• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बिहिबार, भदौ २५, २०८३
बिहिबार, भदौ २५, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
  • ९ घण्टा 

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
  • १३ घण्टा 

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
  • १४ घण्टा 

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू
  • १४ घण्टा 

झापा र कैलालीमा खोप अभियान
  • १४ घण्टा 

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
  • १६ घण्टा 

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • १७ घण्टा 

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • १९ घण्टा 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • १९ घण्टा 

लोकप्रिय समाचार

  • १. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • २. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • ६. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • ७. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ८. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

  • ९. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

  • १०. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

डढेलोले वातावरण प्रदुषित

  •  सोमबार, बैशाख २४, २०८१ मा प्रकाशित

बागलुङ (बलेवा) । वैशाख लागेदेखि बागलुङका जङ्गलमा दैनिक जसो आगलागी भएको छ । प्रहरीको तथ्याङ्कमा वैशाखमा मात्रै २७ वटा जङ्गलमा आगलागी भएको छ । आगोले सबै जङ्गल सखाप मात्र भएको छैन १० स्थानका घरगोठमा क्षति पुगेको छ । त्यसबाट दर्जनौँ पशुचौपाया र दुई जना मानिसको ज्यान समेत गएको छ । ती घटनापछि फैलिएको आगो अझै नियन्त्रणमा आएको छैन । अहिले पनि जतासुकै जङ्गलमा धुवाँ उडेको देखिन्छ । जङ्गली जनावर र पशुपंक्षी कति मरे यकिन छैन ।
दैनिक आगो लाग्दा आकाशमा उडेको धुवाँले दिउँसै अध्यारो जस्तो देखिन्छ । घरका छतमा धुलोको थुप्रो लाग्छ । जसका कारण सफाइ नगरे घरभरी धुलोले सताउने गरेको अधिकांशको गुनासो छ । धुवाँका कारण आँखा पोल्ने समस्या पनि छ । ज्वरो तथा रुघाखोकीका बिरामी समेत बढेको अस्पतालको तथ्याङ्क छ ।

बागलुङ नगरपालिका ३ का जयन्द्र उपाध्यायले आगलागीले घरमा खरानी उडेर आई बसी नसक्नु भएको गुनासो गर्नुभयो । दैनिक आउने धुवाँले स्वास्थ्यमा समेत असर परेको भन्दै आगो लगाउनेलाई पक्राउ गरेर कारबाही गर्नुपर्ने उहाँले बताउनुभयो । ‘जता हेरेपनि आगो लागेकै देखिन्छ, तर कसले लगायो खोजी भएको छैन’ उपाध्यायले भन्नुभयो, ‘दिउँसो गर्मी पनि बढिरहेको छ ।’ घाम लागेको नदेखिने तर गर्मी बढ्ने भएको उहाँले बताउनुुभयो ।

अस्पतालमा उपचारमा आउनेमा पनि श्वासप्रश्वासको समस्या भएका धेरै देखिएको र त्यसको कारण धुवाँधुलो भएको धौलागिरि अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. रविरञ्जन प्रधानले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले आँखा पोल्ने समस्या भएको गुनासो गर्नुभयो । नगरपालिकाको फोहर फाल्ने स्थानमा लागेको आगोले बजारवासीलाई सताएको रिजालको भनाई छ । तत्काल निभाउने काममा नगरपालिकाले समेत उदासीनता देखाएको उहाँको टिप्पणी छ । नगरपालिकाले एक दुईपटक आगो निभाउने प्रयास गरेपनि निभेको छैन ।

केही स्थानमा आगो निभाउने प्रयास भएपनि अधिकांश स्थानमा अनियन्त्रित छ । जसका कारण वातावरण प्रदुषण भएको हो । अधिकांश जङ्गलमा आगो लाग्नुमा प्राकृतिक कारण भने नभएको प्रहरी उपरीक्षक ऋषिराम कँडेलले बताउनुभयो । नियोजित रुपमा आगो लगाउँदै हिँड्ने केही मानिस पक्राउ समेत परेको उहाँले बताउनुभयो । प्रहरीको तथ्याङ्क अनुसार वैशाखमा मात्रै बागलुङका २७ वटा सामुदायिक वनमा आगलागी भएको छ । ती घटनामा दुई जनाको मृत्यु र दुई घाइते भएका छन् । १० घर र १० गोठ जलेका छन् । ४३ घरपालुवा जनावरको मृत्यु भएको छ ।

आगो नियन्त्रणका लागि नेपाल प्रहरी, सेना र सशस्त्र प्रहरीसहित स्थानीय खटिएका छन् । स्थानीय तहले राहत तथा खाद्यान्नका लागि सहयोग गरेका छन् । डिभिजन वन कार्यालयले सबै सुरक्षा निकायलाई आगो निभाउने उपकरण सहयोग गरेको छ । तर वातावरण संरक्षणतर्फ भने कुनै काम नभएको पाइएको हो । ‘घटनापछि आगो निभाउने काममा साथ र सहयोग भएको छ, तर पूर्वतयारी केही पनि देखिएन’ जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले भन्नुभयो, ‘घटना भएपछि राहत र उद्धारमा भने हामी पनि खटिएका छौँ ।’ वातावरणमा परेको समस्याबारे सबै सचेत बन्न सकेमा आगलागीका घटना न्युनीकरण गर्न सकिने उहाँले बताउनुभयो । रासस

सोमबार, बैशाख २४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै

लोकप्रिय

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

ताजा

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.