कास्की । पोखराको कर्मफ्लाईट्स् फाउन्डेसनबाट स्वास्थ्य पत्रकार सन्दीपकुमार श्रेष्ठ सम्मानित हुनुभएको छ। पोखरामा आयोजित संस्थाको १०औँ साधारण सभाको अवसरमा श्रेष्ठलाई सम्मान गरिएको हो ।
नेपालको स्वास्थ्य पत्रकारिताको विधागत र संस्थागत विकासमा महत्त्वपूर्ण योगदान पुर्याएकाले पत्रकार श्रेष्ठलाई सम्मान गरिएको संस्थाकी अध्यक्ष शर्मिला शर्माले बताउनु भयो। कार्यक्रमकी प्रमुख अतिथि गण्डकी प्रदेश सभासद् माननीय देवका पहारीले नगद १० हजार रकम सहित सम्मान पत्र मार्फत उहाँलाई सम्मान गर्नु भयको हो।
पत्रकार श्रेष्ठ १६ वर्षदेखि स्वास्थ्य पत्रकारिताको संस्थागत र विधागत विकासमा आफूलाई निरन्तर समर्पित गराई रहनु भएको छ। उहाँ हाल स्वास्थ्य दर्पण मीडिया नेटवर्क प्रा लि को कार्यकारी सम्पादकको भूमिकामा हुनुहुन्छ।
कार्यक्रममा पत्रकार श्रेष्ठ सहित विभिन्न क्षेत्रमा योगदान पुर्याउने ७ जनालाई सम्मान गरिएकोबारे संस्थाका कार्यक्रम निर्देशक प्रेम बहादुर कुँवरले जानकारी दिनुभयो ।
