• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • १ घण्टा 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • १ घण्टा 

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै
  • १ घण्टा 

बालबालिकालाई ‘स्वर्णविन्दु’ प्राशन अभियान सुरु
  • १ घण्टा 

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • २० घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • २० घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • २२ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • २३ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • २३ घण्टा 

लोकप्रिय समाचार

  • १. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • २. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • ३. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ४. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ५. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ६. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ७. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ८. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

राजनीतिमा अपाङ्गता भएका व्यक्तिको सहभागिता सुनिश्चित हुनुपर्ने माग

  •  बिहिबार, साउन १७, २०८१ मा प्रकाशित

कैलाली । नेत्रहीन युवा सङ्घ नेपालले अपाङ्गता भएका व्यक्तिको राजनीतिका साथै सार्वजनिक निकायमा सहभागिता र प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने माग गरेको छ ।

सञ्चारमाध्यमार्फत सरोकार भएका पक्षको ध्यानाकर्षण गर्न धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै अपाङ्गताको सवालमा सहभागिता र प्रतिनिधित्वको अधिकार सुनिश्चित हुनेगरी नीति निर्माण गरी कार्यान्वयन गर्नुपर्ने माग गरेको हो ।

‘अपाङ्गता भएका व्याक्तिको राजनीति र सार्वजनिक निकायमा सहभागिता र प्रतिनिधित्वको अधिकारसम्बन्धी सञ्चारमाध्यमसँगको छलफल’ कार्यक्रमका सहभागीले सो कुरा बताएका हुन् । नेत्रहीन युवा सङ्घका केन्द्रीय महासचिव अर्जुन रावलले राज्यले निर्माण गर्ने कुनै पनि नीति तथा कार्यक्रममा अपाङ्गताका विषय समावेश गराउन विभिन्न किसिमका दबबामूलक कार्यक्रम गर्दै आएको बताउनुभयो ।

“अपाङ्गताका सवालमा विभिन्न स्थानीय तहमा पुगेर ज्ञापनपत्र बुझायौँ, प्रदेश सरकार र विभिन्न राजनीतिक दलका प्रदेशसभा सदस्यसँग बसेर कार्यक्रम गर्‍यौँ, राजनीतिक दलका पार्टी कार्यालय र संसदीय दलका पार्टी कार्यालयमा पुग्यौँ, सङ्घीय तहमा पनि सांसदको संलग्नतामा कार्यक्रम गर्‍यौँ”, उहाँले भन्नुभयो, “यसरी विभिन्न समय र सन्दर्भमा अपाङ्गता भएका व्यक्तिको विषय बजेट र नीति तथा कार्यक्रमम समावेश गराउनका लागि दबाबमूलक कार्यक्रम गरिराखेका छौँ । यसको उपलब्धता र सुनुवाइ सन्तोषजनक ढङ्गले भने भएको छैन ।”

सङ्घका केन्द्रीय महासचिव रावलका अनुसार बजेट छुट्याउने काम केही मात्रामा कार्यान्वयन भएको बताउनुभयो । “कार्यक्रममा अपाङ्गताका शब्द उच्चारण गर्न र राख्न थालिएको छ । तर पयाप्त भने छैन”, उहाँले भन्नुभयो

नेत्रहीन युवा सङ्घ नेपाल कैलालीका अध्यक्ष हिमाल रोकायले राज्यका निकायमा अपाङ्गता भएका समुदायको उचित प्रतिनिधित्व सुनिश्चित गर्न÷गराउन दबाब सिर्जना गरिने बताउनुभयो । अन्य समाजको व्यक्ति जस्तै अपाङ्गता भएका व्यक्तिलाई पनि सम्मानपूर्वक भावनाले हेरिनुपर्र्नेमा उहाँले जोड दिनुभयो ।

राजनीतिक दलमा अपाङ्गता भएका व्यक्तिको सार्थक एवं प्रभावकारी सहभागिता तथा प्रतिनिधित्व हुनुपर्ने, पहुँचयुक्त निर्वाचन प्रणालीमार्फत मताधिकार उपयोग गर्ने र राज्यका निकायमा अपाङ्गता भएका समुदायको उचित प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने, कुनै पनि नीति निर्माण एवं निर्णय प्रक्रियामा सबै किसिमका आवाजले समोचित स्थान पाउनुपर्नेलगायत माग नेत्रहीन युवा सङ्घले गरेको छ ।

त्यस्तै स्थानीय तहमा अपाङ्गता भएका समुदायको प्रतिनिधित्व नहुने परिस्थिति रहेकाले निर्वाचनमा अपाङ्गता भएका व्यक्तिको प्रतिनिधित्वका निम्ति आरक्षणको व्यवस्था गरिनुपर्ने, राजनितिक दलका संरचनागत तह र जनवर्गीय सङ्गठनमा अपाङ्ता भएका व्यक्तिको अर्थपूर्ण एवं प्रभावकारी प्रतिनिधित्व हुनुपर्ने, सार्वजनिक भवन र भौतिक संरचना अपाङ्तामैत्री हुनुपर्ने, दलीय आन्तरिक प्रतिस्पर्धा तथा विभिन्न आवधिक निर्वाचनका क्रममा अपाङ्गता भएका व्यक्तिको सहभागिता तथा प्रतिनिधित्वका निम्ति निश्चित सङ्ख्या छुट्याई उनीहरुलाई चुन्ने तथा चुनिने व्यवस्था गर्न/गराउनलगायत विभिन्न माग सङ्घले राखेको छ । रासस

बिहिबार, साउन १७, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै

लोकप्रिय

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

ताजा

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै

बालबालिकालाई ‘स्वर्णविन्दु’ प्राशन अभियान सुरु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.