• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • २६ मिनेट 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • २९ मिनेट 

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै
  • ३२ मिनेट 

बालबालिकालाई ‘स्वर्णविन्दु’ प्राशन अभियान सुरु
  • ३५ मिनेट 

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • १९ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • २० घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • २२ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • २२ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • २२ घण्टा 

लोकप्रिय समाचार

  • १. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • २. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • ३. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ४. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ५. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ६. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ७. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ८. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

टीकापुर अस्पतालमै सर्जरी सेवा: बिरामीलाई राहत

  •  बिहिबार, साउन ३१, २०८१ मा प्रकाशित

टीकापुर । कैलालीको टीकापुर अस्पतालमा ‘सर्जरी’ सेवा सुरुआत भएपछि यस क्षेत्रका बिरामीलाई अन्यत्र जानुपर्ने अवस्था अन्त्य भएको छ । अस्पतालमा विगत दुई वर्षदेखि शल्यचिकित्सकका विशेषज्ञको सेवा सञ्चालनमा छ । दुई वर्षमा ‘जनरल सर्जन’तर्फ एक हजार तीन सय ७० को शल्यक्रिया भएको छ । अस्पतालमा जटिल प्रकृतिका शल्यक्रिया भएको अस्पतालले जनाएको छ । अस्पतालमा श्ययाको सङ्ख्या र परीक्षण गर्ने उपकरणको प्रयाप्त व्यवस्था भएको भए यो सङ्ख्या अझ बढी हुने चिकित्सक बताउँछन् ।

टीकापुर अस्पतालका शल्यचिकित्सक नवीनचन्द्र भट्टले आफ्नो सेवा सुरुआत गरेसँगै अस्पतालमा शल्यक्रिया सेवा सुरुआत भएको हो । उहाँले २०७९ असारदेखि अस्पतालमा आफ्नो सेवा थाल्नुभएको थियो । उहाँका अनुसार अस्पतालमा सामान्य, मध्यम र जटिल शल्यक्रियाको सेवा दिने गरिएको छ । दुई वर्षका अवधिमा सामान्य शल्यक्रिया छ सय जना गरेको अस्पतालले जनाएको छ । “सामान्य शल्यक्रिया छ सय जति भएका छन् भने एक सय ५० जनाको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको छ”, उहाँले भन्नुभयो, “पित्तथैलीको पेट काटेर ७५ जनाको शल्यक्रिया गरिएको छ । दुरबिनबाट ३२, ल्याप्रोस्कोपी विधिबाट प्वाल पारेर दुई शल्यक्रिया भएका छन् ।”

जटिल खालका शल्यक्रियामध्ये ‘एपेन्डिक्स’ फुटेका तीन, स्तनको गाँठागुठी र स्तन क्यान्सरको ३२, पेटमा ‘सिस्ट’ पलाएको चार, बच्चाको ‘हर्जिनोटोमी’ ४२ भएको पनि डा भट्टले जानकारी गराउनुभयो । यसैगरी हर्निया दुई सय, फिस्टुला ३६, पाइल्स ४५, दिसा गर्ने ठाउँ पाकेको १५, स्तन पाकेको २६, दिसा गर्ने ठाउँ टाइट भएको १८, हाइड्रोसिल जटिल खालको ८४, विरलै देखिने फिमरो हर्निया चार शल्यक्रिया भएका छन् ।

दिसा गर्ने ठाउँको माथि प्वालबाट पिप र रगत आउने दुई जनाको शल्यक्रिया भएको छ । उसो त अस्पतालमा सामान्य खालका बोसोको डल्ला, मासु पलाएको, पानीको फोका, गाँठागुठी पलाएको, स्तनमा सामान्य गाँठागुठीको छ सय बढी शल्यक्रिया भएका छन् । यसरी टीकापुर अस्पतालमा शल्यक्रिया हुन थालेपछि कैलालीको पश्चिम भेग, बर्दिया, सुर्खेत र अछामका बिरामीले राहत पाएका छन् । “बिरामीको चाप छ तर पर्याप्त श्ययाको अभाव छ, थप सेवाका लागि उपकरण आवश्यक पर्छ”, डा भट्टले भन्नुभयो, “अस्पतालमा सेवा पाएपछि नागरिकले थप सेवा खोज्छन् जुन स्वाभाविककै हो ।”

