• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
  • ८ घण्टा 

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
  • १२ घण्टा 

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
  • १३ घण्टा 

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू
  • १३ घण्टा 

झापा र कैलालीमा खोप अभियान
  • १३ घण्टा 

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
  • १५ घण्टा 

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • १७ घण्टा 

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • १८ घण्टा 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • १९ घण्टा 

लोकप्रिय समाचार

  • १. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • २. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • ६. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • ७. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

  • ८. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ९. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

  • १०. विपद्पछि सरुवा रोगको प्रकोप

जिपिएस जडानपछि प्रभावकारी बन्दै एम्बुलेन्स सेवा

  •  शुक्रबार, असार ०८, २०८१ मा प्रकाशित

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा सञ्चालित एम्बुलेन्समा ‘ग्लोबल पोजिसनिङ सिष्टम (जिपिएस)’ जडानपछि सेवा प्रभावकारी बन्दै गएको छ । सञ्चार प्रणाली तथा प्रेषण केन्द्र (डिस्प्याच सेन्टर)मार्फत एकद्वार प्रणालीबाट एम्बुलेन्स सञ्चालन गर्न जिपिएस जडान गरिएपछि सेवा प्रभावकारी बन्दै गएको जनस्वास्थ्य कार्यालयका अधिकृत सृजना अधिकारीले जानकारी दिनुभयो ।

जिल्ला एम्बुलेन्स व्यवस्थापन समिति, जिल्ला जनस्वास्थ्य कार्यालय र धुलिखेल अस्पतालस्थित प्रेषण केन्द्रको समन्वयमा यहाँका १३ स्थानीय तहमध्ये पहिलो चरणमा ११ तहका २२ एम्बुलेन्समा जिपिएस जडान गरिएको छ ।

बागमती प्रदेश सरकार स्वास्थ्य निर्देशनालयको सहयोगमा पहिलो चरणमा २२ एम्बुलेन्समा निःशुल्क जिपिएस जडान गरिएको अधिकारीले बताउनुभयो । उहाँका अनुसार बाँकी एम्बुलेन्समा जिपिएस जडानका लागि प्रदेश सरकारसँग थप बजेट माग गर्न कार्यालयको योजना रहेको छ ।

यहाँको मण्डनदेउपुरका तीन, पाँचखालका दुई, पनौती नगरपालिकाका दुई, महाभारतको एक, रोशीका तीन, बेथानचोकका दुई, खानीखोलाका दुई र चौरीदेराली गाउँपालिकामा सञ्चालित तीन तथा धुलिखेल अस्पतालको एक एम्बुलेन्समा जिपिएस जडान गरिएको छ । जिल्लामा स्थानीय तह, सङ्घसंस्था एवं क्लबमार्फत ४७ एम्बुलेन्स सञ्चालित छन् ।

जिपिएस जडान गरिएका एम्बुलेन्सले एक वर्षसम्म कुनै शुल्क तिर्नुनपर्ने र एक वर्षपछि भने नवीकरण गर्नुपर्ने व्यवस्था रहेको जनस्वास्थ्य कार्यालयले जनाएको छ । जिपिएस जडानपछि एम्बुलेन्सको अवस्था र चलिरहेका बारेमा प्रेषण केन्द्रमा स्क्रिन र जनप्रतिनिधिले मोबाइलबाट सम्पूर्ण जानकारी लिन थालेका छन् ।
धुलिखेल अस्पतालका डा सानु श्रेष्ठले एम्बुलेन्समा जिपिएस जडानपछि सेवामा प्रभावकारिता बढ्दै गएको बताउनुभयो । “हामीले बिरामी ल्याउन आफन्तले सम्पर्क गर्ने वित्तिकै उहाँहरुको नजिक भएका एम्बुलेन्सलाई तुरुन्तै सम्पर्क गरी पठाइहाल्छौँ, यसोगर्दा बिरामीलाई समयमै अस्पताल आउन सजिलो भएको छ”, उहाँले भन्नुभयो ।

यसअघि वर्षौँदेखि यहाँका अधिकांश एम्बुलेन्स सरकारले लागू गरेको ‘राष्ट्रिय एम्बुलेन्स निर्देशिका–२०७८’लाई बेवास्ता गरी मापदण्डविपरीत सञ्चालन हुँदै आएका थिए । निर्देशिकाले सेवारत एम्बुलेन्समा जिपिएस जडान भएको हुनुपर्ने, तालिमप्राप्त चालक र आकस्मिक चिकित्सकीय प्राविधिक (इएमटी) रहनुपर्ने व्यवस्था उल्लेख छ ।

यहाँ रहेका एम्बुलेन्समा निर्देशिकाअनुसार कामदण्डको पालना र भाडादरमा एकरुपता ल्याउन तथ्याङ्क सङ्कलन गरी जिपिएस जडान गरिएको जनाइएको छ । जनस्वास्थ्य कार्यालयका अनुसार विभिन्न सङ्घसंस्था एवं दातृ निकायबाट प्राप्त भएकामध्ये स्थानीय तहद्वारा सञ्चालित एम्बुलेन्स केही बिग्रिएर थन्किएका छन् भने केहीलाई सञ्चालनका लागि नवीकरण तथा मर्मतको प्रयास भइरहेका छन् । रासस

शुक्रबार, असार ०८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै

लोकप्रिय

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

ताजा

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.