• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, साउन ०९, २०८३
शनिबार, साउन ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १ दिन 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १ दिन 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १ दिन 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • २ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • २ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • ३ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • ३ दिन 

मीना सुनारको उद्धार
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ३. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ४. आँखा अस्पतालमा बिरामी बढे

  • ५. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ८. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ९. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • १०. टिस्टुङमा स्वास्थ्य शिविरः ४७७ जना लाभान्वित

शिविरमार्फत् नागरिकको स्वास्थ्योपचार गर्दै स्थानीय तह

  •  सोमबार, बैशाख १७, २०८१ मा प्रकाशित

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकका स्थानीय तहले वडास्तरमा स्वास्थ्य शिविरको आयोजना गरी नागरिकको स्वास्थ्यमा देखिएका समस्या पहिचान तथा उपचार गरिरहेका छन् । अस्पतालको प्राविधिक सहयोग लिई आयोजित शिविरमा देखिएका गम्भीर स्वास्थ्य समस्यामा स्थानीयले तहले निःशुल्क उपचार गर्ने व्यवस्थासमेत मिलाएका छन् ।

तेमाल गाउँपालिकाले गत सोमबारदेखि नौ दिने निःशुल्क वृहत स्वास्थ्य शिविर सुरु गरेको थियो । नेपाल नेत्रज्योति सङ्घ, कीर्तिपुर आँखा अस्पताल, शिर मेमोरियल अस्पताल र जर्मन रोटरी स्वयंसेवक चिकित्सकसहित स्वास्थ्यकर्मीको प्राविधिक सहयोगमा गाउँपालिकास्थित विभिन्न स्वास्थ्य चौकी एवं पायक पर्ने स्थानमा आयोजित शिविरमा करिब दुई हजारले सेवा लिएको जनाइएको छ । गाँउपालिकाका निमित्त प्रशासकीय अधिकृत शिवहरि पाठकका अनुसार शिविरमा विशेषगरी स्वाशप्रस्वाश, आँखा, दाँत, खकार तथा एचआईभीको परीक्षण गरिएको छ ।

शिवरमा हालसम्म २३ जनामा मोतियाविन्दु तथा सात जनामा क्षयरोगको समस्या देखिएको पाठकले बताउनुभयो । सामान्य स्वास्थ्य समस्या भएकालाई स्थानीयस्तरमै उपचार एवं औषधि प्रदान गरिएको छ । गम्भीर प्रकृतिका समस्या देखिएकालाई अस्पतालको समन्वयमा उपचार एवं शल्यक्रिया गरिने जनाइएको छ । गाउँपालिकाले शिविरमा स्वास्थ्य परीक्षणसँगै नागरिक परिचयपत्र तथा अपाङ्गता परिचयपत्र वितरण गरिएको छ ।

यस्तै आइतबार खानीखोला गाउँपालिका–७ मिल्चेमा तिलगङ्गा आँखा अस्पताल काठमाडाँैको सहाकार्यमा निःशुल्क आँखा शिविरको आयोजना गरिएको थियो । शिविरमा दुई सय नौ जनाको आँखा परीक्षण गरी आँखाका रोगीलाई निःशुल्क रुपमा औषधि वितरण गरिएको थियो ।

शनिबार पनौती नगरपालिका–२ कुशादेवीमा आयोजित वृहत स्वास्थ्य शिविरमा स्त्रीरोग, हाडजोर्नी, नाक–कान–घाँटी, छाला रोग, जनरल मेडिसिन गरी दुई सय ५५ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । काठमाडौँस्थित अल्का अस्पतालको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा स्वास्थ्य समस्या देखिएका बिरामीलाई उपचारको व्यवस्था गरिएको अस्पतालका अध्यक्ष कुमार थापाले बताउनुभयो । नगरप्रमुख रामशरण भण्डारीले आफुहरु नागरिकको स्वास्थ्यप्रति सचेत रहेकाले समय–समयमा स्वास्थ्य शिविरमार्फत् नागरिकलाई स्थानीयस्तरमै सेवा प्रदान गरिरहेको बताउनुभयो ।

बिहीबार रोशी गाउँपालिका–११ भीमखोरीमा आयोजित आयुर्वेद स्वास्थ्य शिविरमा आयुर्वेद तथा वैकल्पिक चिकित्सालय कार्यालयका आयुर्वेद चिकित्सक, कविराज, वैद्यहरुले स्वास्थ्य परीक्षणसँगै निःशुल्क औषधि वितरण गरेका थिए । शिविरमा एक सय ५७ जनाले सेवा लिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अध्यक्ष दिनेश लामाले प्रत्येक वर्ष गाउँपालिकाका दुई÷तीन स्थानमा आयुर्वेदसम्बन्धी स्वास्थ्य शिविर गर्दै आएको बताउनुभयो ।

लामाका अनुसार गत मङ्गलबार वडा नं १, २ र ३ लाई लक्षित गरेर शिखरमा आयोजना गरिएको शिविरमा एक सय ५५ स्थानीयवासीले सेवा लिएका थिए । यसअघि वडा नं ९ स्थित मङ्गलटारमा भएको निःशुल्क स्वास्थ्य शिविरमा एक सय ७५ जनाले सेवा लिएका छन् ।

यस्तै वडा नं ७, ८, ९, १०, ११ र १२ का र तेमाल गाउँपालिका–८ लगायतका स्थानीय शिविरबाट लाभान्वित भएका हुन् । उक्त शिविरमा ६७ जनाले सामान्य चिकित्सा, ५१ ले स्त्रीरोग, २६ ले भिआइए सेवा, ९७ ले हाडजोर्नीसम्बन्धी र १६ जनाले सामान्य सर्जरी सेवा तथा समस्या देखिएका नागरिकले औषधि लिएको गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ । रासस

सोमबार, बैशाख १७, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

आँखा अस्पतालमा बिरामी बढे

अत्यावश्यक औषधि उत्पादनको समझदारी

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.