• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
आइतबार, कार्तिक ०९, २०८३
आइतबार, कार्तिक ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता
  • ९ घण्टा 

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • २ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • २ हप्ता 

लोकप्रिय समाचार

  • १. ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

भर्तामा आधुनिक प्रसूति सेवा केन्द्र बन्दै

  •  बुधबार, मङि्सर २६, २०८१ मा प्रकाशित

मान्म (कालीकोट) । जिल्लाको शुभकालिका गाउँपालिका–३ भर्ता गाउँमा रु ६९ लाख ५३ हजार चार सय ९८ को लागतमा आधुनिक प्रसूति सेवा केन्द्र (वर्थिङ सेन्टर) निर्माण हुने भएको छ । छायाँ नेपाल र शुभकालिका गाउँपालिकाको संयुक्त लागत साझेदारीमा प्रसूति सेवा केन्द्र निर्माण हुन लागेको हो ।

छायाँ नेपालको ८० प्रतिशत र गाउँपालिकाको २० प्रतिशत लागतमा आधुनिक प्रसूति सेवा निर्माण हुने गाउँपालिकाले जनाएको छ । भर्ता गाउँमा प्रसूति सेवा केन्द्र नहुँदा गर्भवती तथा सुत्केरी हुनेका लागि समस्या हुँदै आएकाले सहज उपचार सुविधा दिने उद्देश्यले आधुनिक भवन निर्माण गरी २४ घण्टा प्रसूति सेवा दिने गाउँपालिकाका गोविन्द्रप्रसाद आचार्यले बताउनुभयो ।

“प्रसूति सेवा केन्द्रलाई व्यवस्थित रूपमा सञ्चालन गरी सेवा प्रवाह गर्ने उद्देश्यले गाउँपालिकाले आधुनिक भवन निर्माण गर्न लागिएको हा”, उहाँले भन्नुभयो, “विकट क्षेत्रका महिलालाई सुरक्षित प्रजनन सेवा दिने पालिकाको पहिलो प्राथमिकता छ ।”

दुर्गम तथा विकट क्षेत्रमा व्यवस्थित प्रसूति सेवा अभाव रहेका स्थानमा छायाँ संस्थाले केन्द्र निर्माण गर्दै आएको संस्थाका कार्यकारी निर्देशक कमल थापाले बताउनुभयो । “सुरक्षित प्रसूति सेवाको पहुँच विस्तार गर्न लामो समयदेखि स्थानीय तहसँग समन्वय गरी केन्द्र स्थापना गर्दै आएका छौँ”, उहाँले भन्नुभयो, “कसैले पनि असुरक्षित प्रसूतिका कारण ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले दुर्गम तथा विकट क्षेत्रमा अभियानका रूपमा केन्द्र स्थापना थालेका हौँ ।”

अहिले शुभकालिका–३ भर्तामा सोही अभियानअन्तर्गत प्रसूति सेवा केन्द्र स्थापना गर्न पालिकासँग समन्वय गरिएको निर्देशक थापाले जानकारी दिनुभयो । केन्द्रमा दक्ष जनशक्ति खटाइने भन्दै आवश्यक अन्य व्यवस्थापन गाउँपालिकाले गर्ने सहमति भएको उहाँले बताउनुभयो ।

भवन पाँच महिनाभित्र सम्पन्न गर्ने लक्ष्य रहेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गणेश शाहीले जानकारी दिनुभयो । “गाउँपालिका र छायाँको संयुक्त साझेदारीमा बन्ने केन्द्र पाँच महिनामा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । एउटा फार्मेसी, प्रस्तुति कक्ष, कर्मचारी आवाससहितको भवन बन्नेछ”, उहाँले भन्नुभयो, “विकट बस्तीका सुत्केरी तथा गर्भवतीको सहजताका लागि केन्द्र स्थापना गर्न लागिएको हो ।”

केन्द्रको भवन निर्माण गर्न आवश्यक जग्गा स्थानीय समाजसेवी नन्दबहादुर शाहीले निःशुल्क रूपमा उपलब्ध गराउनु भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केन्द्रबहादुर शाहीले जानकारी दिनुभयो । रासस

बुधबार, मङि्सर २६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

लोकप्रिय

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

ताजा

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.