• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
आइतबार, कार्तिक ०९, २०८३
आइतबार, कार्तिक ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता
  • ५ घण्टा 

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • २ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • २ हप्ता 

लोकप्रिय समाचार

  • १. ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

पर्वत अस्पतालमा विशेषज्ञ सेवा विस्तारपछि स्थानीय लाभान्वित

  •  मङ्गलबार, जेठ २९, २०८१ मा प्रकाशित

पर्वत । लामो समयसम्म सामान्य औषधोपचार सेवा प्रवाह हुँदै आएको पर्वत अस्पतालले हालै विशेषज्ञ सुविधा विस्तार गरेपछि स्थानीय लाभान्वित भएका छन् ।

अस्पताल विकास समितिका अध्यक्ष शङ्कर गिरीले विशेषज्ञ चिकित्सक पदपूर्ति भएपछि विशेषज्ञ सेवा विस्तार गरिएको बताउनुुभयो । कन्सल्टेन्ट मेडिकल जलरलिष्ट सेवा, जनरल सर्जन सेवा र स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा विस्तार गरिएको उहाँले बताउनुभयो ।

अस्पतालबाट अबदेखि मेडिसिन, सर्जिकलसम्बन्धी सम्पूर्ण सेवा चौबिसै घण्टा उपलव्ध हुने र यसका लागि डा हेमन्त बाँस्तोला र डा मिलन अबाल सेवामा रहने छन् । त्यसैगरी जनरल सर्जन सेवातर्फ डा शिशिर देवकोटाले सेवा दिनुहुने छ । डा सन्तोषी थपलिया सरुवा भएर आएपछि स्त्री तथा प्रसूतिसम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा अब जिल्लामै पाइने छन् । यस्तै शरीरमा गाँठागुठी भएका, पाइल्स, फिस्टुला, हाईड्रोसिल, हर्निया, एपेण्डिसाइटिसलगायत विभिन्न शल्यक्रिया सेवा पनि यही अस्पतालाट प्रदान हुने अध्यक्ष गिरीले बताउनुभयो ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा हेमन्त बाँस्तोलाले यो सेवासँगै जटिल अवस्थाका बिरामीलाई अन्यत्र पठाउनुपर्ने अवस्था नआउने विश्वास व्यक्त गर्नुभयो ।

अस्पतालले गत चैतदेखि उपचारका लागि आउने बिरामीको सहजताका लागि बहिरङ्ग सेवा १२ घण्टा सञ्चालन गर्दै आएको छ । पहिले बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मात्र सेवा सञ्चालन भइरहेको थियो । दिउँसो मात्र बहिरङ्ग सेवा सञ्चालन गर्दा बिहानबेलुका बिरामीले निजी क्लिनिकमा गएर औषधोपचार गर्नुपर्ने बाध्यता बढेको गुनासोपछि बिहान ७ बजेदेखि साँझ ७ बजे सम्म सेवा सञ्चालन गर्न थालिएको समितिका अध्यक्ष बाँस्तोलाले बताउनुभयो ।

अहिले थप गरिएका सेवा पनि बहिरङ्ग विभागमा १२ घण्टा र अन्तरङ्ग विभागमा चौबिसैघण्टा उपलब्ध हुने उहाँले जानकारी दिनुभयो । यसबाट दैनिक मजदुरीमा जानेदेखि शिक्षक र कर्मचारी लाभान्वित भइरहेका छन् । “सेवा विस्तार गरिएको समयमा सेवा लिन आउँदा थप शुल्क लाग्दैन । नागरिककै सहजताका लागि आफूहरू थप समय अस्पतालमा खटिन तयार भएपछि यो सम्भव भएको हो”, उहाँले भन्नुभयो,“थप गरिएको समयमा पनि स्वास्थ्य बिमितहरूलाई स्वास्थ्य बीमामार्फत नै सेवासमेत उपलब्ध हुनेछ ।”

सार्वजनिक बिदाका दिनमा बहिरङ्ग सेवा बन्द हुने भए पनि सघन उपचार कक्ष सेवा भने २४ सै घण्टा खुल्ला हुने भएकाले दैनिक काम छाडेर उपचार गर्नुपर्ने बाध्यतासमेत हट्दै भएको छ । सेवा विस्तार गरे पनि अस्पतालमा अझै जनशक्ति अभाव छ । यो समस्या समाधानका प्रदेश सरकारले केही जनशक्ति थप गरिदिनुपर्ने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गिरीको माग रहेको छ । यस अस्पतालमा दैनिक तीन सय ५० देखि चार सयसम्म बिरामी उपचारका लागि आउने गरेका छन् । १५ शय्यामा सञ्चालित अस्पताल ५० शय्यामा स्तरोन्नति गर्ने कार्य पनि अगाडि बढिरहेको छ । रासस

मङ्गलबार, जेठ २९, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

लोकप्रिय

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

ताजा

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.