विसं २०८१ वैशाख शल्यचिकित्सक थपिएपछि सेवामा थप चुस्तता आएको छ । “व्यवस्थापन पक्षबाट राम्रो सहयोग छ । मोडुलर ओटी (सुविधा सम्पन्न) सुविधा मिलाइएको छ । सबैखाले विशेषज्ञ डाक्टर भएकाले शल्यक्रिया गर्न र सहकार्य गर्न सहज भएको छ”, डा भट्टले भन्नुभयो, “सघन उपचार कक्ष भइदिएको भए धेरै सहज हुन्थ्यो । स्वास्थ्यकर्मीलाई बारम्बार थप तालिको व्यवस्था आवश्यक छ ।” उहाँले बजेट अपर्याप्त हुँदा शय्या अभाव हुन्छ । कहिलेकाहीँ श्यया अभाव भएर बिरामी फर्काउनुपर्दा नरमाइलो छ भन्नुभयो । दैनिक १० वटासम्म शल्यक्रिया गरेको उहाँको भनाइ छ । डा भट्टले भन्नुभयो, “जानकी गाउँपालिकाका ३५ वर्षका एक पुरुष पेट दुखेर आउनुभएको थियो, परीक्षण गर्दा पुरानो अल्सर अत्यधिक रक्सी सेवनका कारण फुटेर शरीरभरि फैलिएको अवस्था थियो तर बचाउन सफल भयौँ ।” पेटको खानेकुरा र पित्त शरीरभरि फैलिएको फैलिएर ९५ प्रतिशत ज्यान जाने जोखिममा भएको बिरामीको तीन घण्टा शल्यक्रिया गरेर बचाएको पनि सुनाउनुभयो ।

उहाँले भन्नुभयो, “ठूला अस्पतालमा पर्याप्त उपकरण हुन्छन् । यहाँ त्यस्तो सुविधा हामी पाउँदैनौँ, सीमित उपकरणबाट काम गर्नुपर्ने बाध्यता छ । अब हामी दुई जना सर्जन छौँ, टिमवर्क भएमा हिम्मत बढ्छ । एनेस्थेसियालोजिस्ट डाक्टर पनि दुई जना हुनुहुन्छ र मोडुलर शल्यक्रिया कक्षबाट काम गर्ने गरेका छौँ ।”

उहाँले विगतलाई हेर्दा धेरै उपकरण थपिएका भए पनि अर्याप्त उपकरण सधैँ चाहिन्छ, सधैँ अभाव महसुस हुन्छ भन्नुभयो । उहाँले भन्नुभयो, “सिटीस्क्यान र सघन उपचार कक्ष अति आवश्यक छ । सघन उपचार कक्षसँगै श्ययालगायतका सुविधा भएको भए धेरै बिरामीलाई सेवा दिन सकिन्थ्यो ।”

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रेमकुमार राई टीकापुर अस्पतालमा बिरामीको चाप बढी रहेकाले दुई जना जनरल सर्जन भए पनि शल्यक्रियाका लागि पालो कुर्नुपर्ने अवस्था रहेको बताउनुभयो । “बिरामीको चाप बढी, शय्या अभाव भएकाले एक÷दुई दिन कुर्नुपर्छ”, उहाँले भन्नुभयो, “शल्यक्रिया गर्न ठूलो टिम चाहिन्छ । स्वास्थ्यकर्मी, नर्स सबै तालिम प्राप्त चाहिन्छ । भएकाहरुको क्षमता विकास, सर्जनका लागि आवश्यक अत्याधुनिक उपकरण थप गर्नसमेत आवश्यक छ ।”

अस्पतालका अध्यक्ष झपट सोडारी सर्जरी सेवा थप व्यवस्थित बनाउन प्रयास भइरहेको बताउनुहुन्छ । “सुदूरपश्चिममा पहिलो पटक सानो भए पनि मोडुलर ओटी कक्ष सञ्चालनमा ल्याएका छौँ”, उहाँले भन्नुभयो, “शल्यक्रिया कक्ष व्यवस्थित भएकाले बिरामीलाई राहत र सङ्क्रमणको जोखिम कम हुन्छ । अझ सेवा सुधारको प्रयासमै छौँ ।” रासस

बिहिबार, साउन ३१, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै

लोकप्रिय

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

ताजा

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै

बालबालिकालाई ‘स्वर्णविन्दु’ प्राशन अभियान सुरु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.