• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, साउन ०९, २०८३
शनिबार, साउन ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १ दिन 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १ दिन 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १ दिन 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • २ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • २ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • ३ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • ३ दिन 

मीना सुनारको उद्धार
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. आँखा अस्पतालमा बिरामी बढे

  • ८. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ९. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • १०. टिस्टुङमा स्वास्थ्य शिविरः ४७७ जना लाभान्वित

अपाङ्गमैत्री पूर्वाधारमा लगानी

  •  शनिबार, बैशाख २९, २०८१ मा प्रकाशित

गलकोट (बागलुङ) । बागलुङ नगरपालिकाले अपाङ्गमैत्री भौतिक पूर्वाधारमा लगानी बढाएको छ । नगरपालिकाले पहिलो पटक बागलुङ बजारमा अपाङ्गमैत्री फुटपाथ निर्माण गरिरहेको छ ।

नगरपालिकाले अवैध सडक पेटी भत्काएर सडक विस्तारसँगै फुटपाथ निर्माण गरिरहेको हो । अपाङ्गलाई हिँड्न मिल्ने टायल विच्छ्याएको फुटपाथसहितको सडकले बागलुङ बजारलाई थप शौन्दर्यकरण गर्न थालेको छ भने दुर्घटना न्यूनीकरण गर्ने विश्वास लिइएको छ ।

पहिलो चरणमा बागलुङ बजारको अस्पताल रोडबाट मरेपीपलसम्मको सडकमा फुटपाथ निर्माण गरेको नगरपालिकाले दोस्रो चरणमा ट्राफिक चोकबाट नगरपालिका कार्यालय हुँदै नेपाल टेलिकमको कार्यालयसम्म फुटपाथ निर्माण गरिरहेको छ ।

यस्तै ऐश्वर्य पार्क नजिकै नगरपालिकाले अपाङ्गमैत्री सार्वजनिक शौचालय निर्माण गरेको छ । फुटपाथको अभावमा पैदलयात्रु र सवारीसाधन एउटै सडकमा हिँड्दा दुर्घटना बढेको भन्दै नगरपालिकाले मापदण्डविपरीतका सडक पेटी हटाएर फुटपाथ निर्माण गरिरहेको जनाएको छ ।

अस्पतालबाट मरेपीपलसम्म नगरपालिकाको रु ३३ लाख ६० हजार र स्थानीय जनसहभागितबाट रु तीन लाख ६८ हजार गरी रु ३७ लाख २८ हजार लागतमा पक्की नालीसँगै नमुना फुटपाथ निर्माण गरिरहेको नगरपालिकाका इञ्जिनियर त्रिलोचन गिरीले जानकारी दिनुभयो ।

उहाँका अनुसार ट्राफिक चोकबाट नेपाल टेलिकमसम्मको सडकमा दुईतर्फीरुपमा फुटपाथ निर्माण गर्न नगरपालिकाले रु ५० लाख विनियोजन गरेको छ । गिरीले नगरपालिकाले रु १९ लाखको लागतमा अपाङ्गमैत्री सार्वजनिक शौचालय निर्माण सम्पन्न गरेको बताउनुभयो ।

‘बालमैत्री नगरपालिका’ निर्माणको चरणमा रहेको पालिकाले अब बन्ने संरचना अपाङ्गमैत्री बनाउने अभियानअन्तर्गत फुटपाथ र शौचालय निर्माण गरिएको नगरप्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार सार्वजनिक शौचालयसँगै एभरेष्ट बैंकको सहकार्यमा एटिएम र कफीसपसमेत निर्माण गरिएको छ ।

बागलुङ नगरपालिकामा हालसम्म फुटपाथसहितको सडक थिएन । बागलुङ बजारमा सडक मिचेर बनाइएका पेटी, टहरा तथा अवैध संरचना हटाएर पैदलयात्रीहरुको सहजताका लागि फुटपाथ निर्माण भइरहेको हो ।

“बजार क्षेत्र शौन्दर्यकरणका लागि सडक कालोपत्र, लाइन मार्किङ र जेब्राक्रसिङ र अपाङ्गमैत्री फुटपाथ, सडकमा पेटी मिचेर बनाइएको पार्किङ तथा अवैध संरचना भत्काएर सडक चौडा पार्दै दुईतर्फ नै ब्लक, टायलसहितको फुटपाथ निर्माण गरिएको छ”, श्रेष्ठले भन्नुभयो, “मल्टिकलर ब्लक, टायलसहितको फुटपाथले पैदल यात्रुलाई सहज हुनेछ ।”

नगरप्रमुख श्रेष्ठले बजारलाई बिस्तारै शौन्दर्यकरण गर्ने योजनाअनुसार अहिले अपाङ्गमैत्री संरचना निर्माणले तीव्रता पाएको बताउनुभयो । अवैद्य संरचना हटाएर छोड्दा समस्या हुने भन्दै ती संरचना भएका स्थानमा फुटपाथ निर्माण थालेको उहाँको भनाइ छ ।

नगरपालिकाले क्रमशः अवैध संरचना डोजरबाट हटाउँदै आएको नगरपालिकाको बस्ती विकास शाखाका प्रमुख इञ्जिनियर गौरव शर्माले बताउनुभयो । उहाँका अनुसार नगरले अवैध संरचना भत्काउन सुरु गरेको विद्युत् कार्यालयबाट होटल दि राजनसम्मको सडक ढलान सम्पन्न भइसकेको छ । रु २४ लाख लागतमा उक्त सडक विस्तार गरी स्तरीय बनाइएको हो ।

“अपाङ्गमैत्री संरचाना निर्माणलाई पालिकाभरि तीव्रता दिनेछौँ । यो प्रारम्भिक काम हो, बजारभरि दुईतर्फ फुटपाथसहितको सडक बनाउने हाम्रो योजना छ । सडकलाई चौडा बनाएर फुटपाथ बनाउँदा बजारको शौन्दर्यकरण बढ्ने तथा दुर्घटना न्यूनीकरण हुने हाम्रो अपेक्षा हो”, इञ्जिनियर शर्माले भन्नुभयो, “भत्काएर मात्रै हुँदैन भत्काएको क्षेत्रमा तत्कालै काम गर्ने बजेटको सुनिश्चतता गरेर मात्रै निर्माण थालेका छौँ, नगरपालिकाको अवैध संरचना भत्काउने काममा बजारवासीको उत्साहजनक सहयोगले सफलता मिलेको हो ।”

विकासमा पछि परेको बागलुङ बजारको मरेपीपलमा अहिले फुटपाथले यात्रुलाई निकै सहज बनाएपछि स्थानीयले विकासको महसुस गरेका छन् । रासस

शनिबार, बैशाख २९, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.