• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, साउन ०९, २०८३
शनिबार, साउन ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १ दिन 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १ दिन 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १ दिन 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • २ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • २ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • ३ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • ३ दिन 

मीना सुनारको उद्धार
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ८. आँखा अस्पतालमा बिरामी बढे

  • ९. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • १०. टिस्टुङमा स्वास्थ्य शिविरः ४७७ जना लाभान्वित

बागलुङमा गर्भपतन गराउने बढे, प्रजनन स्वास्थ्यमा जटिल समस्या

  •  शनिबार, जेठ ०५, २०८१ मा प्रकाशित

गलकोट (बागलुङ)। बागलुङमा पछिल्लो समय गर्भपतन गराउनेको सङ्ख्यामा वृद्धि भएको छ । जिल्लाका विभिन्न स्वास्थ्य संस्थाबाट उमेर नपुगी गर्भपतन गराउनेको सङ्ख्या वृद्धि हुन थालेको पाइएको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।

जिल्लाको धौलागिरि अस्पताल, बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्र र गलकोट नगरपालिकासँगै २७ वटा स्वास्थ्य संस्थाबाट सुरक्षित गर्भपतनको सेवा लिन पाइने भन्दै कतिपयले गर्भपतनलाई विकल्पका रुपमा लिन थालेपछि यसको सङ्ख्यामा वृद्धि हुन थालेको स्वास्थ्य कार्यालयका प्रमुख एवं जनस्वास्थ्य प्रशासक बाबुराम आचार्यले बताउनुभयो । उहाँका अनुसार गर्भपतन गराउनेमध्ये २० वर्ष नपुग्दै गराउने अधिक रहेका छन् ।

निरन्तरको गर्भपतले स्वास्थ्यमा जटिल समस्या ल्याउने, बाझाँेपनको समस्या बढाउने भएकाले सुरक्षितरुपमा र आवश्यकता भएमात्रै गर्भपतन गराउनुपर्ने जनस्वास्थ्य प्रशासक आचार्यले जोड दिनुभयो । सरकारले जटिल अवस्थाका गर्भवतीलाई गर्भपतनको सुविधा दिए पनि अवैध गर्भाधान गरेकाले यसको फाइदा उठाइरहेका उहाँको भनाइ छ ।

जिल्लास्थित स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्म बागलुङका सात सय ९८ महिलाले गर्भपतन गराएका छन् । जसमध्ये २० वर्षभन्दा कम उमेर समूहका २४ जना रहेका आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार २० वर्षभन्दा कम उमेरका २४ मध्ये चार जनाको सर्जिकल माध्यमबाट र २० जनालाई औषधि खुवाएर सुरक्षित गर्भपतन गराइएको हो ।

यो वर्ष १२ हप्ताभन्दा माथिको गर्भपतन गराउनेको सङ्ख्या अत्यधिक वृद्धि भएको छ । गत आर्थिक वर्षमा २० वर्ष माथिका एक जनाको १२ हप्ता माथिको गर्भ औषधि सेवन गरेर पतन गराइएको थियो । “चालु आवमा २० वर्ष माथिका १८ र २० वर्ष कमका दुई जनाले १२ हप्तामाथिको गर्भ औषधि प्रयोग गरेर पतन गराएका छन् । साथै २० वर्ष कम उमेरमा चार जनाको १८ हप्तामाथिको गर्भ उपकरण प्रयोग गरेर पतन गराइएको छ”, जनस्वास्थ्य प्रशासक आचार्यले भन्नुभयो ।

सरकारले गर्भवती महिलाको मञ्जुरीमा १२ हप्तासम्मको गर्भपतन गराउन सक्ने व्यव्स्था गरेको छ । स्वास्थ्यकर्मीको परामर्शमा बच्चा जन्माउँदा महिलाको ज्यान खतरामा पर्न सक्ने, विकलाङ्ग, जबर्जस्ती करणी, हाडनातामा करणी, निको नहुने प्रकृतिका रोग लागेको भएमा महिलाकै मञ्जुरीमा २८ हप्तासम्मको गर्भ सुरक्षितरुपमा पतन गराउन मिल्ने कानुनी व्यवस्था ल्याएपछि गर्भपतन गराउनेको सङ्ख्यामा वृद्धि भएको आचार्यको भनाइ छ ।

परिवारकै सहमतिमा हुने अधिकांश गर्भपतन जिल्ला बाहिरका स्वास्थ्य संस्था रोज्ने गरिएकाले यो तथ्याङ्क अझै कम रहेको स्वास्थ्य कार्यालय प्रमुख आचार्यले बताउनुभयो । गत आवमा १२ हप्ताभन्दा कमको सुरक्षित गर्भपतन गराउने महिलाको सङ्ख्या एक हजार ८४ थियो । सोमध्ये ७९ जना २० वर्ष कमका र नौ सय ४२ जना २० वर्ष माथिका महिलाले औषधि सेवन गरेका थिए । साथै २० वर्ष माथिका ६२ र कमका एक जनाको उपकरण प्रयोग गरेर गर्भपतन गराइएको थियो ।

गाउँघरमा र सरकारले मान्यता नदिएका क्लिनिकबाट गर्भपतन गराउने महिलाको सङ्ख्यासमेत ठूलो हुनसक्ने आचार्यको भनाइ छ । गर्भपतन गराएपछि धेरै रक्तश्राव हुने, दुखाइ धेरै हुने, प्रजनन अङ्गमा समस्या आउने र दोस्रो गर्भ रहन समय लाग्नेलगायत जटिल स्वास्थ्य समस्या देखिएको उहाँले बताउनुभयो । यौनसम्पर्कमा गरिएको हेलचक्रयाइँका कारण महिलाले गर्भपतन गराउने गरेकाले सङ्ख्यामा वृद्धि भएको उहाँको भनाइ छ । रासस

शनिबार, जेठ ०५, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.