• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १४ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १४ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १४ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ७. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ८. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ९. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • १०. आँखा अस्पतालमा बिरामी बढे

विद्यालय तथा स्वास्थ्य संस्थाका भवन पुनःनिर्माण गर्दै कर्णाली प्रदेश सरकार

  •  सोमबार, पुष ०१, २०८१ मा प्रकाशित

काँक्रेविहार (सुर्खेत) । कर्णाली प्रदेश सरकारले दुई जिल्लामा भूकम्पबाट भत्किएका संरचना पुनःनिर्माण गर्ने भएको छ । गत वर्षको कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पबाट भत्किएका विद्यालय तथा स्वास्थ्य संस्था निर्माण गर्न प्रदेश सरकारले नाम र सङ्ख्या टुङ्गो लगाएर अख्तियारी प्रदान गरेको हो ।

जाजरकोट र सल्यानमा भूकम्पबाट भत्किएका भौतिक संरचनाको विवरण आए लगत्तै प्राथमिकताका आधारमा पहिलो चरणमा भौतिक संरचना निर्माण गर्न अख्तियारी पठाएको भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री शेरबहादुर बुढाले जानकारी दिनुभयो । यही मङ्सिर १८ गते निर्णय गरेर पठाएको उहाँले बताउनुभयो । जाजरकोटको बारेकोट–६ को सीता माध्यमिक विद्यालय पुनःनिर्माणलाई रु ७५ लाख विनियोजन गरिएको छ ।

त्यसैगरी सोही वडाको जनज्योति आधारभूत विद्यालय पुनःनिर्माणलाई रु ५० लाख, बारेकोट–९ स्थित दीपेन्द्र माध्यमिक विद्यालय सक्लालाई रु ७५ लाख, बारेकोट–७ सुवाकोट विद्यालयलाई रु ७५ लाख, बारेकोट–१ बयालमा रहेको भगवती आधारभूत विद्यालयलाई रु ५० लाख विनियोजन गरिएको पूर्वाधार विकास कार्यालय, जाजरकोटका प्रमुख इन्जिनियर भूपेन्द्रप्रसाद जैसीले बताउनुभयो ।

नलगाड नगरपालिका–६ स्थित निर्मल ज्योति आधारभूत विद्यालयलाई रु ७० लाख, नलगाड–८ को पञ्च भयार माध्यमिक विद्यालयलाई रु ७० लाख, नलगाड–७ को त्रिभुवन प्राथमिक विद्यालयको भवन निर्माण गर्न ७० लाख, नलगाड–३ को कैलाशकन्या आधारभूत विद्यालय रु ४५ लाख विनियोजन गरिएको छ ।

त्यसैगरी भेरी नगरपालिका–१० स्थित भैरव आधारभूत विद्यालय भुरचौरलाई रु ५५ लाख, भेरी नगरपालिका–७ को सूर्यज्योति आधारभूत विद्यालय मिथेन्ग्रालाई रु ६० लाख, भेरी ३ स्यालास्थित विजय प्राथमिक विद्यालय रु ५५ लाख विनियोजन गरिएको छ ।

छेडागाड नगरपालिकाको छेडागाड नगरपालिका–७ टिकाचौरस्थित भानुभक्त आधारभूत विद्यालय निर्माण गर्न रु ७५ लाख, छेडागाड–१० स्थित सरस्वती आधारभूत विद्यालय काफ्लाको भवन निर्माण गर्न रु ६० लाख, छेडागाड–९ राजिकोटस्थित शान्ति आधारभूत विद्यालयको भवन निर्माण गर्न रु ६० लाख र छेडागाड–४ को दीपेन्द्र आधारभूत विद्यालय चौरजेवाको भवन निर्माण गर्न रु ६० लाख रकम विनियोजन गरिएको जनाइएको छ ।

कुशे गाउँपालिका–२ स्थित मान्नेढुङ्गा माध्यमिक विद्यालय टालेगाउँलाई रु ७५ लाख, वडा नम्बर ८ को नेपाल राष्ट्रिय प्राथमिक विद्यालय भवन निर्माण सँटालाई रु ७५ लाख, वडा नम्बर ६ को छहरागाउँस्थित पुतली प्राथमिक विद्यालयको भवन निर्माणका लागि रु ६५ लाख विनियोजन गरिएको छ ।

