• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, साउन ०९, २०८३
शनिबार, साउन ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १ दिन 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १ दिन 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १ दिन 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • २ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • २ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • ३ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • ३ दिन 

मीना सुनारको उद्धार
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ३. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. आँखा अस्पतालमा बिरामी बढे

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ८. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ९. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • १०. टिस्टुङमा स्वास्थ्य शिविरः ४७७ जना लाभान्वित

देख्न पाउँदा हर्सित छन् वृद्धवृद्धा

  •  शुक्रबार, चैत २३, २०८० मा प्रकाशित

दोलखा । स्थानीय सरकारले आर्थिक अवस्था कमजोर भएका विपन्न समुदायलाई लक्षित गरी मोतिविन्दुको शल्यक्रिया गराइदिएपछि आँखा देख्न पाउँदा निकै खुसी छन् स्थानीय ८३ वर्षीय दत्ते थामी ।

थामीले धेरै वर्षदेखि बन्द रहेका आँखा आज खुलेर रङ्गीन संसार देख्न पाउँदा निकै खुसी भएको बताउनुभयो । उहाँले आफ्नो हराएको ज्योति फर्केर सुन्दर संसार हेर्न पाएको भन्दै चिकित्सक तथा जनप्रतिनिधिलाई धन्यवाद दिनुभयो ।

थामी जस्तै सन्चमाया थामीले पनि बन्द रहेका आँखा खुल्दा निकै खुसी भएको बताउनुभयो । जिल्लाको उत्तरी भेगमा पर्ने कालीञ्चोक गाउँपालिकाको सिङ्गटीमा सम्पन्न भएको शिविरमा ६३ जना वृद्धवृद्धा मोतियाविन्दुको शल्यक्रिया गर्न छनोट भएका थिए ।

विभिन्न वडाबाट छानिएका मोतियाविन्दुका बिरामीको तीन दिन कालिञ्चोक–४ मा सिङ्गटी अस्पतालमा शल्यक्रिया गरिएको अस्पतालका सिनियर अहेव ईश्वर कुमार खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार चैत १७ गतेदेखि सुरु भएको शिविरमा गाउँपालिकाका विभिन्न वडामा गएर आँखा जाँच गरी तत्काल शल्यक्रिया गर्नुपर्ने देखिएका ६३ जना बिरामीको शल्यक्रिया गरिएको हो ।

शिविरबाट एक सय छजना मोतियाविन्दुका बिरामी पहिचान गरिएकामा तत्काल ६३ जनाको शल्यक्रिया गर्नुपर्ने देखिएपछि निःशुल्क शल्यक्रिया गरिएको खड्काले बताउनुभयो । बाँकी बिरामीलाई आगामी दिनमा आयोजना गरिने शिविरमा शल्यक्रिया गरिने गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

कालीञ्चोक गाउँपालिकाको आयोजना तथा नेपाल नेत्रज्योति सङ्घ कीर्तिपुर र रेड्लीआई फाउन्डेसन नेपालको प्राविधिक सहयोगमा सम्पन्न आँखा शिविरमा पाँच सय ९९ ले आँखा परीक्षण गराएका आयोजकले जनाएको छ ।

आँखा शिविर सुविधा सम्पन्न अस्पतालमा उपचार गर्न जान नसक्नेलाई लक्षित गरी सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष अर्जुनप्रसाद शिवाकोटीले बताउनुभयो । उहाँले नेत्रज्योति सङ्घ र रेड्लीआई फाउन्डेसनलाई सहकार्यका लागि प्राविधिक सहयोगमा धन्यवाद ज्ञापन गर्नुभयो ।

सोही कार्यक्रममा रेड्लीआई फाउन्डेसन (युके)का प्रमुख अलिस्टार उडले ग्रामीण क्षेत्रमा आँखा शिविर सञ्चालनमा आफूले सहयोग गर्न पाएकामा खुसी व्यक्त गर्दै आगामी दिनमा पनि यसलाई निरन्तरता दिने बताउनुभयो । रासस

शुक्रबार, चैत २३, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

अत्यावश्यक औषधि उत्पादनको समझदारी

आँखा अस्पतालमा बिरामी बढे

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.