• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
आइतबार, कार्तिक ०९, २०८३
आइतबार, कार्तिक ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता
  • १० घण्टा 

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • २ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • २ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • २ हप्ता 

लोकप्रिय समाचार

  • १. ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

‘स्वास्थ्य क्षेत्र प्रदेश कर्णाली प्रदेश सरकारको प्राथमिकतामा’

  •  बिहिबार, असोज १०, २०८१ मा प्रकाशित

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले स्वास्थ्य क्षेत्रलाई प्रदेश सरकारले पहिलो प्राथमिकतामा राखेको बताउनुभएको छ ।

चिङ्गाड गाउँपालिका–५ सुर्खेत अवललिङ्स्थित प्राथमिक स्वास्थ्य केन्द्रको नवनिर्मित भवनको आज उद्घाटन गर्दै मुख्यमन्त्री कँडेलले प्रदेश सरकारले पहिलो प्राथमिकता राखेको स्वास्थ्य क्षेत्रमा संवेदनशील भएर काम गर्नुपर्नेमा जोड दिनुभयो । “स्वास्थ्य क्षेत्र प्रत्यक्ष जनतासँग जोडिएको छ”, उहाँले भन्नुभयो, “यो क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मीले थोरै कमजोरी गरे नागरिकको ज्यान खतरा हुन्छ ।”

स्वास्थ्यमा थोरै हेलचक्र्याइँले नागरिकको जीवन जोखिममा पर्नसक्ने भएकाले आफ्नो कर्तव्य र दायित्वलाई केन्द्रमा राखेर काम गर्न मुख्यमन्त्री कँडेलले स्वास्थ्यकर्मीलाई निर्देशन दिनुभयो ।

ग्रामीण क्षेत्रमा स्वास्थ्यको भौतिक संरचना राम्रो बनेकाले यहाँका स्थानीयलाई सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सुविधा प्राप्त हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

विकासका काममा तेरो र मेरो नभनेर समुदायमा रहेका सम्पूर्ण व्यक्ति एक ठाउँमा उभिन सके चाँडो र सहज रुपमा विकास गर्न सकिने भन्दै उहाँले आफ्नो गाउँठाउँलाई राम्रो बनाउन सबै मिल्नुको विकल्प नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो जस्तो कमजोर प्रदेशमा चुनावको समयमा दलबीच प्रतिस्पर्धा गर्ने मात्र होइन, विकासका लागि सबै राजनीतिक दल एक ठाउँमा आउनुपर्दछ ।”

प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेटको केन्द्रमा स्वास्थ्य क्षेत्र रहेको बताउँदै उहाँले अबको केही समयमा यहाँको स्वास्थ्य क्षेत्रमा सुधारका सङ्केत देखिँदै जाने दाबी गर्नुभयो । सङ्घीय आयोजना कार्यान्वयन इकाइ सुर्खेतका आयोजना प्रमुख कमलकुमार दर्लामीका अनुसार रु तीन करोड ६२ लाख नौ हजार नौ सय ५१ लागतमा प्राथमिक स्वास्थ्य केन्द्रको भवन निर्माण भएको थियो । रासस

बिहिबार, असोज १०, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

लोकप्रिय

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

ताजा

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.