• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, साउन ०९, २०८३
शनिबार, साउन ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १६ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १७ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १७ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • २ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • २ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • ३ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • ३ दिन 

मीना सुनारको उद्धार
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ८. आँखा अस्पतालमा बिरामी बढे

  • ९. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • १०. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

सरकारी संरचना नै छैनन् अपाङ्गमैत्री

  •  मङ्गलबार, मङि्सर १८, २०८१ मा प्रकाशित

अमरगढी (डडेल्धुरा) । डडेल्धुरा स्थित सरकारी संरचना तथा कार्यालय प्रमुखको कक्ष अपाङ्गमैत्री नहुँदा अपाङ्गता भएका व्यक्तिको सहज पहुँच पुग्नसकेको छैन । अपाङ्गता भएका व्यक्तिले सरकारी कामका लागि कार्यालय आउँदा सहयोगी नल्याए काम गर्न सक्ने अवस्था नभएको गुनासो गरेका छन् ।
अमरगढी नगरपालिका–१ भेटाका गणेश ऐर नगरप्रमुखलाई भेट्न जाँदा सधैँ त्रासमा पर्नुपर्ने अवस्था रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ”त्यहाँ पुग्नुअघि कुन दिन सिँढीबाट लडिन्छ सधैँ डराउनुपर्ने अवस्था छ ।” शारीरिक रूपमा अपाङ्ग ऐरजस्तै अन्य धेरै सेवाग्राही अपाङ्गमैत्री कार्यालय नहुँदा समस्यामा छन् । अमरगढी नगरपालिकाको यो अवस्था छभने अन्य कार्यालयको अवस्था पनि यो भन्दा फरक छैन ।

एकातिर कार्यालयसम्म पुग्न सहज छैन भने अर्कातिर कार्यालय प्रमुख माथिल्लो तलामा बस्ने गरेका छन् । जिल्लाका अधिकांश स्थानीय तह प्रमुख, प्रमुख जिल्ला अधिकारी, जिल्ला न्यायाधीश, शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख, सामाजिक विकास कार्यालय प्रमुख, मालपोत अधिकृत, नापी प्रमुख, टेलिकम, विद्युत्लगायत सरकारी कार्यालयका प्रमुखको माथिल्लो तलामा कार्यकक्ष छ । यसले गर्दा अपाङ्गता भएका सेवाग्राहीको पहुँच कार्यालय प्रमुखसम्म पुग्न सहज नभएको उनीहरूले बताएका छन् ।

सरकारी संरचना अपाङ्गमैत्री नहुँदा अपाङ्गता भएकाहरूले सास्ती भोग्दै आएका हुन् । अपाङ्गमैत्री कार्यालय नहुँदा सिधैँ कार्यालयमा गएर आफ्ना समस्या उनीहरूले राख्न सकेका छैनन् । कार्यालय परिसरमै पुग्न नसकेका अपाङ्गता भएकाहरूको पहुँच कार्यालय प्रमुखसम्म पुग्ने त कुरै भएन । कार्यालयका सम्बन्धित अधिकारीसम्म सिधैँ पहुँच नहुँदा उनीहरूले समस्या भोग्दै आएका हुन् ।

सरकारी कार्यालयमा अप्ठ्यारो सिँढी रहेकाले शारीरिक अपाङ्गता भएकाहरूले सहज सेवा लिन नपाएको जिल्ला अपाङ्ग कल्याण सेवा समितिका अध्यक्ष राजेन्द्र प्रसाद पन्तले बताउनुभयो । “वैशाखी, सेतो छडी बोक्नेहरूका लागि कार्यालयको सेवा कठिन भएको छ”, उहाँले भन्नुभयो, “मुलुकमा धेरै परिवर्तन आए तर अपाङ्गका लागि सहज सेवा पाउन सकेका छैनन् ।”

अपाङ्ग भएका व्यक्तिहरूले आफ्ना कुरा सम्बन्धित अधिकारीको कार्यकक्षमै आएर सुनाउन सक्ने वातावरण बनेको छैन, जसले गर्दा उनीहरू सहज रूपमा सरकारी सेवासुविधाबाट वञ्चित हुनुपरेको छ । सरकारी सेवा सहज रूपमा लिन कार्यालय प्रमुखलाई पटक–पटक भुइँतलामा बस्नुपर्ने आग्रह गरे पनि अहिलेसम्म कार्यान्वयन नभएको अध्यक्ष पन्तले गुनासो गर्नुभयो । डडेल्धुरामा चार हजार एक सय ५० जना अपाङ्गता भएका व्यक्ति छन् ।

अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिका, २०६९ जारी भए तापनि जिल्लाका सरकारीलगायत गैरसरकारी निकायका संरचना अपाङ्गमैत्री निर्माण भएका छैनन् । प्रत्यक्ष जनसरोकारकारका सरकारी अड्डामा पनि यो अवस्था भएपछि अपाङ्गता भएकाहरूले आफ्नो हकअधिकारबाट वञ्चित हुनुपरेको दुखेसो पोखेका छन् ।

जिल्लाका सरकारी भवन, विद्यालय, अस्पताल, स्वास्थ्य संस्था, धार्मिकस्थल, कार्यस्थल, सार्वजनिक सडक, सडकपेटी, यात्रु प्रतिक्षालयजस्ता सार्वजनिक स्थल र सर्वसाधारणलाई खुला गरिएका व्यावसायिक भवन, आवासीय भवन, होटल तथा रेष्टुराँजस्ता सार्वजनिक भौतिक संरचनामा अपाङ्गता भएकाहरूका लागि सहज र उपयुक्त ढोका, झ्याल, गाइडिङ ब्लक र ब्रेलसमेतको व्यवस्था गरी अपाङ्गता भएका व्यक्तिको सहज आवागमन र उपयोगको लागि पहुँचयोग्य बनाएर अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयुक्त भौतिक संरचना बन्न नसक्दा सास्ती भोग्दै आएका हुन् । रासस

मङ्गलबार, मङि्सर १८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.