• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बिहिबार, भदौ २५, २०८३
बिहिबार, भदौ २५, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
  • ९ घण्टा 

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
  • १३ घण्टा 

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
  • १४ घण्टा 

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू
  • १४ घण्टा 

झापा र कैलालीमा खोप अभियान
  • १४ घण्टा 

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
  • १६ घण्टा 

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • १७ घण्टा 

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • १९ घण्टा 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • १९ घण्टा 

लोकप्रिय समाचार

  • १. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • २. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • ६. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • ७. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ८. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

  • ९. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

  • १०. विपद्पछि सरुवा रोगको प्रकोप

पोखरामा नागरिक आरोग्य कार्यक्रम सुरु

  •  सोमबार, बैशाख ३१, २०८१ मा प्रकाशित

कास्की । दीर्घ रोगी र ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवाको पहुँच पु¥याउने र उनीहरूको जीवनलाई सुखी र खुसीसहित तनावमुक्त बनाउने उद्देश्यले पोखरामा वडा नागरिक आरोग्य कार्यक्रम सुरु गरिएको छ ।

पोखरा महानगरपालिकाले ‘पाइलट प्रोजेक्ट’को रूपमा यो कार्यक्रम वडा नं २५ बाट थालेको हो । घरमै पुगेर ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच गर्ने गरी उक्त कार्यक्रम शुभारम्भ गरिएको हो । प्रभावकारिता हेरेर नागरिक आरोग्य कार्यक्रम महानगरभर विस्तार गर्ने योजना महानगरपालिकाको छ ।

पोखरा महानगरपालिकाका प्रवक्तासमेत रहनुभएका वडा नं १५ का वडाध्यक्ष मोतीलाल तिमिल्सिनाले यस कार्यक्रमका लागि घरधुरी सर्वेक्षणको काम सकिएको बताउनुभयो । दीर्घरोगी तथा ज्येष्ठ नागरिकको अवस्था, उनीहरूको स्वास्थ्य, औषधी सेवनमा नियमिततालगायतका विषय वडाबाट खटिएका स्वास्थ्यकर्मीले जानकारी लिने उहाँले बताउनुभयो ।

ज्येष्ठ नागरिकको रक्तचाप, अक्सिजनको मात्रा, मधुमेहलगायत परीक्षणसमेत गर्ने कार्यक्रम रहेको वडाध्यक्ष तिमिल्सिनाले बताउनुभयो । यस कार्यका लागि वडालाई तीन वटा क्लस्टरमा विभाजन गरी काम थालिएको छ । आइतबारदेखि सुरु भएको अभियानको पहिलो दिन ७१ परिवारका एक सयभन्दा बढी ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिएको छ ।

प्रयोगशाला परीक्षणसहितको उक्त सेवाले ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्था पत्ता लगाउन र आवश्यक परेको खण्डमा उपयुक्त स्वास्थ्य सेवा तथा परामर्श दिन सहज हुने बताइन्छ । महानगर प्रमुख धनराज आचार्यले आगामी आर्थिक वर्षका लागि नीति र बजेटको तयारीमा महानगर रहेको उल्लेख गर्दै स्वास्थ्य महानगरको पहिलो प्राथमिकता रहेको बताउनुभयो ।

“नागरिक आरोग्य कार्यक्रमको प्रभावकारी हेरेर क्रमशः अन्य वडाका अलवा महानगरपालिका भर नै विस्तार गर्नेछौँ । ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण घरघरमा र अन्यको हकमा महानगरपालिकाअन्तर्गतका स्वास्थ्य संस्थामा प्रयोगशाला परीक्षणको सुविधासहित सेवा प्रदान गर्ने योजना छ”, उहाँले भन्नुभयो ।

पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखाका प्रमुख हेमप्रसाद आचार्यले स्वास्थ्यसम्बन्धी जागरण नागरिक स्तरमा आवश्यक रहेको बताउनुभयो । स्वास्थ्यकर्मीको एकल प्रयासले मात्र नागरिक सचेतना अभिवृद्धि सम्भव नरहेको उल्लेख गर्दै उहाँले आमसरोकारवाला हातेमालो गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । स्वस्थ महानगर निर्माणका लागि सबै नागरिकमा स्वास्थ्य सचेतना र सेवा पहुँच आवश्यक रहेको उहाँले बताउनुभयो ।

दीर्घरोगी र ज्येष्ठ नागरिकको जीवनलाई सुखी र खुसीसहित तनावमुक्त बनाई थप उपचारको आवश्यकता देखिएका ज्येष्ठ नागरिकलाई सुविधा सम्पन्न सेवा क्षेत्रमा प्रेषण गर्ने उद्देश्यले यस प्रकार कार्यक्रमको थालनी गरिएको हेमजा स्वास्थ्यचौकीका प्रमुख सिनियर अहेव कुश्मराज सुवेदीले जानकारी दिनुभयो । रासस

सोमबार, बैशाख ३१, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै

लोकप्रिय

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

ताजा

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.