• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
  • १ घण्टा 

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
  • ५ घण्टा 

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
  • ६ घण्टा 

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू
  • ६ घण्टा 

झापा र कैलालीमा खोप अभियान
  • ६ घण्टा 

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
  • ८ घण्टा 

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • ९ घण्टा 

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • ११ घण्टा 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • ११ घण्टा 

लोकप्रिय समाचार

  • १. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • २. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • ६. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • ७. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

  • ८. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

  • ९. सिद्धार्थनगरका २३४ विपन्नले लिए उपचार सिफारिस

  • १०. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

आयुर्वेदिक चिकित्साप्रति नागरिकको आकर्षण बढ्दै

  •  आइतबार, असोज ०६, २०८१ मा प्रकाशित

नवलपुर (नवलपरासी) । पछिल्ला वर्षमा आयुर्वेद चिकित्साप्रति बिरामीको आकर्षण बढ्दै गइरहेको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का कार्यालय प्रमुख डा सुजाता शर्माका अनुसार आयुर्वेद चिकित्साप्रति नागरिकको विश्वास बढ्दै जाँदा बर्सेनि बिरामीको आकर्षण बढ्दै गएको हो ।

जिल्लामा आर्थिक वर्ष २०७८/७९ को तुलनामा आर्थिक वर्ष २०८०/८१ मा स्वास्थ्य केन्द्र आउने बिरामीको सङ्ख्या तीनगुणाले बढेको डा शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार स्वास्थ्य केन्द्रमा आव २०७८/७९ मा आठ हजार दुई सय ३० बिरामीले सेवा लिएकामा गत आर्थिक वर्ष २०८०/८१ मा यो सङ्ख्या बढेर २५ हजार दुई सय ९६ पुगेको छ । त्यस्तै अघिल्लो आर्थिक वर्ष २०७९/८० मा स्वास्थ्य केन्द्रबाट २३ हजार पाँच सय ३८ बिरामीले सेवा लिएका डा शर्माले बताउनुभयो ।

गत वर्ष अस्पतालबाट आठ हजार नौ सय ९४ जनाले बहिरङ्ग सेवा लिएका भन्दै उहाँले नौ हजार तीन सय ८१ जनाले नागरिक आरोग्य सेवा लिएका बताउनुभयो । त्यस्तै एक सय ४९ जनाले स्तनपायी आमा सेवा कार्यक्रम, दुई सय ७५ जनाले ज्येष्ठ नागरिक स्वास्थ्य प्रवद्र्धन कार्यक्रम, दुई हजार सात सय २१ जनाले पञ्चकर्म कार्यक्रम, एक सय २९ जनाले स्वास्थ्य प्रवद्र्धनका लागि जीवनशैली परिवर्तन तथा योग, एक सय ४९ जनाले कर्पोरेट योग, तीन सय ९२ जनाले उपचारात्मक योग सेवा लिएका डा शर्माले जानकारी दिनुभयो ।

त्यसैगरी तीन सय ३२ जनाले भिडियो एक्स–रे सेवा, दुई जनाले शल्यचिकित्सा, दुई सय ३३ जनाले ज्येष्ठ नागरिक आरोग्य सेवा, दुई हजार दुई सय १३ जनाले प्रयोगशाला परीक्षण तथा तीन सय २६ जनाले अन्य आयुर्वेद कार्यक्रम लिएका उहाँको भनाइ छ । स्वास्थ्य केन्द्रबाट प्रदान हुने सेवामध्ये प्रयोगशाला, भिडियो एक्स–रे तथा शल्यक्रियामा शुल्क लाग्ने भए पनि अन्य सबै प्रकारका सेवाहरु निःशुल्क उपलब्ध हुने गरेको डा शर्माले जानकारी दिनुभयो ।

स्वास्थ्य केन्द्रबाट बिरामीलाई औषधिसमेत निःशुल्क वितरण हुँदै आएको डा शर्माले बताउनुभयो । “सरकारले २३ प्रकारका आयुर्वेदिक औषधि निःशुल्क वितरण गर्नुपर्ने नियम बनाएको छ”, उहाँले भन्नुभयो, “तर, अहिले हामीले यहाँ उपचार गर्न आउने बिरामीलाई विभिन्न ३० प्रकारका आयुर्वेदिक औषधि निःशुल्क उपलब्ध गराउँदै आएका छौँ ।”

स्वास्थ्य केन्द्रबाट अम्लपित्त, हाडजोर्नी, पिनास, पाइल्स, फिसर, पेटको रोग, स्त्रीरोग, छालासम्बन्धी रोग, वातरक्त (युरिक एसिड), श्वास, कास, शिर रोग, मिर्गौलाको पत्थरी, उच्च रक्तचाप, मधुमेहलगायत रोगको उपचार गरिँदै आएको डा शर्माले जानकारी दिनुभयो । आयुर्वेदिक उपचार पद्धतिबाट बिरामी निको हुन समय लाग्ने भए पनि बिरामीमा कुनै पनि खराब असर नपर्ने भएका कारण बिरामीको आकर्षण बढ्दै गएको उहाँले बताउनुभयो । स्वास्थ्य केन्द्रबाट प्रदान गरिने सेवालाई थप विस्तार गर्दै लैजाने तयारी भइरहेको उहाँको भनाइ छ । रासस

आइतबार, असोज ०६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै

लोकप्रिय

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

ताजा

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.