• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
आइतबार, कार्तिक ०९, २०८३
आइतबार, कार्तिक ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता
  • १४ घण्टा 

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • २ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • २ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • २ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • २ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • २ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • २ हप्ता 

लोकप्रिय समाचार

  • १. ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

चितवनमा एचआईभी संक्रमण घट्यो, जोखिम घटेन

  •  सोमबार, मङि्सर १७, २०८१ मा प्रकाशित

चितवन । हरेक डिसेम्बर एक तारिखमा विश्वभर एड्स दिवस मनाइन्छ । आइतबार नेपालमा पनि विश्व एड्स दिवस मनाइयो । चितवनमा पनि विभिन्न सचेतनामुलक कार्यक्रम गरेर विश्व एड्स मनाईएको थियो । सो अवसरमा भरतपुरमा सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम समेत गरिएको थियो । भरतपुर अस्पतालको एआरटी सेन्टरको सभाहलमा आयोजित कार्यक्रममा चिकित्सक, अभियान्ता, एचआईभी प्रभावित तथा संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

सो अवसरमा बोल्दै एआरटी (एन्टीरेट्रो थेरापी) क्लिनिक भरतपुर अस्पतालका स्रोत व्यक्ति डा.प्रमोद पौडेलले नेपालमा पछिल्लो समय एचआईभी प्रभावितको संख्या घट्दै गएपनि जोखिम नघटेको बताउनु भयो । ‘पछिल्लो तथ्यांक अनुसार नेपालमा ९१ प्रतिशत एचआइभी प्रभावितको संख्या घटेको छ, चितवनमा पनि ५१ प्रतिशतले घटेको अवस्था छ । तर जोखिम भने उत्तिकै कायम छ ।’ डा. पौडेलले भन्नुभयो । बिशेषगरी असुरक्षित यौनसम्पर्क, लागुऔषध प्रयोगकका कारण एचाईभी संक्रमणको जोखिम उत्तिकै रहेको उहांँको भनाई थियो । ‘हामीले एकातिर नयांँ संक्रमित पहिचान र उपचारको पहुंँचमा ल्याएका छौं, अर्कातिर असुरक्षित यौन सम्पर्क र लागुऔषध प्रयोगले चुनौति पनि थपिदै गएको छ ।’ उहांँले भन्नुभयो । कतिपय बिरामीहरु समाजका डर, नियमित औषधि प्रयोग नगर्ने तथा अन्य कारणले गर्दा उपचारमा आउन नसकेकोले पनि ती व्यक्तिबाट एचआईभी संक्रमणको जोखिम रहने उहांँले बताउनु भयो ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट प्राडा कृष्ण पौडेलले चितवन देशकै केन्द्र र ट्रान्जिट पोइन्ट भएकोले एचआइभीको जोखिम उत्तिकै रहेको बताउनु भयो । ‘चितवन मेडिकल सिटीको रुपमा त विकसित हुंँदै गएको छ । तर यहांँ एचआईभी संक्रमितसंँगै अस्पतालका स्वास्थ्यकर्मी पनि सुरक्षित छैनन ।’ प्राडा पौडेलले भन्नुभयो । भरतपुर अस्पतालमा दुईदर्जन भन्दा बढी जिल्लाका विरामी आउने गरेको जानकारी दिंँदै उहांँले नीजि अस्पतालले एचआईभी संक्रमितको उपचार नगर्ने भएकोले पनि सरकारी अस्पतालमा त्यस्ता बिरामीबाट स्वास्थ्यकर्मी र अन्य बिरामी पनि जोखिममा रहने उहांँका भनाई थियो ।

चितवन सक्रिय महिला प्रतिष्ठानकी अध्यक्ष दिक्षा रिमालले एचआईभी संक्रमितले आफ्नो रोग लुकाउंँदा संक्रमित नभएका व्यक्तिको लागि थप जोखिम हुने बताउनु भयो । ‘एचआईभी संक्रमित हुंँ भनेर पहिलेजस्तो लुकाएर हिड्ने अवस्था छैन, रिमालले भन्नुभयो, संक्रमित खुल्नु जरुरी छ । समाजमा सचेतना ल्याउनु जरुरी छ ।’ एचआईभी संक्रमितको दोष स्वयं संक्रमित नभएर बाबुआमाबाट पनि रोग सर्दा र रगत , सिरिञ्ज तथा लागु पदार्थ सेवनबाट सर्ने भएकोले समाजमा संक्रमितले यथार्थ बिषय राख्नु पर्ने रिमालको भनाई थियो ।

स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिनेश रुपाखेतीले नेपाल लगायत चितवनमा एचआईभी संक्रमितको संख्या न्यूनिकरण गर्न र सचेतनाको लागि कार्यालयले समयसमयमा कार्यक्रम गर्दे आएको बताउनु भयो । ‘हामीले विद्यालय कलेज, बसपार्क तथा विभिन्न गोष्ठी सेमिनार मार्फत सचेतनाका कार्यक्रम त गर्दै आएका छौं, तर यो पूर्ण रुपमा पर्याप्त छैन ।’ प्रमुख रुपाखेतीले भन्नुभयो । सिमित श्रोत र साधनका बीच सरकारले मात्रै एचआईभीको निराकारण गर्न नसक्ने भन्दै उहांँले नागरिकहरु पनि उत्तिकै सजग हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा सहभागी एचआइभी संक्रमितले आफूहरुले समाजमा लान्छना र भेदभाव सहनुपरेको, शिक्षा , सीप र रोजगारबाट बञ्चित हुनुपरेको भन्दै सरकारले यसतर्फ ध्यान दिन आग्रह गरेका थिए ।
कार्यक्रममा एड्स नेपाल फाउण्डेशन (एएचएफ) भरतपुरका कार्यक्रम संयोजक कृष्णहरि सापकोटाले चितवनमा एचआईभी संक्रमितको अवस्था तथा तथ्यांक प्रस्तुत गर्नुभएको थियो ।

उहांँका अनुसार हालसम्म भरतपुरको एआरटी सेन्टरमा सन् २००७ देखि २०२३ सम्म २ हजार ४५६ जना संक्रमित दर्ता छन । आर्थिक बर्ष २०८०, ०८१ मा २ हजार ११८ जनाले एचआईभी परिक्षण गरेका थिए । एआरटी सेन्टरबाट अन्य जिल्ला गरी ११ हजार ९९४ जनाले औषधि तथा परामर्श लगायतका सेवा लिईरहको संयोजक सापकोटाले जानकारी दिनुभयो ।

सोमबार, मङि्सर १७, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

लोकप्रिय

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

ताजा

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.