• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • १४ मिनेट 

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • २ घण्टा 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • २ घण्टा 

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै
  • २ घण्टा 

बालबालिकालाई ‘स्वर्णविन्दु’ प्राशन अभियान सुरु
  • २ घण्टा 

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • २१ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • २१ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • २३ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • २४ घण्टा 

लोकप्रिय समाचार

  • १. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • २. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ३. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ४. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ५. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ६. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ७. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ८. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • ९. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • १०. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

स्वास्थ्य संस्थामा ‘पोषण कर्नर’ सञ्चालन

  •  शुक्रबार, असार ०८, २०८१ मा प्रकाशित

टीकापुर (कैलाली) । टीकापुर नगरपालिकाका सात स्वास्थ्य संस्थामा ‘पोषण कर्नर’ सञ्चालनमा आएको छ । सेवाग्राहीलाई स्वस्थ र निरोगी रहन पोषणयुक्त खानपान र सक्रिय जीवनशैली, सन्तुलित आहार, जीवन चक्रका विभिन्न अवस्थामा पोषणको आवश्यकतालगायत विषयमा जानकारी दिन ‘पोषण कर्नर’ सञ्चालन गरिएको नगरपालिकाले जनाएको हो ।

मानिसले स्वस्थ जीवनयापन गर्न पोषणयुक्त खानपान र सक्रिय जीवनशैली अपनाउनुपर्ने भएकाले पोषणयुक्त खानपानमा लगानी बढाउनुपर्ने सरोकार भएका बताउँछन् ।

नगरभित्रका सात स्वास्थ्य संस्थामा ‘पोषण कर्नर’ सञ्चालनमा छ भने चार स्वास्थ्य संस्थामा आगामी आर्थिक वर्षमा सञ्चालन गरिने नगर कार्यालयले जनाएको छ । मानिस निरोगी रहन र सिर्जनात्मक काम गर्न शारीरिक तथा बौद्धिक क्षमता राम्रो हुनुपर्ने चिकित्सक बताउँछन् ।

पोषणमा लगानी वृद्धिसँगै पोषणको महत्वबारे आमनागरिकलाई सिकाउन स्वास्थ्य संस्थामा मात्रै नभइ अन्य कार्यालयमा पोषण कर्नर राख्नुपर्ने कैलालीका सुमन खड्काले बताउनुभयो । स्वास्थ्य संस्थाबाहेक जिल्लाका अन्य सार्वजनिक निकायमा पनि यो कार्यक्रम सञ्चालन गर्दा प्रभावकारी हुने उहाँको भनाइ छ ।

टीकापुरस्थित आँखा उपचार केन्द्रमा सेवा लिन आउनुभएका खड्काले पोषण कर्नरबाट नागरिकलाई पोषणबारे ज्ञान सिकाइने हुँदा जानकारीको अभावमा सन्तुलित खानपानबाट वञ्चित भएकाहरु लाभान्वित हुने बताउनुभयो । स्थानीयस्तरमा पाइने सागपात, फलफूल, गेडागुडीको प्रयोग गरेर पोषणयुक्त खानेकुरा कसरी खान सकिन्छ भन्ने सिकाइ हुने भएकाले यो कार्यक्रम सबै कार्यालयमा सञ्चालन हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

“मैले पोषण कर्नरबाट आफ्नै बारीमा पाइने खानेकुराको महत्व थाहा पाए”, उहाँले भन्नुभयो, “चित्रमा देखेका कुरा छिटो याद आउने र प्रभावकारी पनि हुने रहेछ”, खड्काले भन्नुभयो । सेवाग्राहीलाई पोषणको महत्वबारे सिकाउने पोषण कर्नर हरेक कार्यालयमा राख्नुपर्ने कार्यालयको दायित्वभित्र पर्ने उहाँको भनाइ छ ।

खाना र पोषणसँग सम्बन्धित धेरैजसो समस्या अपर्याप्त, असन्तुलित वा चाहिनेभन्दा धेरै वा कम खाना वा पौष्टिक पदार्थ उपभोगका कारणले हुने गर्दछ । अस्वस्थ खानपानको व्यवहारले विभिन्न रोग लाग्ने मात्र नभई अकालमै मृत्युको जोखिम पनि हुन्छ । यस्तो जोखिम हटाउन पोषण कर्नरको अवधारण लागु गरिएको नगर कार्यालयले जनाएको छ ।

टीकापुर–३ का राजेन्द्र विश्वकर्मा मानिसले सिकाएको ज्ञानभन्दा चित्रमा देखेको कुरा बढी याद हुने भएकाले स्वास्थ्य संस्थामा मात्र नभई नागरिकले सेवा लिने हरेक कार्यालय, सङ्घसंस्था वा सार्वजनिक स्थानमा पोषण कर्नर राख्नुपर्ने सुझाव दिनुभयो । “स्वास्थ्य संस्था मात्र होइन पोषण कर्नर हरेक कार्यालयमा राखिनुपर्छ”, उहाँले भन्नुभयो, “स्वस्थ जीवनशैलीका लागि मानिसलाई खानपानबारे सिकाउन आवश्यक छ ।”

