ने देखिएपछि निःशुल्क शल्यक्रिया गरिएको खड्काले बताउनुभयो । बाँकी बिरामीलाई आगामी दिनमा आयोजना गरिने शिविरमा शल्यक्रिया गरिने गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

कालीञ्चोक गाउँपालिकाको आयोजना तथा नेपाल नेत्रज्योति सङ्घ कीर्तिपुर र रेड्लीआई फाउन्डेसन नेपालको प्राविधिक सहयोगमा सम्पन्न आँखा शिविरमा पाँच सय ९९ ले आँखा परीक्षण गराएका आयोजकले जनाएको छ ।

आँखा शिविर सुविधा सम्पन्न अस्पतालमा उपचार गर्न जान नसक्नेलाई लक्षित गरी सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष अर्जुनप्रसाद शिवाकोटीले बताउनुभयो । उहाँले नेत्रज्योति सङ्घ र रेड्लीआई फाउन्डेसनलाई सहकार्यका लागि प्राविधिक सहयोगमा धन्यवाद ज्ञापन गर्नुभयो ।

सोही कार्यक्रममा रेड्लीआई फाउन्डेसन (युके)का प्रमुख अलिस्टार उडले ग्रामीण क्षेत्रमा आँखा शिविर सञ्चालनमा आफूले सहयोग गर्न पाएकामा खुसी व्यक्त गर्दै आगामी दिनमा पनि यसलाई निरन्तरता दिने बताउनुभयो । रासस

शुक्रबार, चैत २३, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

लोकप्रिय

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

ताजा

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.