• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, साउन ०९, २०८३
शनिबार, साउन ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १ दिन 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १ दिन 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १ दिन 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • २ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • २ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • ३ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • ३ दिन 

मीना सुनारको उद्धार
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ६. आँखा अस्पतालमा बिरामी बढे

  • ७. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ८. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ९. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • १०. टिस्टुङमा स्वास्थ्य शिविरः ४७७ जना लाभान्वित

महिलाद्वारा सीप सिकेर गाउँमै सेनेटरी प्याड उत्पादन

  •  शनिबार, बैशाख ०८, २०८१ मा प्रकाशित

गोरखा । सहिदलखन गाउँपालिकाका विपन्न तथा सिमान्तकृत महिलाले समूहमा मिलेर गाउँमै सेनेटरी प्याड उत्पादन गर्न सुरु गरेका छन् ।

व्यावसायिक सीपमूलक तालिमबाट सिकेर महिलाले सामूहिकरुपमा लगानी गरी प्याड उत्पादन गर्न थालेको सहिदलखन–५ स्थित नवपालुवा कोसिस महिला समूहका अध्यक्ष गीता परियारले जानकारी दिनुभयो ।

“नेपाल दलित महिला उत्थान सङ्घ (एड्वान) ले प्रदान गरेको सेनेटरी प्याड बनाउने तालिम लिएपछि गाउँमै प्याड उत्पादन गर्न सकिन्छ भन्ने लाग्यो”, उहाँले भन्नुभयो, “तालिमसँगै वडा कार्यालय र एड्वानकोसमेत आर्थिक सहयोगमा समूहमा आबद्ध महिलाले पनि लगानी गरेर आवश्यक मेसिन खरिद गरी प्याड उत्पादन गर्न सुरु गरिएको हो ।”

उद्योगबाट नवपालुका कोशिस महिला समूहमा आबद्ध २१ महिला प्रत्यक्षरुपमा आयआर्जनसँग जोडिन पुगेको उहाँको भनाइ छ । उद्योगमा उत्पादन गरिएका प्याड स्थानीय बजारमा बिक्री गर्नसमेत थालिएको छ ।

“भर्खरै मात्र उत्पादन थालेकाले उत्पादन भएजति सबै बजारमा बिक्री हुने गरेको छ”, परियारले भन्नुभयो, “अहिलेसम्म उद्योगमा करिब दुई हजार थान प्याड उत्पादन गरिसकिएको छ, सबै स्थानीय बजारमा नै खपत भएको छ । कतिपय स्थानीय व्यापारीले उद्योगमै आएर पनि बिक्रीका लागि किनेर लैजान थालेको उहाँको भनाइ छ ।

“फागुन महिनामै उत्पादन सुरु गरी बजारमा पठाउने तयारी भए पनि प्याडको बाहिरी प्याकेट आउन अलि ढिलो भयो”, उहाँले भन्नुभयो, “उत्पादन माघ महिनाबाट नै सुरु गरिएको हो ।” उद्योगमा जोडिएका समूहका सदस्य पालैपालो उद्योगको काममा खटिने गरेको उहाँको भनाइ छ ।

प्याकिङका लागि तयारी अवस्थामा रहेको प्याड पनि केही दिनमै प्याकेटमा राखेर बजार पठाउने तयारी भइरहेको छ । समूहले ठूलोमात्रा प्याड उत्पादन गरी त्यसको बजार व्यवस्थापन गर्न गाउँपालिकासँग पनि आवश्यक समन्वय गरिरहेको परियारले जानकारी दिनुभयो ।

उद्योगमा अहिले प्रयोग गरिएको मेसिनले प्रतिमिनेट ३० थान सेनेटरी प्याड उत्पादन गर्नसक्ने उहाँको भनाइ छ । “नियमितरुपमा उत्पादन गर्न सकियो भने जिल्लाभित्रका अन्य पालिकामा पु¥याउन सक्छौँ भन्ने लागेको छ”, परियारले भन्नुभयो, “तत्कालका लागि सेनेटरी प्याडको बाहिरी प्याकेट चितवनबाट छपाइ गरेर ल्याउने गरेका छौँ ।”

उत्पादित प्याड परीक्षणका लागि बजारमा रु ५० प्रतिप्याकेटका दरले बिक्री गर्न थालिएको छ । “बाहिरबाट ल्याएको सेनेटरी प्याड अहिले स्थानीय बजारमा प्रति प्याकेट रु ७० मा बिक्री हुँदै आएको छ”, उहाँले भन्नुभयो ।

उद्योग सञ्चालनका लागि अहिलेसम्म रु १५ लाख ५० हजारभन्दा बढी लगानी भइसकेको छ । वडा नं ५ का वडाध्यक्ष चन्द्र रानामगरले समूहलाई उद्योग सञ्चालनका लागि ताक्लुङमा रहेको सामुदायिक भवन उपलब्ध गराइएको बताउनुभयो । उहाँका अनुसार महिला समूहले भर्खरैमात्र उत्पादन सुरु गरेकाले त्यसको बजारीकरणका लागि आवश्यक पहल स्थानीय सरकारले पनि गरिरहेको छ । रासस

शनिबार, बैशाख ०८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.