• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
  • ८ घण्टा 

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
  • १२ घण्टा 

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
  • १२ घण्टा 

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू
  • १२ घण्टा 

झापा र कैलालीमा खोप अभियान
  • १३ घण्टा 

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
  • १५ घण्टा 

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • १६ घण्टा 

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • १८ घण्टा 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • १८ घण्टा 

लोकप्रिय समाचार

  • १. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • २. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • ६. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • ७. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

  • ८. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

  • ९. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • १०. विपद्पछि सरुवा रोगको प्रकोप

परोपकारका प्रेरणा ट्याक्सी चालक मगरको सम्मान

  •  बुधबार, जेठ ०२, २०८१ मा प्रकाशित

गण्डकी । सबै मानिस विष्णु काउचामगर जस्ता परोपकारी हुँदैनन् । ट्याक्सी चालक उहाँ आफ्नो सवारीसाधनलाई बागलुङको पश्चिम भेगमा गुडाउनुहुन्छ । आठ वर्षअघि ट्याक्सी चलाउन थाल्नुभएका उहाँले बिरामीलाई निःशुल्क सेवा दिएर पुण्यार्जन गरिरहनुभएको छ ।

गलकोट नगरपालिका–१० पाण्डवखानीका उहाँले गलकोट नगर अस्पतालसम्म ट्याक्सीमा निःशुल्क बिरामी बोक्न थालेको सोमबार वर्ष दिन पुग्यो । सो अवसरमा उहाँलाई गलकोट नगरपालिका र अस्पताल व्यवस्थापन समितिले सम्मान पनि गर्यो । मगरले हरेक सोमबार गलकोट–३ हटियाबजारबाट गलकोट–५ हरिचौरस्थित नगर अस्पतालसम्म बिरामीलाई निःशुल्क ट्याक्सी सेवा दिँदै आउनुभएको छ ।

करिब चार किमी दूरीको उक्त सडकखण्डमा एक दिन भए पनि निःशुल्क यात्रा गर्न पाउँदा बिरामी र उनीहरूका आफन्त खुसी छन् । भाडाको सवारीसाधनमा महँगो शुल्क तिरेर अस्पताल जानुपर्ने बाध्यता केही हदसम्म भए पनि कम भएको छ । उहाँले हरेक सोमबार बिहान ९ देखि दिउसो ४ बजेसम्म निःशुल्क ट्याक्सी सेवा सञ्चालन गर्दै आउनुभएको छ ।

“नगर अस्पताल जाने बरामी, उनीहरूका सहयोगी र भेट्न जाने आफन्तलाई निःशुल्क सेवा दिने गरेको छु”, उहाँले भन्नुभयो, “सरकारी अस्पतालप्रति सर्वसाधारणको आकर्षण र विश्वास बढोस् भनेर मैले साताको एक दिन ट्याक्सी सेवालाई निःशुल्क बनाउने निर्णय गरेको हुँ ।”

गत एक वर्षमा झण्डै चार हजार बिरामी र उनीहरूका आफन्तलाई निःशुल्क सेवा प्रदान गरेको मगरले बताउनुभयो । “कोहीले धेरैपटक सेवा लिनुभएको हुनुसक्छ, अस्पताल ल्याउने र लैजाने गर्दा सङ्ख्यात्मक रूपमा झण्डै चार हजारलाई निःशुल्क सेवा दिएको मेरो आकलन छ”, मगरले भन्नुभयो, “यस कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिन्छु ।”

साताको छ दिन कमाइ गर्ने र एक दिन सेवामा समर्पित हुने सोचअनुसार बिरामीलाई निःशुल्क ट्याक्सी सेवा दिइरहेको मगरले बताउनुभयो । उहाँ आफैँ ट्याक्सी व्यवसायी र चालक हुनुहुन्छ । उहाँले एकैदिनमा कम्तीमा ४० देखि ८० जनासम्मलाई निःशुल्क सेवा दिएको बताउनुभयो ।

गलकोट नगरपालिकाका प्रमुख भरत शर्मागरैले मानवीय सेवाप्रति मगरले देखाएको सर्मपण भाव प्रशंसनीय रहेको बताउनुभयो । “उहाँको सेवाबाट सर्वसाधारण बिरामीलाई राहत मिलेको छ, उहाँको योगदान कदरयोग्य छ”, प्रमुख गैरेले भन्नुभयो, “सडक स्तरीय बनाउने काम भइरहेकाले अस्पतालसम्मको आउजाउ अझै सहज हुन्छ ।” स्वास्थ्यचौकीलाई नगर अस्पतालका रूपमा स्तरोन्नति गरेपछि सेवाको गुणस्तर थपिएको र अस्पतालप्रति जनविश्वास पनि बढेको उहाँले बताउनुभयो ।

यसअघि नगरपालिकाले स्थापना दिवसमा समाजसेवीका रूपमा मगरलाई सम्मान गरेको थियो । नेपाल मगर सङ्घ गलकोट नगर समितिद्वारा पनि उहाँ सम्मानित भइसक्नुभएको छ । “सम्मान र हौसलाले सामाजिक सेवाप्रति थप क्रियाशील हुने प्रेरणा मिलेको छ”, उहाँले भन्नुभयो, “बिरामीले प्रकट गर्ने सम्मानजनक व्यवहार र आर्शीवचनले त झनै मनमा खुसी मिल्छ ।”रासस

बुधबार, जेठ ०२, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै

लोकप्रिय

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

ताजा

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.