• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
  • ८ घण्टा 

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
  • १२ घण्टा 

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
  • १३ घण्टा 

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू
  • १३ घण्टा 

झापा र कैलालीमा खोप अभियान
  • १३ घण्टा 

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
  • १५ घण्टा 

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • १७ घण्टा 

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • १८ घण्टा 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • १९ घण्टा 

लोकप्रिय समाचार

  • १. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • २. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • ६. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • ७. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

  • ८. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ९. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

  • १०. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

नारायणगढमा बृहत् योग शिविर सम्पन्न

  •  सोमबार, असार ०४, २०८१ मा प्रकाशित

चितवन । १०औँ अन्तर्राष्ट्रिय योग दिवस–२०२४ को अवसरमा आज चितवनको नारायणगढस्थित नारायणी नदी किनारमा बृहत् योग शिविर सम्पन्न भएको छ । भारतीय महावाणिज्य दूतावास वीरगञ्जको आयोजनामा योग शिविर सम्पन्न भएको हो ।

सो अवसरमा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आयोजकलाई धन्यवाद दिँदै भरतपुरमा शिविर सञ्चालन हुनु गौरवको विषय भएको बताउनुभयो । उहाँले स्वस्थ जीवनका लागि योग, शारीरिक तन्दुरुस्तीका लागि योग र अनुशासनका लागि योग आवश्यक रहेको बताउनुभयो ।

महानगरले पनि विभिन्न स्थानहरुमा योग शिविर सञ्चालन गर्दै आएको जानकारी दिनुहुँदै नगर प्रमुख दाहालले पतञ्जलीलगातका संस्थाहरुसँग सहकार्य गरेर योग कक्षा सञ्चालनमा अघि बढेको जानकारी दिनुभयो । उहाँले महानगरपालिकाले विद्यालयमा योग प्रशिक्षक राखेर विद्यार्थीलाई योग सिकाउँदै आएको पनि सो अवसरमा उल्लेख गर्नुभयो ।

नेपालका लागि भारतीय महावाणिज्य दूतदेवी साही ‘डिएस’ मिनाले योगा सबैका लागि अति आवश्यक रहेको बताउनुभयो । उहाँले दूतावासले अन्तर्राष्ट्रिय योग दिवस, सप्ताहव्यापी रुपमा नेपालमा विभिन्न कार्यक्रम तथा योग शिविर गरी मनाउँदै आएको बताउनुभयो ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पहलमा संयुक्त राष्ट्रसङ्घले सन् २०१५ देखि जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रुपमा मनाउन सुरु गरेको उल्लेख गर्दै महावाणिज्य दूत डिएस मिनाले नेपालको मुख्य सहर हेटौँडा, नारायणगढ, रौतहट, जनकपुर, पोखरिया (पर्सा) र वीरगञ्जमा योग शिवर सञ्चालन गरिँदै आएको उल्लेखगर्नुभयो । नियमित योग अभ्यासले मानिसको जीवनशैली अनुशासित बनाउनुका साथै शारीरिक र मानसिक रुपमा चुस्त राख्न मद्दत गर्ने उहाँको भनाइ थियो ।

उद्योग वाणिज्य सङ्घ चितवनका प्रथम उपाध्यक्ष राजेन्द्र ओलीले योग शिविरबाट योगा सिक्ने अवसर भएको बताउनुभयो । बृहत् योग शिविरमा सङ्घका तर्फबाट सहभागिता र सहयोग गर्न पाउनु राम्रो विषय रहेको उहाँको भनाइ थियो । उहाँले बदलिँदो जीवनशैली कारण अहिले आमनागरिकमा मानसिक रोगको क्रम बढ्दो अवस्थामा रहेको र नियमित योग अभ्यासले निको पार्न सकिने उहाँले उल्लेख गर्नुभयो ।

शिविरमा जिल्लाका सुरक्षकर्मी, विभिन्न कार्यालयका कर्मचारी, विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा स्थानीयवासीलगायतको उल्लेख्य सहभागिता थियो । शिविरमा पतञ्जली योग पिठकी योग प्रशिक्षक अस्मिता पाण्डेले योगा सिकाउनुभएको थियो भने आर्ट अफ लिभिङका विकास काफ्लेले योग र जीवनबारेका भनाइ राख्नुभएको थियो । रासस

सोमबार, असार ०४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै

लोकप्रिय

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

ताजा

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.