• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
  • ८ घण्टा 

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
  • १२ घण्टा 

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
  • १२ घण्टा 

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू
  • १२ घण्टा 

झापा र कैलालीमा खोप अभियान
  • १३ घण्टा 

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
  • १५ घण्टा 

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • १६ घण्टा 

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • १८ घण्टा 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • १८ घण्टा 

लोकप्रिय समाचार

  • १. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • २. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • ६. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • ७. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

  • ८. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

  • ९. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • १०. विपद्पछि सरुवा रोगको प्रकोप

पर्वत अस्पतालमा विशेषज्ञ सेवा विस्तारपछि स्थानीय लाभान्वित

  •  मङ्गलबार, जेठ २९, २०८१ मा प्रकाशित

पर्वत । लामो समयसम्म सामान्य औषधोपचार सेवा प्रवाह हुँदै आएको पर्वत अस्पतालले हालै विशेषज्ञ सुविधा विस्तार गरेपछि स्थानीय लाभान्वित भएका छन् ।

अस्पताल विकास समितिका अध्यक्ष शङ्कर गिरीले विशेषज्ञ चिकित्सक पदपूर्ति भएपछि विशेषज्ञ सेवा विस्तार गरिएको बताउनुुभयो । कन्सल्टेन्ट मेडिकल जलरलिष्ट सेवा, जनरल सर्जन सेवा र स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा विस्तार गरिएको उहाँले बताउनुभयो ।

अस्पतालबाट अबदेखि मेडिसिन, सर्जिकलसम्बन्धी सम्पूर्ण सेवा चौबिसै घण्टा उपलव्ध हुने र यसका लागि डा हेमन्त बाँस्तोला र डा मिलन अबाल सेवामा रहने छन् । त्यसैगरी जनरल सर्जन सेवातर्फ डा शिशिर देवकोटाले सेवा दिनुहुने छ । डा सन्तोषी थपलिया सरुवा भएर आएपछि स्त्री तथा प्रसूतिसम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा अब जिल्लामै पाइने छन् । यस्तै शरीरमा गाँठागुठी भएका, पाइल्स, फिस्टुला, हाईड्रोसिल, हर्निया, एपेण्डिसाइटिसलगायत विभिन्न शल्यक्रिया सेवा पनि यही अस्पतालाट प्रदान हुने अध्यक्ष गिरीले बताउनुभयो ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा हेमन्त बाँस्तोलाले यो सेवासँगै जटिल अवस्थाका बिरामीलाई अन्यत्र पठाउनुपर्ने अवस्था नआउने विश्वास व्यक्त गर्नुभयो ।

अस्पतालले गत चैतदेखि उपचारका लागि आउने बिरामीको सहजताका लागि बहिरङ्ग सेवा १२ घण्टा सञ्चालन गर्दै आएको छ । पहिले बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मात्र सेवा सञ्चालन भइरहेको थियो । दिउँसो मात्र बहिरङ्ग सेवा सञ्चालन गर्दा बिहानबेलुका बिरामीले निजी क्लिनिकमा गएर औषधोपचार गर्नुपर्ने बाध्यता बढेको गुनासोपछि बिहान ७ बजेदेखि साँझ ७ बजे सम्म सेवा सञ्चालन गर्न थालिएको समितिका अध्यक्ष बाँस्तोलाले बताउनुभयो ।

अहिले थप गरिएका सेवा पनि बहिरङ्ग विभागमा १२ घण्टा र अन्तरङ्ग विभागमा चौबिसैघण्टा उपलब्ध हुने उहाँले जानकारी दिनुभयो । यसबाट दैनिक मजदुरीमा जानेदेखि शिक्षक र कर्मचारी लाभान्वित भइरहेका छन् । “सेवा विस्तार गरिएको समयमा सेवा लिन आउँदा थप शुल्क लाग्दैन । नागरिककै सहजताका लागि आफूहरू थप समय अस्पतालमा खटिन तयार भएपछि यो सम्भव भएको हो”, उहाँले भन्नुभयो,“थप गरिएको समयमा पनि स्वास्थ्य बिमितहरूलाई स्वास्थ्य बीमामार्फत नै सेवासमेत उपलब्ध हुनेछ ।”

सार्वजनिक बिदाका दिनमा बहिरङ्ग सेवा बन्द हुने भए पनि सघन उपचार कक्ष सेवा भने २४ सै घण्टा खुल्ला हुने भएकाले दैनिक काम छाडेर उपचार गर्नुपर्ने बाध्यतासमेत हट्दै भएको छ । सेवा विस्तार गरे पनि अस्पतालमा अझै जनशक्ति अभाव छ । यो समस्या समाधानका प्रदेश सरकारले केही जनशक्ति थप गरिदिनुपर्ने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गिरीको माग रहेको छ । यस अस्पतालमा दैनिक तीन सय ५० देखि चार सयसम्म बिरामी उपचारका लागि आउने गरेका छन् । १५ शय्यामा सञ्चालित अस्पताल ५० शय्यामा स्तरोन्नति गर्ने कार्य पनि अगाडि बढिरहेको छ । रासस

मङ्गलबार, जेठ २९, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै

लोकप्रिय

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

ताजा

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.