त्यसैगरी शिवालय नगरपालिकामा पाँच वटा विद्यालय बन्ने भएका छन् । जनता प्राथमिक विद्यालय शिवालय–८ लाई रु ६० लाख, नेरा मावि शिवालय– २ सिस्नेलाई रु ६० लाख, शिवालय–२ कालिका प्राविलाई रु ६० लाख, नेपाल राष्ट्रिय मावि शिवालय–१ लाई रु ५५ लाख र शिवालय–६ को सरस्वती माविलाई रु ४५ लाख रकम विनियोजन गरिएको छ छ ।

जुनिचाँदे गाउँपालिकामा–५ वटा विद्यालय निर्माण हुने भएका छन् । जसमा जुनिचाँदे–५ को जय गौरव प्रावि खातीगाउँलाई रु ६५ लाख, वडा नम्बर २ को सरस्वती आधाभूत विद्यालयलाई रु ७५ लाख, वडा नम्बर २ को भैरव माविलाई रु ७५ लाख, वडा नम्वर ८ को पदन ज्योति माविलाई रु ७५ लाख र वडा नम्बर ९ को कालिका प्रावि लातालाई रु ४५ लाख विनियोजन गरिएको छ । जाजरकोटमा २२ वटा विद्यालय पहिलो चरणमा पुनःनिर्माण हुन लागेका हुन् ।

कहाँ कहाँ निर्माण हुँदैछन् स्वास्थ्य संस्था ?

बारेकोट–३ स्थित सामुदायिक स्वास्थ्य एकाइ कठर रुससिललाई रु ५० लाखमा भवन निर्माण गर्न लागिएको छ । त्यस्तै वडा नम्बर ४ को जिरीमा रहेको सामुदायिक स्वास्थ्य एकाईलाई रु ५० लाखमा पूर्वाधार निर्माण गर्न लागिएको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका प्रवक्ता रमेश सुवेदीले बताउनुभयो ।

नलगाड नगरपालिका १२ को भगवती स्वास्थ्य चौकी औलगुत्तालाई रु ५० लाख, वडा नम्बर ४ को स्वास्थ्य चौकी लहँलाई रु ४५ लाख विनियोजन गरिएको छ । भेरी नगरपालिका–२ को स्वास्थ्य चौकी बाहुनथानालाई रु ४० लाख, वडा नम्बर ६ को गंगटियालाई रु ४० लाख विनियोजन गरिएको छ । छेडागाड नगरपालिका–१३ कार्कीगाउँ स्वास्थ्य चौकीलाई रु ५० लाख, वडा नम्बर ८ को सामुदायिक स्वास्थ्य एकाई रुवलाई रु ५० लाख, वडा नम्बर ६ को सुवानाउली स्वास्थ्य एकाइलाई रु ४५ लाख रकम विनियोजन गरिएको छ ।

जुनिचाँदे गाउँपालिका–२ स्थित मजकोट स्वास्थ्य चौकी निर्माण गर्न रु ५० लाख, वडा नम्बर ११ को कोताङ स्वास्थ्य चौकी निर्माण गर्न ५० लाख विनियोजन गरिएको छ ।

सल्यानको दामा गाउँपालिकामा चार वटा विद्यालय निर्माण हुने भएका छन् । दार्मा गाउँपालिका–५ स्थित अन्नासक आधारभूत विद्यालयलाई रु ७५ लाख, वडा नम्बर ४ को कालिका आधाभूत विद्यालयलाई रु ७५ लाख विनियोजन गरिएको छ । सिद्धकुमाख गाउँपालिकाको ४ सागिनेमा रहेको जनसेवा आधारभूत विद्यालयलाई रु २५ लाख र शारदा नगरपालिका–५ को जनकल्यान आधारभूत विद्यालयलाई रु २५ लाख रकम विनियोजन गरिएको छ । स्वास्थ्य संस्थाहरुमा कुमाख गाउँपालिका–३ सामुदायिक स्वास्थ्य एकाई निर्माण गर्न रु ५० लाख, बागचौर नगरपालिका–३ को आधारभूत स्वास्थ्य केन्द्र निर्माण गर्न रु २५ लाख विनियोजन गरिएको छ । रुकुम–पश्चिममा भने अझै निर्माणका लागि भौतिक संरचनाको टुङ्गो लागेको छैन । रासस

सोमबार, पुष ०१, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.