काँक्रेविहार (सुर्खेत) ।
सुत्केरीलाई निःशुल्क यातायात सेवा
गाउँपालिकाले यहाँका सबै सुत्केरीलाई सही समयमा स्वास्थ्य संस्था पुग्नका लागि एकतर्फी यातायात सेवा निःशुल्क गरेको छ । एक ठाउँबाट अर्को ठाउँमा जान धेरै समय लाग्ने, असहज परिस्थितलगायत कारणलाई ध्यान दिँदै पालिकाले सुत्केरीलाई स्वास्थ्य चौकी पुग्न समस्या नहोस् भन्ने उद्देश्यले निःशुल्क यातायातको व्यवस्था गरिएको अध्यक्ष गिरीले जानकारी दिनुभयो । सुत्केरीलाई पालिका बाहिर लिएर उपचार गर्नुपरेमा एकतर्फी यातायात दर्च पालिकाले व्यवस्थापन गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
पालिकाले मातृ तथा नवशिशु मृत्युलाई शून्यमा झार्ने उद्देश्यसहित सुत्केरी ओसारपसार गर्न निःशुल्क प्रसूति सेवा एम्वुलेन्स प्रदान गर्ने नीति लिएको छ ।
सुत्केरीलाई न्यानो कपडा र पोसिलो खाना उपब्ध गराउन पालिकाले यस्तो व्यवस्था गरेको स्वास्थ्यकर्मी राममाया गिरीले बताउनुभयो । प्रदेश सरकारसँगको समन्वयमा पालिकाले गाउँगाउँमा स्वास्थ्य शिविर सञ्चालन गरी नागरिकको स्वास्थ्य अवस्था जाँच्ने नीति लिएको छ ।
दीर्घरोगी र जटिल प्रकृतिका रोग लागेर उपचार गर्न नसक्नेलाई आर्थिक सहायता उपलब्ध गराउनेनीति लिइएको बताउँदै अध्यक्ष गिरीले पालिकाको कार्यविधिमा भएको व्यवस्थाअनुसार सहयोग गरिने उल्लेख गर्नुभयो । यातायातको सहज पहुँच वृद्धिसँगै नागरिकको उपचारमा पहुँच पु¥याउन यस्तो नीति लिइएको उहाँको भनाइ छ । रासस
