• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
आइतबार, कार्तिक ०९, २०८३
आइतबार, कार्तिक ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता
  • १ घण्टा 

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • २ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • २ हप्ता 

लोकप्रिय समाचार

  • १. ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

आयुर्वेद स्वास्थ्य केन्द्र पन्ध्र महिनादेखि सञ्चालक समितिविहीन

  •  मङ्गलबार, भदौ २५, २०८१ मा प्रकाशित

तनहुँ । जिल्ला सदरमुकाम दमौलीस्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र विगत पन्ध्र महिनादेखि सञ्चालक समितिविहीन बनेको छ ।

केन्द्रमा सञ्चालक समिति नहुँदा कार्यालयको खर्च व्यवस्थापन तथा बिरामीलाई थप सेवा विस्तारमा कठिनाइ भएको छ । समितिका तत्कालीन अध्यक्ष देवीबहादुर बस्नेतको कार्यकाल सकिएपछि नयाँ व्यवस्थापन समिति गठन नहुँदा आयुर्वेद केन्द्र सञ्चालनमा समस्या भएको हो ।

केन्द्रका वरिष्ठ कविराज निरीक्षक शम्भु चापागाईंका अनुसार सञ्चालक समिति नहुँदा केन्द्रबाट नागरिकलाई प्रदान गरिने थप सेवा सुविधा प्रभावित भएको छ । उहाँका अनुसार टिकट शुल्क र सेवाबापतको रकम जम्मा गरिएपनि नयाँ सिर्जनशील र सेवा सुविधा विस्तार रोकिएका छन् ।

केन्द्रमा दैनिक ४० देखि ५० जना बिरामी उपचारका लागि आउने गरेका छन् । उपचारमा आउने बिरामीमध्ये अधिकांश ग्याष्ट्रिक, बाथ र ज्वरोका हुने गरेका छन् । केन्द्रले प्रयोगशाला सञ्चालनमा ल्याएको छ । निरीक्षक चापागाईँले भन्नुभयो, “न्यून शुल्कमा प्रयोगशाला परीक्षण गर्ने सुविधा भएपछि बिरामीको चाप बढ्दै गएको छ ।”

गण्डकी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले अध्यक्ष नियुक्त गर्न विलम्ब गरेकाले केन्द्रमा खर्च व्यवस्थापन तथा बिरामीका लागि थप सेवा सुविधा विस्तारमा कठिनाइ भएको उहाँको भनाइ छ । क्षारसुत्र, पञ्चकर्म, प्रयोगशाला र टिकट दस्तुरबापतको आम्दानीको पैसाबाट नयाँ काम तथा खर्च व्यवस्थापन गर्न नपाउँदा समस्या भएको केन्द्र प्रमुख डा नारायण श्रेष्ठले जानकारी दिनुभयो ।

“हामीले पटक–पटक मन्त्रालयमा ताकेता गरिरहेका छौँ, कुनै सुनुवाइ भएको छैन्,” उहाँले भन्नुभयो, “समस्या समधान नहुँदा काम गर्न कठिनाइ भएको छ ।” प्रदेशका स्वास्थ्यमन्त्री परिवर्तन भएका कारण समस्या उत्पन्न भएको उहाँले बताउनुभयो । “मन्त्रालयबाट नीतिगत निर्णय हुने बित्तिकै यो काम अघि बढ्छ”, उहाँले भन्नुभयो । रासस

मङ्गलबार, भदौ २५, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

लोकप्रिय

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

ताजा

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.