खानामा आवश्यक पौष्टिक तत्वबारे विद्यार्थीलाई सिकाएमा घरपरिवार सचेत हुने भएकाले विद्यालयमा पोषण कर्नर अनिवार्य राख्नुपर्ने विश्वकर्माले बताउनुभयो ।

“यहाँका विद्यालयमा पोषण कर्नर राखेको देखिँदैन । आउँदा दिनमा सबै विद्यालयमा पोषण कर्नरको व्यवस्था हुनुपर्छ”, शिक्षिका शान्ति नेपालीले भन्नुभयो । विद्यालयमा धेरै बालबालिका हुने भएकाले पालिकाले सबै विद्यालयमा पोषण कर्नर राख्नुपर्ने भन्दै चित्र कोरेर वा प्रिन्ट गरेको कर्नर मात्र भए राख्न उहाँले सुझाव दिनुभयो ।

टीकापुर–५ मा रहेको सहरी स्वास्थ्य केन्द्रमा पोषण कर्नर राखिएको छ भने वडा कार्यालयमा छैन । वडाध्यक्ष बलवीर थारुले पोषणका बारेमा सर्वसाधारणलाई जानकारी दिन पोषण कर्नर आवश्यक रहेको बताउनुभयो । “अहिले सात वटा वडामा सञ्चालन गरेका छौँ । आगामी वर्ष बाँकी वडामा पनि राख्नेछौँ”, उहाँले भन्नुभयो, “मानिसको स्वास्थ्य प्रमुख प्राथमिकतामा पर्ने भएकाले यसबारे सबैलाई सचेत गराउन जरुरी छ ।”

पोषण कर्नरमा सागसब्जी, नुन, गेडागुडी, माछामासु, दाल, अन्न, कन्दमूल, तरकारीलगायत वस्तु र ती वस्तुको महत्वका बारेमा जानकारी राखिएका वडाध्यक्ष थारुले जानकारी दिनुभयो । कर्नरले मानिसलाई स्वस्थ्य रहन खानपानमा ध्यान दिनुपर्छ भन्ने सकारात्मक सन्देश प्रवाह भइरहेको उहाँको भनाइ छ ।

“हामीले नभएका ठाउँमा पोषण कर्नरका लागि बजेट सुनिश्चित गरेका छौँ”, वडाध्यक्ष थारुले भन्नुभयो, “वडादेखि अन्य कार्यालयमा पनि राख्न सके प्रभावकारी नजिता आउने थियो । जनप्रतिनिधिले भौतिक पूर्वाधारलाई बढी महत्व दिएकाले पोषणमा कम लगानी भएको छ, यसमा सुधार हुनुपर्छ ।”

पोषण कर्नरले स्वस्थ्य रहन खानपान र सक्रय नीवनशैलीमा विशेष ध्यान दिनुपर्ने विषयमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास जनप्रतिनिधि र कर्मचारीले लिएका छन् । कार्यपालिका सदस्य दीपक निसानीले स्वास्थ्य कार्यालयमा मात्र नभई सेवाग्राही आउजाउ गर्ने पालिकाको स्वामीत्वमा रहेका सबै कार्यालयमा पोषण कर्नर राख्न पहल थालिएको बताउनुभयो । “आगामी वर्षको बजेटमा पोषणलाई प्राथमिकता दिनेछौँ”, उहाँले भन्नुभयो, “पोषण कर्नर सबै स्वास्थ्य संस्था र वडा कार्यालयमा राख्नेछौँ ।”

खानपानको असन्तुलनले बालबालिका, किशोरकिशोरी, गर्भवती महिला, सुत्केरीलगायतलाई कुपोषणको समस्या हुनुका साथै मुटुसम्बन्धी, मधुमेह, क्यान्सरलगायत रोगको पनि जोखिम रहने चिकित्सक बताउँछन् ।

सन्तुलित आहार, जीवनचक्रका विभिन्न अवस्थामा पोषणको आवश्यकता, विभिन्न खाद्य वस्तुमा उपलब्ध हुने पोषक तत्व र तिनको महत्व, खानपानसँग सम्बन्धित असल अभ्यासबारे अवलोकन गराउँदै परामर्श दिन पोषण कर्नर स्थापना गरी प्रभावकारी सञ्चालनमा ध्यान दिनुपर्ने सरोकार भएकाको सुझाव छ । रासस

शुक्रबार, असार ०८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल

लोकप्रिय

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

ताजा

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.