• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
सोमबार, कार्तिक १०, २०८३
सोमबार, कार्तिक १०, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता
  • १७ घण्टा 

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • २ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • २ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • २ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • २ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • २ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • २ हप्ता 

लोकप्रिय समाचार

  • १. ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

स्वास्थ्य सेवा सुधार गर्दै भेरी अस्पताल

  •  मङ्गलबार, साउन २९, २०८१ मा प्रकाशित

बाँक । बाँकेको नेपालगन्जमा रहेको भेरी अस्पतालले सेवा सुधारको सुरुवात गरेको छ । सेवा सुविधा प्रभावकारी बनाउन र अस्पतालमा हुने भिडभाडलाई कम गर्न सेवामा सुधारको सुरुवात गरेको भेरी अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्र बहादुर शाहले बताउनु भयो ।

अस्पतालको भिड व्यवस्थापन गर्न तथा सेवाग्राहीलाई सहज र सुलभ सेवा प्रवाहका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले ९ बुँदे निर्णय गरी कार्यान्वयनका लागि पत्राचार गर्नुभएको थियो । उक्त निर्णय अनुसार भेरी अस्पतालमा ७ बुँदे निर्देशन लागु भएको मेडिकल सुपरिटेन्डेन्ट डा।प्रकाश थापाले बताउनु भयो । उहाँले अन्य दुई बुँदाका विषयमा अस्पतालमा छलफल भइरहेकोले कहिले कार्यान्वयन हुने अझै भन्न सक्ने अवस्था नरहेको जिकिर गर्नु भयो ।

भेरी अस्पतालमा भिड नियन्त्रणका लागि अपनाएका उपायहरूमा विस्तारित स्वास्थ्य सेवाको सुरुवात र व्यवस्थापन, ओपिडी सेवाको समयावधि थप तथा सिफ्ट व्यवस्थापन गरेको डा।थापाले जानकारी दिनु भयो । उहाँले चिकित्सक राउन्ड तथा बिरामी भर्ना÷डिस्चार्ज बिचमा समन्वय, डाक्टरहरूको राउन्डको तालिका थप व्यवस्थित गरेको, डिजिटल प्रणालीहरूको अवलम्बन, अनलाइन दर्ता जस्ता कार्यलाई प्राथमिकता दिएको बताउनु भयो ।

अस्पतालको पूर्वाधार र व्यवस्थापनमा क्रमिक सुधार गर्दै थप काउन्टरहरूको व्यवस्था, शौचालयको सरसफाइमा सुधार, सफा पिउने पानीको निःशुल्क व्यवस्था, गुनासो व्यवस्थापनका लागि हेल्पडेस्क र गुनासो बक्सहरू व्यवस्थापन गर्ने तयारीमा रहेको समितिका अध्यक्ष शाहको भनाई थियो । अस्पताल विकास समितिका सदस्य डा। डक्ट प्रसाद धितालले औषधीहरूको उपलब्धता सुनिश्चित गर्न र बिमा गरिएको बिरामीहरूको लागि फार्मेसी सेवाहरूलाई व्यवस्थित गरिएको, नेभिगेसन र सूचना प्रणालीहरूको उपयोगले बिरामी र आगन्तुकहरूलाई आफूले सेवा लिने ठाउँसम्म सहजै पुग्न मद्दत पुर्‍याएको, सेवाग्राहीको गुनासो सम्बोधन गर्ने कार्य सुरु गरिएको बताउनु भयो ।

उहाँले इमर्जेन्सी कक्षमा २४ घण्टा एक्स–रे को व्यवस्था आज मङ्गलवार देखि लागु हुने गरी व्यवस्था मिलाइएको बताउनुहुँदै उहाँले ६० वर्ष माथिमा ज्येष्ठ नागरिक, फरक क्षमता भएका र द्धन्द पीडितहरू, अपाङ्ग, गर्भवती महिलाको हकमा लाइनमा नबसी यथाशीघ्र सेवा दिने व्यवस्था मिलाइएको जानकारी दिनु भयो ।
सरकारी अस्पतालमा सेवा लिन जाँदा लामो लाइनमा बस्नुपरेको, अलमलिनुपरेको र झन्झटिलो भन्ने आम नागरिकको गुनासो बढे पछि मन्त्री पौडेलले देश भरीका सरकारी अस्पताललाई ९ बुँदे निर्देशन जारी गरे पछि अस्पतालहरूले आफ्नो सेवामा सुधार ल्याउन थालेका छन् ।

मङ्गलबार, साउन २९, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

लोकप्रिय

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

ताजा

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.