नेपालगन्ज । संविधानसभा सदस्य अब्दुल हमिद सिद्दिकी (भोला) को निधन भएको छ ।
बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ गणेशपुर निवासी काँग्रेस नेता सिद्दिकीको ६० वर्षको उमेरमा गएराती हृदयाघातबाट निधन भएको काँग्रेस बाँकेका सचिव सुधांशु कोइरालाले जानकारी दिनुभयो ।
इमान्दार र जुझारु स्वभावका सिद्दिकी दोस्रो संविधानसभा २०७० मा सभासद् हुनुभएको थियो ।
उहाँको आज अपराह्न ४ बजे अन्त्येष्टि गरिएको कोइरालाले जानकारी दिनुभयो ।
