• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • १७ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • १७ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १९ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • २० घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • २० घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • २० घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • २२ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • २२ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • २२ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ८. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ९. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • १०. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

बैतडीको भुवनेश्वरी माविका छात्रामा ‘कन्भर्सन डिसअडर’को समस्या

  •  शुक्रबार, असार १५, २०८१ मा प्रकाशित

बैतडी । बैतडीको सिगास गाउँपालिका वडा न. ५ स्थित भुवनेश्वरी माविका छात्राहरूमा कन्भर्शन डिसअर्डरको समस्या देखिएको छ ।

विद्यालयका करिब १ दर्जन किशोरीहरूमा दिउँसोको समयमा काम्ने, झम्टिने र भाग दौड गर्ने जस्ता समस्या देखिने गरेको छ ।

उनीहरुलाई दिउँसोको १२ बज्नुभन्दा केही समय अगाडी यो समस्या देखिने गरेको छ । उनीहरूलाई यो समयमा सम्हाल्नै मुस्किल पर्ने गरेको छ । निकै भयानक रूपले प्रस्तुत उनीहरुलाई नियन्त्रणमा लिन विद्यालयका शिक्षक शिक्षिका र विद्यार्थीहरूले निकै मेहेनत गर्नुपर्छ ।

१२ बर्ष पहिल्यैदेखि यस विद्यालयका छात्राहरूमा यो समस्या देखिन सुरु भएको हो । यस बर्ष भने जेठ महिनाको २६ गतेबाट यस्तो समस्या देखिएको हो ।

जेठ र असारको महिनामा यस्तो समस्या देखिने गरेको शिक्षक रघुवीर सिंह धामी बताउनुहुन्छ । दैनिक नयाँ नयाँ विद्यार्थीमा यो समस्या देखिने गरेको उहाँले बताउनुभयो ।

यो समस्या देखिनेमा कक्षा ७, ८ र ९ का छात्राहरू रहेका छन् । छात्राहरूलाई समस्या देखिएको अवधिमा केही पनि होस नहुने कक्षा ९ की छात्रा बसन्ती धामीले बताउनुभयो । उहाँले भन्नुभयो, “सबैभन्दा पहिला खुट्टा काम्छन्, त्यसपछि माथी माथी सर्दै जान्छ र अन्तिममा बेस्सरी टाउको दुख्छ र छटपटाहट सुरु हुन्छ, छटपटाउन थालेपछि केही होस हुदैँन् ।”

कम समस्या भएको अवस्थामा अलि अलि जानकारी हुने गरे पनि बढी छटपटाहट भइरहेको अवस्थामा भने केही पनि थाहा नहुने गरेको कक्षा ७ की छात्रा की छात्रा ललिता धामीले बताउनुभयो ।

यस समयमा उनीहरू दौडेर भिरमा समेत पुग्ने गरेका छन् । अरू व्यक्तिहरू उनीहरूको नजिक गएपछि वा फोटो खिच्छ थालेपछि झम्टिन आउने गर्दछन् । यो समयमा उनीहरूलाई एकान्त कोठामा छाडेपछि आधा घण्टा भित्रमा निको हुने गरेको विद्यालयका प्रधानाध्यापक बिरेन्द्रसिंह धामीले बताउनुभयो ।

यस विद्यालयका किशोरीहरूमा देखिएको समस्याका विषयमा समाचार प्रकाशन÷प्रसारण गरेपछि सरोकारवालाहरूको ध्यानाकर्षण भएको थियो । गाउँपालिकाले जिल्ला अस्पताल बैतडीलाई चिठी पठायो । अस्पतालमा कार्यरत मनोसामाजिक विमर्शकर्ताहरू ५ दिनको योजना बनाउँदै भुवनेश्वरी माविमा पुगे । उनीहरू भने विद्यालयबाटै असहयोग भएको भन्दै फर्किएका छन् । मनोविमर्शकर्ता तारा भट्टले भन्नुभयो, “हामीले सबैभन्दा पहिला शिक्षक शिक्षिकाहरूका लागि कक्षा सञ्चालन गर्‍यौँ, त्यसपछि समस्या देखिने गरेका विद्यार्थीहरूलाई कक्षामा सहभागी गरायौँ, सोही समयमा पुनः समस्या देखियो र उनीहरू विद्यालयबाटै भागेर भिर पाखातर्फ दौडिए । अन्तमा शिक्षकहरूले धार्मिक रूपमै ठिक गर्ने बताएपछि हामी फर्किन बाध्य भयौँ ।”

यो समस्यालाई तान्त्रिक कुराहरूसँग समेत जोडेर हेर्ने गरिएको छ । गाउँघरमा बैना कामेको भन्ने गरिएको छ । कतै आचँली लागेको भन्छन् भने कतै बैना कामेको भन्ने गरिन्छ । उनीहरू धामी झाँक्रीबाटै यो समस्याको समाधान हुनेमा विश्वास गर्दछन् ।

एक पटक आएर फर्किएका मनोसामाजिक विमर्शकर्ताहरू फर्के पनि पुनः विमर्शकर्ताहरू बोलाउने तयारी भइरहेको सिगास गाउँपालिकाले जनाएको छ । विद्यालयका किशोरीहरू काप्ने समस्या सञ्चारमाध्यममा आएपछि काठमाडौँबाट निःशुल्क रुपमा आउन मनोविमर्शकर्ताहरु सम्पर्कमा आएकाले उनीहरू बोलाएर समस्या समाधान गरिने गाउँपालिका अध्यक्ष हरिसिंह धामीले बताउनुभयो ।

शुक्रबार, असार १५, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.