• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • १ घण्टा 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • १ घण्टा 

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै
  • १ घण्टा 

बालबालिकालाई ‘स्वर्णविन्दु’ प्राशन अभियान सुरु
  • १ घण्टा 

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • २० घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • २० घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • २२ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • २३ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • २३ घण्टा 

लोकप्रिय समाचार

  • १. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • २. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • ३. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ४. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ५. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ६. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ७. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ८. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

एम्बुलेन्सको स्तरोन्नति गर्न प्रदेश सरकारको परिपत्र

  •  बुधबार, साउन २३, २०८१ मा प्रकाशित

गुलरिया (बर्दिया) । लुम्बिनी प्रदेश सरकारले जिल्लास्थित स्वास्थ्य कार्यालयलाई आफ्नो क्षेत्रमा सञ्चालित एम्बुलेन्स राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ अनुसार स्तरोन्नति गर्न परिपत्र गरेको छ ।

प्रदेश स्वास्थ्य मन्त्रालयले जिल्लामा सञ्चालनमा रहेका ‘ग’ वर्गका एम्बुलेन्सलाई जिपिएस जडान गरी प्रादेशिक पे्रषण केन्द्रसँग आबद्धता लिई निर्देशिका बमोजिम ‘ख’ वर्गमा स्तरोन्नति गर्न ७० दिनको समयावधि तोकेर परिपत्र गरेको हो ।

स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले यहाँ सञ्चालनमा रहेका तर स्तरवृद्धि नभएका एम्बुलेन्स स्तरोन्नति गर्न जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिको बैठकले निर्णय गरी आवश्यक निर्देशन दिइसकेको बताउनुभयो । बर्दियामा २९ वटा एम्बुलेन्समध्ये छ वटा ‘ख’ वर्गका र चार वटा जिपिएस जडान गरिएका छन् । यस्तै २३ वटा ‘ग’ वर्गका एम्बुलेन्समध्ये १० वर्ष पुगेका छ र १० वर्ष नपुगेका १७ वटा छन् । तिनमा जिपीएस जडान छैनन् ।

गिरीले भन्नुभयो, “बर्दियाको गुलरिया नगरपालिकामा चार, मधुवनमा छ, राजापुर सात, गेरुवामा एक, बारबर्दियामा पाँच, बाँसगढीमा एक र बढैयाताल गाउँपालिकामा दुई वटा एम्बुलेन्स रहेका छन् । यहाँ नेपाल रेडक्रस सोसाइटीका छ वटा एम्बुलेन्स सञ्चालनमा छन् ।

राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ अनुसार कुनै पनि वहानामा एम्बुलेन्स सेवाबाट कसैलाई पनि वञ्चित गर्न नपाइने प्रावधान छ । यस्तै वेवारिशे, विपन्न बिरामीलाई निःशुल्क सेवा प्रदान गर्नुपर्ने, २४ सै घण्टा, सातै दिन एम्बुलेनस सेवा प्रवाह गर्नुपर्ने व्यवस्था निर्देशिकाले गरेको छ । एम्बुलेन्सलाई बिरामी ओसारपसारबाहेक अन्य कुनै पनि काममा प्रयोग गर्न नपाइने, दुरुपयोग गरेको पाए नियमानुसार कारबाही हुने प्रावधान छ ।

जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले निर्देशिकाको मापदण्डअनुसार सेवा सञ्चालनका लागि आफूहरूले सरोकार भएकाहरू निरन्तर समन्वय गरिरहेका बताउनुभयो । समितिले जिल्लाभित्र सञ्चालनमा रहेका एम्बुलेन्सको भौतिक अवस्था, दर्ता, नवीकरण र अस्पतालसँगको सम्बन्धको बारेमा २१ दिनभित्र प्रतिवेदन पेस गर्न उपसमिति गठन गरेको उहाँले जानकारी दिनुभयो । रासस

बुधबार, साउन २३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै

लोकप्रिय

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

ताजा

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै

बालबालिकालाई ‘स्वर्णविन्दु’ प्राशन अभियान सुरु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.