बिशेषत : हामीले हाम्रो अंगहरुमध्ये कानमा हुने समस्या वा बिमारलाई खासै ध्यान दिदैनौ । तर यही कान पाक्ने जस्ता रोगले मानिसलार्ई बर्षौसम्म सताउंँने गर्छ । कानबाट निस्कने कानेगुजी, पिप जस्ता बस्तुले एकातिर मानिसलाई दुखाई हुनेगर्दछ भने अर्कातिर श्रवणशक्तिमा पनि ह्रास आउंँछ । कसैकसैलाई कानबाट निरन्तर पिप निस्कने समस्या पनि हुन्छ । जसले गर्दा अन्य मानिसको नजिक जांँदा पनि गन्हाउने , हुन्छ । यसले मानिसको व्यत्तित्वमा समेत गम्भिर असर पर्छ । नेपाली समाजमा सानो शिशु अवस्था देखि ठूलो हुंँदा सम्म पनि कानमा तोरीको तेल हाल्ने चलन पनि छ । चिकित्सकका अनुसार त्यो बिल्कुलै गलत अभ्यास हो । तेलले गर्दा कानभित्र ढुसी (फंगस) उत्पन्न भई कानको जाली तथा हड्डीमा समेत असर पर्छ ।
अर्कोकुरा हामीले नुहाउंँदा पनि ख्याल गर्नुपर्ने हुन्छ । नुहाउंँदा कानभित्र साबुनपानी जाने, हुन्छ त्यो फोहोरको रुपमा परिणत भई कानमा जम्मा हुन्छ र त्यसलेनै पछि समस्या निम्त्याउंँछ । त्यसैले कानको सरससफाइ, र हेरबिचारमा मा ध्यान दिनु आवश्यक हुन्छ । कानमा किन तेल हाल्नु हुदैन या कानमा कुनैपनि बस्तुले कोट्याउनु हुदैन र कानको भित्रको हड्डी , जालीमा असर कसरी पुग्दछ र यसको उपचार विधि के के छन भन्ने बिषयमा केन्द्रित रहेर हामीले भरतपुर सामुदायिक अस्पतालका वरिष्ठ नाक कान घांँटी बिशेषज्ञ डा.सुभाष देवकोटासंँग कुराकानी गरेका छौं । सुनौ तलको भिडीयोमा उहांँका कुरा ।
