• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • ५७ मिनेट 

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • ३ घण्टा 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • ३ घण्टा 

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै
  • ३ घण्टा 

बालबालिकालाई ‘स्वर्णविन्दु’ प्राशन अभियान सुरु
  • ३ घण्टा 

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • २२ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • २२ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १ दिन 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १ दिन 

लोकप्रिय समाचार

  • १. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • २. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ३. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ४. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ५. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ६. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ७. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ८. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • ९. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • १०. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

स्तनपान गराउन कामकाजी महिलालाई समस्या

  •  बुधबार, जेठ २३, २०८१ मा प्रकाशित

टिकापुर (कैलाली) । कैलालीको घोडाघोडी नगरपालिका पहलमानपुरकी पवित्रा विष्टले छोरा र छोरीतर्फका १६ नातिनातिना हुर्काउनुभयो । खेतीपाती गर्ने उहाँको परिवारमा सुत्केरीलाई तीन महिना आराम गर्न मिल्छ । तीन महिनापछि खेतबारी जानुपर्छ । सुत्केरी खेतबारीमा गएपछि विष्टले सबै नातिनातिनालाई गाईभँैसीको दूध खुवाउनुभयो ।

“हामी खेतीपाती गर्ने परिवारका व्यक्ति, सुत्केरीलाई तीन महिना आराम गर्न पाइन्छ”, उहाँले भन्नुभयो, “त्यसपछि खेतीपाती र घाँस दाउरा गर्न जानुपर्छ । त्यो समयमा शिशुलाई गाईभैँसीको दूध खुवाउने गरेका छौँ ।”

यस्ता विभिन्न कारणले कैलालीका कतिपय आमाहरुले शिशुलाई पूर्ण स्तनपान गराउन पाउँदैनन् । कतिपय आमा भने स्तनपानको महत्व नै बुझ्दैनन् । नियमित रुपमा ६ महिनासम्म स्तनपान गराउन सकेमा शिशुको स्वास्थ्य राम्रो हुनुका साथै कुपोषण हुनबाट जोगाउन सकिन्छ । स्तनपान आमाहरुले चाहेर मात्र गराउन सम्भव छैन । कामकाजी आमालाई चाहेर पनि शिशुलाई नियमित स्तनपान गराउन समस्या छ ।

टीकापुरको एकता नगरकी गीता अधिकारी खत्रीका तीन सन्तान छन् । कम उमेरमै सन्तान जन्माएकी गीताले दुई छोरीलाई पूर्ण स्तनपान गराउनुभएन । छोरा जन्मिदा स्वास्थ्यकर्मीले स्तनपानको महत्वबारे सिकाएपछि भने राम्ररी स्याहारिरहेको उहाँ बताउनुहुन्छ । “दुई छोरीलाई समय मिलाएर दूध चुसाउन पाइनँ, आफूले पनि जानेको थिइन, घरायसी कामले पनि फुर्सद भएन’’, उहाँले भन्नुभयो, ‘‘तेस्रो सन्तान पाउँदा स्वास्थ्यकर्मीले स्तनपानको महत्वबारे सिकाउनुभयो । त्यसपछि विशेष ध्यान दिएर हुर्काइरहेकी छु ।’’

शिशु जन्मेको एक घण्टाभित्र आमाको दूध चुसाउनुपर्छ । स्तनपान प्रत्येक नवजात शिशुको नैसर्गिक अधिकार हो । शिशु जन्मेको एक घण्टाभित्र स्तनपान गराइसक्नुपर्ने हुन्छ । शिशुको स्वास्थ्य र पोषणका लागि ६ महिनासम्म अनिवार्य रुपमा आमाको मात्र दूध खुवाउनुपर्छ । स्वास्थ्यकर्मीका अनुसार ६ महिनामुनिका शिशुलाई आवश्यक पर्ने सम्पूर्ण पोषण आमाको दूधबाट प्राप्त हुने हुँदा उसलाई पानीसमेत खुवाउनुपर्दैन । शिशुलाई ६ महिना कटेपछि मात्र सर्वोत्तम पिठो, लिटो, जाउलो जस्ता अतिरिक्त खाना खुवाउँदै, दुई वर्ष नपुगुन्जेलसम्म स्तनपानलाई निरन्तरता दिनुपर्छ । तर हाम्रो समाजमा यी अभ्यास थोरैले गर्छन् ।

टिकापुर नगरपालिकाका कर्मचारी विन्द्रा उपाध्यायले दोस्रो शिशु हुर्काइरहनु भएको छ । सुत्केरी हुँदा उहाँले ९८ दिन सुत्केरी बिदा पाउनुभयो । कार्यालयमै स्तनपान कक्ष छ तर पनि उहाँले शिशुलाई चाहेजस्तै स्तनपान गराउन पाउनुभएन । ‘‘हामीलाई सुत्केरी बिदापछि कार्यालयमा फर्कदा पनि दुई÷दुई घण्टामा स्तनपानको व्यवस्था छ, तर कार्यान्वयन गर्न गाह्रो छ’’, उपाध्यायले भन्नुभयो, ‘‘सेवाग्राही धेरै हुन्छन्, चाहेर पनि शिशुलाई स्तनपान गराउन सकिँदैन, कार्यकक्ष छोडेर गएमा गुनासो सम्बोधन गर्न गाह्रो हुन्छ । त्यसैले शिशुलाई पूर्ण स्तनपान गराउन सकिएन ।’’

कैलालीकै सुभद्रा विकको पाँच महिनाकी छोरी छिन् । घरमा गाईभैँसी पालेकाले सुभद्रालाई शिशु छोडेर घाँस काट्न जानुपर्छ । ‘‘कहिलेकाहीँ घाँस काटेर घर फर्कदा घण्टौँ बितिसक्छ, शिशु भोकाएर तड्पिन्छ’’, उहाँले भन्नुभयो, ‘‘त्यसैले पाँच महिनामै पास्नी गरिहाल्यौँ, अहिले सासूआमाले बाहिरी खानेकुरा खुवाएर भुलाउनुहुन्छ ।’’

आमाको दूध शिशुका लागि सबैभन्दा पोषिलो आहार हो । स्तनपान गराउँदा आमा र शिशु दुवैको स्वास्थ्यमा फाइदा पु¥याउँछ । स्तनपान गराउने आमाहरुमा स्तन क्यान्सर र पाठेघरको क्यान्सरको खतरासमेत कम हुने चिकित्सक बताउँछन् । स्तनपानले आमा र शिशुको आत्मियतालाई प्रगाढ बनाउन सहयोग पु¥याउने भएकाले समय र काम व्यवस्थापन गरेर भए पनि शिशुलाई अनिवार्य स्तनपान गराउनुपर्ने टिकापुर नगरपालिकाका सिनियर अनमी हिमा ज्ञवाली बताउनुहुन्छ ।

“आमाको दूधमा शिशुको शारीरिक, मानसिक र बौद्धिक विकासका लागि आवश्यक सम्पूर्ण तत्व पाइन्छ”, उहाँले भन्नुभयो, “स्तानपान वृद्धिदर बढाउन सरकारले मात्र काम गरेर पुग्दैन । परिवार, हरेक कार्यालय र समुदायले समेत सहज वातावरण बनाउनुपर्छ । कामकाजी आमाका लागि पनि कार्यस्थल सहज बनाउन आवश्यक छ ।” रासस

बुधबार, जेठ २३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल

लोकप्रिय

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

ताजा

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.