चितवन । भरतपुर महानगरपालिका वडा नम्बर १० अस्पताल रोड स्थित चितवन एभरेष्ट अस्पतालको सञ्चालक समितिको अध्यक्षमा भरतराज रेग्मी चयन भएका छन् ।
अस्पतालको सौराहामा सम्पन्न आठौं साधारण सभा तथा चौथो अधिवेशनले रेग्मीको नेतृत्वमा नयाँ समिति चयन गरेको हो ।
नयाँ समितिमा पनि अधिकांश अघिल्लो समितिकै सदस्यहरु दोहोरिएका छन् । अस्पतालको प्रबन्ध निर्देशकमा भने डा नवराज लामिछाने चयन भएका छन् ।
प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा ऋृषिराम पौडेल र मेडिकल निर्देशकमा डा मनोज कँडेल रहेका छन् । बोर्डका अन्य सदस्यहरुमा असिम श्रेष्ठ, हरि सापकोटा र डा श्वेता कुमारी गुप्ता रहेका छन् । नयाँ समिति सदस्यहरुलाई सोही कार्यक्रममा शेयर प्रमाणपत्र वितरण गरिएको थियो ।
कार्यक्रममा शेयर सदस्यहरु डा साजन केसी, डा अमित चौधरी, विष्णु अधिकारीलगायतको पनि सहभागिता थियो । सोही अवसर पारेर नयाँ वर्ष २०८१ को शुभकामना आदान–प्रदान कार्यक्रम समेत गरिएको प्रबन्ध निर्देशक डा लामिछानेले जानकारी दिए ।