• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
आइतबार, कार्तिक ०९, २०८३
आइतबार, कार्तिक ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता
  • २५ मिनेट 

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • २ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • २ हप्ता 

लोकप्रिय समाचार

  • १. ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

आयुर्वेदिक चिकित्साप्रति नागरिकको आकर्षण बढ्दै

  •  आइतबार, असोज ०६, २०८१ मा प्रकाशित

नवलपुर (नवलपरासी) । पछिल्ला वर्षमा आयुर्वेद चिकित्साप्रति बिरामीको आकर्षण बढ्दै गइरहेको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का कार्यालय प्रमुख डा सुजाता शर्माका अनुसार आयुर्वेद चिकित्साप्रति नागरिकको विश्वास बढ्दै जाँदा बर्सेनि बिरामीको आकर्षण बढ्दै गएको हो ।

जिल्लामा आर्थिक वर्ष २०७८/७९ को तुलनामा आर्थिक वर्ष २०८०/८१ मा स्वास्थ्य केन्द्र आउने बिरामीको सङ्ख्या तीनगुणाले बढेको डा शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार स्वास्थ्य केन्द्रमा आव २०७८/७९ मा आठ हजार दुई सय ३० बिरामीले सेवा लिएकामा गत आर्थिक वर्ष २०८०/८१ मा यो सङ्ख्या बढेर २५ हजार दुई सय ९६ पुगेको छ । त्यस्तै अघिल्लो आर्थिक वर्ष २०७९/८० मा स्वास्थ्य केन्द्रबाट २३ हजार पाँच सय ३८ बिरामीले सेवा लिएका डा शर्माले बताउनुभयो ।

गत वर्ष अस्पतालबाट आठ हजार नौ सय ९४ जनाले बहिरङ्ग सेवा लिएका भन्दै उहाँले नौ हजार तीन सय ८१ जनाले नागरिक आरोग्य सेवा लिएका बताउनुभयो । त्यस्तै एक सय ४९ जनाले स्तनपायी आमा सेवा कार्यक्रम, दुई सय ७५ जनाले ज्येष्ठ नागरिक स्वास्थ्य प्रवद्र्धन कार्यक्रम, दुई हजार सात सय २१ जनाले पञ्चकर्म कार्यक्रम, एक सय २९ जनाले स्वास्थ्य प्रवद्र्धनका लागि जीवनशैली परिवर्तन तथा योग, एक सय ४९ जनाले कर्पोरेट योग, तीन सय ९२ जनाले उपचारात्मक योग सेवा लिएका डा शर्माले जानकारी दिनुभयो ।

त्यसैगरी तीन सय ३२ जनाले भिडियो एक्स–रे सेवा, दुई जनाले शल्यचिकित्सा, दुई सय ३३ जनाले ज्येष्ठ नागरिक आरोग्य सेवा, दुई हजार दुई सय १३ जनाले प्रयोगशाला परीक्षण तथा तीन सय २६ जनाले अन्य आयुर्वेद कार्यक्रम लिएका उहाँको भनाइ छ । स्वास्थ्य केन्द्रबाट प्रदान हुने सेवामध्ये प्रयोगशाला, भिडियो एक्स–रे तथा शल्यक्रियामा शुल्क लाग्ने भए पनि अन्य सबै प्रकारका सेवाहरु निःशुल्क उपलब्ध हुने गरेको डा शर्माले जानकारी दिनुभयो ।

स्वास्थ्य केन्द्रबाट बिरामीलाई औषधिसमेत निःशुल्क वितरण हुँदै आएको डा शर्माले बताउनुभयो । “सरकारले २३ प्रकारका आयुर्वेदिक औषधि निःशुल्क वितरण गर्नुपर्ने नियम बनाएको छ”, उहाँले भन्नुभयो, “तर, अहिले हामीले यहाँ उपचार गर्न आउने बिरामीलाई विभिन्न ३० प्रकारका आयुर्वेदिक औषधि निःशुल्क उपलब्ध गराउँदै आएका छौँ ।”

स्वास्थ्य केन्द्रबाट अम्लपित्त, हाडजोर्नी, पिनास, पाइल्स, फिसर, पेटको रोग, स्त्रीरोग, छालासम्बन्धी रोग, वातरक्त (युरिक एसिड), श्वास, कास, शिर रोग, मिर्गौलाको पत्थरी, उच्च रक्तचाप, मधुमेहलगायत रोगको उपचार गरिँदै आएको डा शर्माले जानकारी दिनुभयो । आयुर्वेदिक उपचार पद्धतिबाट बिरामी निको हुन समय लाग्ने भए पनि बिरामीमा कुनै पनि खराब असर नपर्ने भएका कारण बिरामीको आकर्षण बढ्दै गएको उहाँले बताउनुभयो । स्वास्थ्य केन्द्रबाट प्रदान गरिने सेवालाई थप विस्तार गर्दै लैजाने तयारी भइरहेको उहाँको भनाइ छ । रासस

आइतबार, असोज ०६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

लोकप्रिय

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

ताजा

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.