• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बिहिबार, भदौ २५, २०८३
बिहिबार, भदौ २५, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
  • ९ घण्टा 

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
  • १३ घण्टा 

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
  • १४ घण्टा 

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू
  • १४ घण्टा 

झापा र कैलालीमा खोप अभियान
  • १४ घण्टा 

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
  • १६ घण्टा 

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • १७ घण्टा 

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • १९ घण्टा 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • १९ घण्टा 

लोकप्रिय समाचार

  • १. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • २. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • ६. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • ७. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ८. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

  • ९. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

  • १०. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

बेसहारा र अपाङ्गता भएकाहरुको घरदैलोमै चिकित्सक

  •  बिहिबार, बैशाख २०, २०८१ मा प्रकाशित

बलेवा (बागलुङ) । बागलुङको काठेखोला गाउँपालिका–२ भीमापोखराका हर्कबहादुर सार्की ‘क’ वर्गको अपाङ्गता भएका व्यक्ति हुनुहुन्छ । केही वर्षअघि शारीरिक अपाङ्गता भएका सार्कीलाई हिँड्डुल गर्नसक्ने भएकाले ‘ग’ वर्गको अपाङ्गता परिचयपत्र दिइएको थियो ।

उहाँको स्वास्थ्य अवस्था बिग्रिँदो थियो । शारीरिक समस्या थप हुने, उपचार गर्दा निको नहुने भएकाले उहाँ लामो समय थलिनुभयो । ओछ्यानमा आराम गरिरहनुभएका सार्कीलाई अपाङ्गताको बिग्रँदो अवस्थामा थप सुविधा पाउनेगरी परिचयपत्र पाइन्छ भन्ने थाहै थिएन ।

सामान्य परिवारका हर्कबहादुरको हिँडेर गाउँपालिका पुग्ने अवस्था थिएन । गाउँपालिका पुगेर मात्रै हुँदैनथ्यो । धौलागिरि अस्पताल पुगेर चिकित्कको सिफारिस ल्याउने पनि त अवस्था थिएन् । सवारी साधन रिजर्भ गरेर अस्पताल र पालिकासम्म पुग्न उहाँसँग आर्थिक अभाव थियो ।

गाउँपालिकाले अपाङ्गता परिचयपत्र पाएका सबैको नियमित अनुगमन गर्ने गरेको छ । उपचारका क्रममा रहेका अपाङ्गता भएको अवस्था बुझ्ने, अपाङ्गताको बिग्रँदो र सुधार भइरहेको अवस्था बुझ्ने गरेको गाउँपालिकाले हर्कबहादुरबारे जानकारी पायो ।

उहाँलाई ‘क’ वर्गको अपाङ्गता परिचयपत्र दिनका लागि गाउँपालिकाले चिकित्सक नै उहाँको घरमा लिएर गयो । गाउँपालिकाको प्रशासनिक जनशक्ति र जनप्रतिनिधिसँगै पुगे र उनलाई ‘क’ वर्गको अपाङ्गता परिचयपत्र दिइयो ।

घरमै पुगेर चिकित्सकले जाँच गरेपछि परिचयपत्र पाउने हर्क एक्ला व्यक्ति भने हुनुहुन्न । काठेखोला गाउँपालिका–७ रेशकी डम्मिकला थापाले पनि आफ्नै आँगनमा सबै प्रक्रिया पूरा गरेर ‘क’ वर्गकै परिचयपत्र पाउनुभयो । काठेखोला गाउँपालिकाले असहाय अपाङ्गता भएका व्यक्तिका लागि घरमै पुगेर सबै सेवा दिने गरेको छ ।

“सबैलाई घरघरमै चिकित्सक पु¥याउँदा सम्भव हुँदैन, वडा अध्यक्षले सिफारिस गरेपछि असहाय भएको प्रमाणित भए हामीले पालिकाकै गाडीमा चिकित्सक लिएर सम्बन्धित व्यक्तिको घरमै पुग्छौँ”, गाउँपालिकाका उपाध्यक्ष तेजबहादुर थापाले भन्नुभयो, “खर्च, समय र शारीरिक अवस्थाका आधारमा बेसहारा अपाङ्गता भएका व्यक्तिका घरमै चिकित्सक पु¥याउने गरिएको हो ।”

अपाङ्गता भएका व्यक्तिलाई जस्तै गाउँपालिकाले ज्येष्ठ नागरिक, पछि परेको समुदाय र महिला तथा बालबालिकाका क्षेत्रमा पनि घरदैलो सेवा, उपचार सेवाजस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ । ज्येष्ठ नागरिक र एकल महिलाका लागि बैंकसँग सहकार्य गरेर घरघरमै साजिक सुरक्षा भत्ता पु¥याउन पालिका तल्लीन छ ।

गाउँपालिकामा ५१ जना श्रमिक तथा परिवारले यो वर्षमात्रै राहत रकम पाएका छन् । सामाजिक सुरक्षाअन्तर्गत गाउँपालिकाले रोजगार शाखामार्फत कामका क्रममा अङ्गभङ्ग भएका श्रमिकलाई विधिअनुसारको राहत र मृत्यु भएका श्रमिकको परिवारलाई मृत्यु राहत दिने गरेको छ ।

“सामाजिक सुरक्षाको पाटो असाध्यै महत्वपूर्ण र घरदैलोमा जोडिने पाटो हो, हामी नीति नियम कार्यान्वयनमा जिम्मेवार भएर लागेका छौँ”, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगराज गौतमले भन्नुभयो । गाउँपालिकाले सरकारी तथा गैरसरकारी सङ्घसंस्थासँग सहकार्य गरेर पनि नागरिकमैत्री सामाजिक सुरक्षाका कार्यक्रम सञ्चालन गर्ने गरेको छ । रासस

बिहिबार, बैशाख २०, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै

लोकप्रिय

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

ताजा

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.