• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
  • ६० मिनेट 

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
  • ५ घण्टा 

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
  • ६ घण्टा 

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू
  • ६ घण्टा 

झापा र कैलालीमा खोप अभियान
  • ६ घण्टा 

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
  • ८ घण्टा 

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • ९ घण्टा 

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • ११ घण्टा 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • ११ घण्टा 

लोकप्रिय समाचार

  • १. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • २. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • ६. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • ७. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

  • ८. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

  • ९. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

  • १०. सिद्धार्थनगरका २३४ विपन्नले लिए उपचार सिफारिस

संविधान दिवस : बेनीबजार सरसफाइ, दमौलीमा रक्तदान

  •  बुधबार, असोज ०२, २०८१ मा प्रकाशित

म्याग्दी । संविधान दिवस–२०८१ को अवसरमा बुधबार म्याग्दीको सदरमुकाम बेनी बजारको सार्वजनिक स्थानमा सरसफाइ गरिएको छ । जिल्ला समन्वय समितिको आयोजना र म्याग्दी उद्योग वाणिज्य सङ्घको व्यवस्थापनमा बेनीको कालीपुल बसपार्कदेखि म्याग्दी र कालीगण्डकीको दोभान हुँदै दरवाङ बसपार्कसम्म सरसफाइ गरिएको हो ।

जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले बसपार्क र कालीगण्डकी तथा म्याग्दी नदी किनार आसपासका ठाउँमा फालिएका फोहर सङ्कलन र व्यवस्थापन गरिएको जानकारी दिनुभयो । “डेङ्गुको जोखिम पनि रहेकाले सचेतनाका लागि फोहर व्यवस्थापनसँगै झाडी पनि हटाइएको छ,” उहाँले भन्नुभयो “सरसफाइप्रति समुदायलाई सचेत बनाउन साङ्केतिक रुपमा कार्यक्रम गरिएको हो ।”

नदी किनार र सडक छेउमा धेरै फोहर भेटिएको ठाउँ नजिकैका घरधनीलाई सम्बन्धित वडा कार्यालयमार्फत व्यवस्थापनका लागि ताकेता गर्न निर्देशन दिएको जिसस प्रमुख थापाले बताउनुभयो ।

जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी, उद्योगी, व्यवसायी, सङघ संस्थाका प्रतिनिधिको सहभागितामा सरसफाइ गरिएको थियो । म्याग्दीमा बुधबार, बिहीबार र शुक्रबार तीन दिन विभिन्न कार्यक्रम गरेर संविधान दिवस मनाउने कार्यक्रम तय भएको छ । सार्वजनिकस्थान तथा सरकारी कार्यालय सरसफाइ र साँझ कार्यालयमा दिप प्रज्वलन गर्ने कार्यक्रम रहेको छ । बिहीबार बिहान बेनी बजारमा ¥यालीको आयोजना गरिएको छ ।

विसं २०७२ असोज ३ गते संविधानसभाबाट संविधान जारी भएको दिनको सम्झनामा हर्षोल्लासका साथ दिवस मनाउन लागिएको हो ।

संविधान दिवसमा रक्तदान र सरसफाइ

संविधान दिवसको अवसरमा तनहुँको दमौलीमा आज रक्तदान र सरसफाइ कार्यक्रम गरिएको छ । संविधान दिवस मूल समारोह समितिको आयोजनामा विविध कार्यक्रम गर्ने निर्णय बमोजिम रक्तदान र सरसफाइ गरिएको हो ।

दमौली अस्पताल र नेपाल रेडक्रस सोसाइटीको व्यवस्थापनमा दमौली अस्पताल परिसरमा रक्तदान कार्यक्रम गरिएको छ । संविधान दिवस मूल समारोह समितिका संयोजक एवं जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले दमौली अस्पतालमा रगतको मागलाई पूर्ति गर्ने उद्देश्यले रक्तदान आयोजना गरिएको बताउनुभयो ।

अहिलेको समयमा संविधान संशोधनको आवाज उठिरहेकाले यस विषयमा छलफल गर्न आवश्यक रहेको वाग्लेले बताउनुभयो । संविधानले हरेक वर्गलाई अधिकार दिएको बताउँदै वाग्लेले संविधान समयानुकूल परिमार्जन गर्न सकिने बताउनुभयो । प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले रक्तदान जीवनदान भएकाले रक्तदाताले समय–समयमा रक्तदान गर्नुपर्ने बताउनुभयो ।

नेपाल रेडक्रस सोसाइटी तनहुँका सभापति प्राडा कृष्णप्रसाद गौतमले हरेक तीन महिनामा व्यक्तिले रक्तदान गर्नसक्ने भएकाले खेर जाने रगतलाई अर्काको जीवनदानमा सहयोग गर्न आग्रह गर्नुभयो । यसअघि व्यास नगरपालिकाको व्यवस्थापनमा दमौली बजार क्षेत्र सरसफाइ गरिएको थियो । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधि एवं सर्वसाधारणको उपस्थितिमा मालपोत लाइन, प्रशासन चोक, दमौली अस्पताल परिसर, खुल्ला चौरमा सरसफाइ गरिएको थियो । संविधान दिवसको अवसरमा आजदेखि शुक्रबारसम्म जिल्लामा विविध कार्यक्रम हुँदैछ । रासस

बुधबार, असोज ०२, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै

लोकप्रिय

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

ताजा

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.