• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, साउन ०९, २०८३
शनिबार, साउन ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १६ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १७ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १७ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • २ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • २ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • ३ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • ३ दिन 

मीना सुनारको उद्धार
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ६. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ७. आँखा अस्पतालमा बिरामी बढे

  • ८. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ९. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • १०. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

मानसिक स्वास्थ्य अन्तर्राष्ट्रिय सम्मेलनको जुम्ला घोषणापत्र जारी

  •  सोमबार, बैशाख २४, २०८१ मा प्रकाशित

कर्णाली । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पहिलो पटक सम्पन्न अन्तर्राष्ट्रियस्तरको ‘सामुदायिक मानसिक स्वास्थ्यसम्बन्धी सम्मेलन’ले जुम्ला घोषणापत्र जारी गरेको छ ।

प्रतिष्ठान र म्यासाचुसेट्स जनरल हस्पिटल अमेरिका, स्थानीय तथा ग्लोबल इनिसियटिभ्स फर मेन्टल हेल्थ इक्विटी (एलजीआइएमएफ) कार्यक्रमअन्तर्गत ‘सबैका लागि मानसिक स्वास्थ्यमा नवप्रवर्तन र सहकार्य’ विषयमा सिएमसी, हेल्थ फाउण्डेसन, मेन्टल हेल्थ संस्था र हेल्थ कोप्र्स नेपालको सहकार्यमा यही वैशाख २२ देखि २३ गतेसम्म सञ्चालित अन्तर्राष्ट्रिय सम्मेलनले ‘जुम्ला घोषणापत्र’ जारी गरेको हो ।

सम्मेलनले विशेषगरी मुलुकमा विशाल समस्याका रुपमा देखिएको सामुदायिक मानसिक स्वास्थ्यको अन्तराल र समस्याको पहिचान गरी त्यसको सम्बोधन तथा मानसिक रोग विशेषज्ञ र सेवाको उपलब्धता लागि नवप्रवर्तन र सहकार्य आवश्यक भएको निष्कर्ष निकाल्दै नौ बुँदे जुम्ला घोषणापत्र जारी गरेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा मङ्गल रावलले राससलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार घोषणापत्रमा तीनबुँदे ग्लोबल सिफारिस गरिएको छ । त्यसमा समानता र न्यायको सिद्धान्तका आधारमा मानसिक स्वास्थ्य अवस्था सुधारका लागि स्रोत जुटाउन अन्तर्राष्ट्रिय सरकारी तथा गैर सरकारी र दाता निकायबाट स्वास्थ्यका क्षेत्रमा बजेट विनियोजन तथा कोष वृद्धि गर्ने, मानसिक स्वास्थ्यका लागि दीगो क्षमता विकास गर्न उच्च आय भएका देश, अनुसन्धान तथा प्राज्ञिक संस्थासँगको सहकार्य बढाउने र अधिकारमा आधारित सामुदायिक मानसिक स्वास्थ्य कार्यक्रमलाई सशक्त बनाएर लैजाने विषय सिफारिस गरिएको हो ।

त्यस्तै सो घोषणापत्रमा छ बुँदे निष्कर्षसहितको प्रतिबद्धता गरिएको छ । त्यसअनुसार नेपालका धेरै स्वास्थ्य केन्द्र तथा प्राज्ञिक संस्थाले मानसिक रोग विशेषज्ञ तथा मनोवैज्ञानिक पाउन ठूलो सङ्घर्ष गरिरहेका छन् । यसका लागि नेपालमा सरकारी तथा गैरसरकारी निकायले मानसिक स्वास्थ्य क्षेत्रमा गरेको प्रगति र सम्बोधन तथा मानसिक स्वास्थ्य समस्याको पहिचान गरी थप कार्यगत योजना अगाडि बढाउनुपर्दछ ।

घोषणापत्रमा सिङ्गो नेपालको मानसिक स्वास्थ्यावस्थामा सुधार ल्याउन साझेदार निकायले समुुदायस्तरमै गएर काम गर्नुपर्ने र योगदान तथा सेवालाई बढोत्तरी गर्नुपर्ने, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको साइक्याट्री विभाग तथा प्रादेशिक अस्पतालको सशक्तीकरण गर्न र मानसिक स्वास्थ्य सेवा प्राप्तिका लागि सम्बन्धित निकायले अवसरको अन्वेषण गर्नुपर्ने औँल्याइएको छ ।

त्यसैगरी साझेदार निकायले स्थानीयस्तरमा प्राप्त सामुदायिक स्रोत तथा सहयोगका लागि विद्यमान अवस्थामा काम गर्दै आएको जनशक्तिलाई मानसिक स्वास्थ्यसम्बन्धी तालिम प्रशिक्षण दिएर उनीहरुको प्रवद्र्धन गर्ने र सामुदायिक मानसिक स्वास्थ्यको मुद्दालाई अगाडि बढाउन आयोजक संस्थाहरुले पुनःआगामी वर्षमा पनि यही मुद्दामा अन्तर्राष्ट्रियस्तरको सम्मेलनको आयोजना गर्ने निष्कर्ष निकालिएको छ । रासस

सोमबार, बैशाख २४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.