• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बिहिबार, भदौ २५, २०८३
बिहिबार, भदौ २५, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते
  • २६ मिनेट 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त
  • २९ मिनेट 

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
  • १३ घण्टा 

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
  • १८ घण्टा 

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
  • १८ घण्टा 

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू
  • १८ घण्टा 

झापा र कैलालीमा खोप अभियान
  • १८ घण्टा 

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
  • २१ घण्टा 

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • २२ घण्टा 

लोकप्रिय समाचार

  • १. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • २. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ३. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ६. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • ७. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • ८. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

  • ९. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

  • १०. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

चितवनबाट काठमाडौँ जाने बिरामी घटे

  •  बिहिबार, भदौ २७, २०८१ मा प्रकाशित

चितवन । दश वर्षअघि लिइएको एक तथ्याङ्कमा यहाँबाट २४ घण्टामा ६९ एम्बुलेन्स बिरामी बोकेर काठमाडौँ गएको उल्लेख छ । तत्कालिन समयमा भरतपुरको आँपटारीमा नेपाल प्रहरीको सहयोगमा यहाँका विशेषज्ञ चिकित्सक डा भोजराज अधिकारीले कार्यपत्र तयारीका लागि यो तथ्याङ्क लिनुभएको थियो ।

अधिकारीको भनाइमा भरतपुर मेडिकल सिटीको अध्ययनका लागि लिइएको तथ्याङ्कमा धेरै बिरामी थप उपचारका लागि काठमाडौँ गएको पाइएको थियो । यो सङ्ख्या अहिले आएर हेर्दै गर्दा निकै कम भएको देखिन्छ । एकिन तथ्याङ्क नलिइएको भए पनि देशभरका एम्बुलेन्स चालकको साझा संस्था संयुक्त एम्बुलेन्स चालक सङ्घ नेपालका अध्यक्ष नवराज लामिछाने अहिले दैनिक छ÷सात एम्बुलेन्स मात्रै बिरामी लिएर जाने गरेको बताउनुहुन्छ ।

भरतपुर अस्पताल विकास समितिका पूर्वअध्यक्षसमेत रहनुभएका डा अधिकारी पहिले पहिले बिरामी सामान्य परीक्षण यहाँ गरेर थप परीक्षणका लागि काठमाडौँ जाने गर्दथे । उहाँले भन्नुभयो, “उपचार थालेको एक दुई दिनमा ठीक हुन्छ कि हुँदैन, होइन भने काठमाडौँ जान्छु बिरामीले भन्ने गर्नुहुन्थ्यो, अहिले त्यस्तो छैन ।”

अहिले जिल्लामा सबै सुविधा भएका कारण सकेसम्म बिरामी यही उपचार गर्न चाहने गरेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “सबै खालका उपचार यहाँ हुने भएपछि बाहिरी जिल्लाबाट काठमाडौँ जाने गरेका बिरामी पनि यहाँ आउने गरेका छन् ।”

भरतपुरमा संघीय सरकारको केन्द्रीय स्तरको एक भरतपुर अस्पताल, दुई मेडिकल कलेज, क्यान्सर अस्पताल, आँखा अस्पतालसहित २० भन्दा बढी साना तथा ठूला निजी अस्पताल सञ्चालनमा छन् । यसका अतिरिक्त उत्कृष्ट प्रयोगशाला यहीँ छन् ।

केही वर्ष अघिसम्म यहाँबाट मुटु, न्यूरो, बाल शल्यचिकित्सा, हर्मनरोग, मेरुदण्डजस्ता रोगका बिरामी काठमाडौँ जाने गर्दथे । यहाँका मेडिकल कलेजले नेपालमा दिन सकिने सबै सेवा दिएकै कारण यहाँका बिरामी बाहिर जान घटेका हुन् ।

चितवन मेडिकल कलेज शिक्षण अस्पतालका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्राडा हरिश्चन्द्र न्यौपाने आधुनिक उपकरण र विशेषज्ञ चिकित्सक पर्याप्त हुँदा उपचारका लागि काठमाडौँ जाने बिरामी घटेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “काठमाडौँ जाने होइन, बिरामी काठमाडौँबाट चितवन आउने गरेका छन् ।” उहाँले छिमेकी जिल्लाबाट रिफर भएर पनि ठूलो सङ्ख्यामा बिरामी यहाँ आउने गरेको बताउनुभयो । उहाँले भन्नुभयो “मुटु, मृर्गाैला, मेरुदण्ड लगायतका बिरामी काठमाडौँबाट चितवन आउँछन् ।”

क्यान्सर उपचारका लागि चितवन देशकै केन्द्र भएको भन्दै प्राडा न्यौपानेले राजधानीसहित देशैभरी र भारतबाट समेत बिरामी आउने गरेको बताउनुभयो । राजधानी काठमाडौँमा हुने उपचार चितवनमा हुने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “बोनम्यारो प्रत्यारोपणबाहेक सबै उपचार चितवनमा हुन्छन् ।”

भरतपुर अस्पतालमा मेडिकल सुपरिटेण्डेण्ट प्राडा कृष्णप्रसाद पौडेल विगतको तुलनामा निकै न्यून बिरामी मात्रै यहाँबाट रिफर लिएर जाने गरेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “चितवनमा विशिष्टिकृत सेवा सुरु भएसँगै बिरामीहरु यही उपचार गर्न थालेका छन् ।” सरकारी र निजी क्षेत्र दुवैमा उच्चस्तरका उपकरण, दक्ष जनशक्ति र चुस्त व्यवस्थापनका कारण यहाँ सबै खालको उपचार सम्भव हुँदै गएको उहाँ बताउनुहुन्छ ।

भरतपुर आँखा अस्पताल आँखा उपचारमा विशिष्टिकृत बन्दै गएपछि यहाँको आँखा उपचार सेवा पनि राम्रो बनेको छ । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र सिएमसी क्यान्सर इन्स्टिच्यूटमा बोनम्यरो प्रत्यारोपण बाहेकका सबै खाले उपचार हुने गरेका छन् ।

देशको मध्यभागमा पर्ने र यातायातको सहजताले पनि यहाँ देशैभरीबाट बिरामी उपचारका लागि आउने गर्दछन् । छिमेकी जिल्लाबाट यसअघि काठमाडौँ जाने गरेका बिरामी पछिल्ला दिनमा यहाँ आउने गरेका छन् । स्वास्थ्य बीमाको सुविधा यहाँका ठूला अस्पतालमा हुँदा बिरामीलाई उपचारमा सहज भएको छ । रासस

बिहिबार, भदौ २७, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त
बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

लोकप्रिय

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

ताजा

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.