• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
सोमबार, कार्तिक १०, २०८३
सोमबार, कार्तिक १०, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता
  • १९ घण्टा 

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • २ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • २ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • २ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • २ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • २ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • २ हप्ता 

लोकप्रिय समाचार

  • १. ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

दोधारा चाँदनीको शवगृहमा सक्रिय ‘कौशिला’

  •  सोमबार, जेठ २८, २०८१ मा प्रकाशित

महेन्द्रनगर (कञ्चनपुर) । मृत शरीरको चिरफारदेखि सिउने कामसम्म महिलाले गर्छन्भन्दा जो कोहीलाई पत्यार नलाग्न सक्छ, तर यो यथार्थ कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाको हो ।

दोधारा चाँदनी नगरपालिकाको दोधारा चाँदनीमा हेल्पर पदका कार्यरत दोधारा चाँदनी नगरपालिका–६ की ५० वर्षीया कौशिला शर्मा शवगृहमा कार्यरत रहनुभएको छ । दोधारा चाँदनीमा शव शवपरीक्षणका लागि आउँदा कौशिलाको सक्रियता शवपरीक्षण केन्द्र चिकित्सकसँगै बढ्न जान्छ ।

विसं २०६६ देखि अस्पतालमा करारमा कार्यरत कौशिलाले हालसम्म दर्जनाँै शव चिरफार गरिसकेको बताउनुभयो । “वर्षमा ४० देखि ५० शव आउँछन्”, उहाँले भन्नुभयोे, “कालगतिले वा कुनै घटना दुर्घटनाले युवा तथा बालबालिकाको मृत्यु हुँदा आउने शव चिरफार गर्न हुने पीडा शब्दले व्यक्त गर्न सक्दिन ।”

उहाँ चिकित्सकको आग्रहअनुसार शव चिर्ने, भिसेरा निकाल्ने र शव सिलाउने काम गर्दै आउनुभएको छ । प्रक्रियाअनुसार शव शवपरीक्षण गर्दा प्रहरी, चिकित्सक र हेल्परको शवगृहमा उपस्थिति रहन्छ । “हेल्परमा काम सुरु गरेको वर्षदिन जति काम हेर्दै सिकेँ,” उहाँले भन्नुभयो, “बाँकी डेढ दशकयता शव चिर्न आफैँ सक्रिय छु ।”

विसं २०२२ मा दोधारा चाँदनीमा बसोबास गर्दै आएका कौशिलाका पति कृष्णप्रसाद शर्मा गाउँमा सामान्य ठेला व्यापार गर्नुहुन्छ । “शवको काममा लाग्दा सुरुमा केही दिन खाना खाने मनसमेत लाग्थेन”, उहाँले भन्नुभयो, “सुदूरपश्चिमका अरू अस्पतालमा महिला शवको काममा लागेको मलाई जानकारी छैन । ”

केही समयअघि नगरपालिकाले उहाँलाई एक कार्यक्रमबीच पुरस्कृत गरेको थियो । प्राथमिक तहको अध्ययन मात्रै गरेकी कौशिला शवगृहको काममा भने दख्खल कर्मचारी मानिनुहुन्छ् । “पहिले गोरु गाडामा शव आउने र गाडामै राखेर शवपरीक्षणको काम हुन्थ्यो”, उहाँले भन्नुभयो, “सात वर्षदेखि पोष्टमार्टम घर बनेकाले सहज भयो ।” जागिर सुरु गर्दा रु दुई हजार पाँच सय मासिक तलबमा काम गरेको बताउने उहाँको हालको तलब रु १९ हजार छ ।

लामो समय शवगृहमा काम गरेको अनुभव बटुलेकी कौशिलालाई घर परिवारले विश्राम लिन भने पनि अस्पतालमा उक्त काम गर्ने कर्मचारीको अभावले छाड्न नसकेको उहाँको भनाइ छ । शवपरीक्षणपछि प्रतिशवको रु पाँच सय भत्ता आउने गरेको सुने पनि आफूले भने अहिलेसम्म नपाएको उहाँको दुखेसो छ । उहाँले शवपरीक्षणको काम पनि एक प्रकारको समाज सेवाका रुपमा आफूले लिने गरेको बताउनुभयो । “जन्मपछिको मृत्यु सत्य हो”, उहाँले भन्नुभयो, “मृत शरीर अस्पतालमा आउँदा त्यसको व्यवस्थापन र प्रक्रियागत काम सक्नु मेरो जिम्मेवारी हो ।”

दोधारा चाँदनी अस्पतालका प्रमुख डा जयानन्दनप्रसाद साह चिकित्सकले दिएको काम हेल्पर कौशिलाले सहज रुपमा गर्ने गरेको बताउनुभयो । “कागजात सङ्कलनदेखि शव चिरफारसम्मको काममा उहाँ सक्रिय हुनुहुन्छ”, डा साहले भन्नुभयो, “महिलालाई शवको चिरफारको काममा देखेर म पनि सुरुमा चकित परे ।” उहाँले शव देखेर डराउने समाजमा महिला भएर पनि हिम्मतका साथ सडेगलेको अवस्थामा आएका शव पनि परीक्षणमा सहज रुपले उहाँ खटिने गरेको बताउनुभयो । रासस

सोमबार, जेठ २८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

लोकप्रिय

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

ताजा

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.