• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १६ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १६ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १६ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • २ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • ३ दिन 

मीना सुनारको उद्धार
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ६. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ७. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ८. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ९. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • १०. आँखा अस्पतालमा बिरामी बढे

‘महिनावारी हुँदा किशोरीका लागि विद्यालयमा आराम कक्ष छैनन्’

  •  शनिबार, पुष १३, २०८१ मा प्रकाशित

टीकापुर । सामुदायिक विद्यालयमा अध्ययनरत किशोरीलाई महिनावारी भएका समयमा आवश्यक पर्ने आराम कक्ष नहुँदा उनीहरु समस्यामा पर्ने गरेका छन् । आराम कक्षको अभावमा उनीहरु घर जानुपर्ने बाध्यता छ ।

संघीय सरकारले हरेक विद्यालयमा आराम कक्षको परिकल्पना गरेको छ तर कार्यान्वयन भएको छैन । यहाँको टीकापुरका कतिपय विद्यालयले प्रधानाध्यापक र अध्यक्षको कोठालाई आराम कक्षका रुपमा प्रयोग गरिरहेका छन् । कतिपय विद्यालयले खाली रहेको कोठामा किशोरीलाई समस्या भए केही समय आराम गराउने गरेका छन् ।

यहाँस्थित टीकापुरस्थित खड्ग स्मृति मावि टीकापुर आफैँले किशोरीलाई समस्या भएमा आराम गर्नका सामान्य खालको आराम कक्ष बनाएको छ । यसले किशोरीहरुलाई सहज भएको कक्षा ८ मा अध्ययनरत चन्द्रीका मल्ल बताउनुहुन्छ । ‘‘कक्षामा साथीहरुको पेट दुख्ने, रिगंटा लाग्ने जस्ता समस्या भइरहन्छन्, समस्या भएका साथीहरु १÷२ घण्टा आराम गरेर फेरि कक्षामा बस्नुहुन्छ’’, चन्द्रीकाले भन्नुभयो, ‘‘आराम कक्ष व्यवस्थित नभए पनि केही समयमा लागि शान्त बस्न मिलेको छ । जसले हामीले कक्षा छोडेर घर जानु परेको छैन ।’’

सरकारले किशोरीलाई महिनावारीका समयमा स्यानिटर प्याड उपलब्ध गराउने गरेको छ यसका साथै महिनावारीका समयमा आराम कक्ष भएमा विद्यालय छोड्नुपर्ने समस्याबाट किशोरीले मुक्ति पाएका छन् । कक्षा ८ कै अर्की बालिका माया सुनार आराम कक्ष नभएको भए हरेक दिन ४÷५ जना किशोरीको विद्यालय छुट्ने बताउनुहुन्छ । ‘‘हाम्रो विद्यालयमा महिनावारी हुने उमेरका किशोरी ४ सय बढी छौँ’’, उहाँले भन्नुभयो, ‘‘कोही न कोहीलाई समस्या हुन्छ । यस्तो बेलामा सुविधा सम्पन्न, राम्रो विस्तरा, तातो पानी र सामान्य उपचार समेत हुने खालको आराम कक्ष चाहिन्छ ।’’ अर्की किशोरी प्रगति रेग्मीलाई महिनावारीमा विद्यालयमै प्याड पाउँदा सजिलो भएको, सामान्य खालको भए पनि आराम कक्ष हुँदा आराम गर्न सहज भएको, शौचालय प्याड डिस्पोट गर्ने सुविधा सहितको भएकाले पढाईका लागि सहज वातावरण मिलेको छ ।

खड्ग स्मृति मावि लगायतका केही विद्यालयले आफ्नै पहलमा आराम कक्ष बनाएका छन् तर यी आराम कक्ष सुविधा सम्पन्न छैनन् । अधिकाँश विद्यालयले प्रअको कोठा, बैठक कक्षमा समस्या परेका किशोरीलाई राख्ने गरिएको छ ।

टीकापुरकै सामुदायिक विद्यालयमा अध्ययनरत अर्की किशोरी लक्ष्मी थापा विद्यालयमा सबै खाले सुविधा हुनुपर्ने बताउनुहुन्छ । ‘‘आराम कक्ष भनेर सोफामा बसाउने मात्र होइन, अन्य सुविधा पनि चाहिन्छ’’, उहाँ भन्नुहुन्छ, ‘‘विद्यालयमा किशोरीका लागि चाहिने सबै पूर्वाधार तथा सुविधा हुनुपर्छ । यसमा विद्यालय प्रशासन र स्थानीय सरकारले लगानी गर्नुपर्छ ।’’

महिनावारीको समयमा हरेक विद्यालयमा आराम कक्ष भएमा उनीहरु विद्यालयमै आराम गरेर पुनःकक्षामा सहभागी हुन पाउछन् । महिनावारी भएका समयमा स्यानिटरी प्याड निःशुल्क दिइन्छ, महिनावारी स्वच्छताका लागि शौचालय, पानी र प्याड डिस्पोज गर्ने ठाउँको राम्रै व्यवस्था हुनुपर्ने बालिका जेनिसा तिवारीको माग छ ।

बालिका जेनिसा टाढा घर भएका बालिकाहरु साइकल चलाएर विद्यालय आउँदा समस्या हुने गरेको बताउनुहुन्छ । ‘‘धेरै साथीहरु लामो दुरीमा साइकल चढेर विद्यालय आउनुहुन्छ, महिनावारीका समयमा साइकल चलाउन कठिन हुन्छ’’, उहाँ भन्नुहुन्छ, ‘‘यस्तो बेला विद्यालय नियमित नहुने, कहिलेकाही विद्यालय ढिलो पुग्ने, कहिले विद्यालय पोशाक अर्कै लगाएर आउने गरेका छन् । यस्तो बेला विद्यालयले बुझिदिनुपर्छ ।’’

महिनावारीका समयमा विद्यालयहरूमा किशोरीहरु महिनावारी भएका बेला आराम गर्नका लागि आराम कक्ष आवश्यक हुन्छ तर प्रायजसो विद्यालयमा आराम कक्ष छैन । सबैजसो विद्यालयमा सुविधा सम्पन्न आराम कक्ष चाहिन्छ । यो बालिकाहरुको अधिकारभित्र पर्छ तर आराम कक्ष निर्माणमा ध्यान गएको देखिँदैन । टीकापुर नगरपालिका शिक्षा अधिकृत नरेश अवस्थी २०७६÷७७ बाट स्यानिटरी प्याड उपलब्ध गराउने गरिएको भए सुविधासहितको आराम कक्ष भने अभाव रहेका बताउनुहुन्छ । ‘‘विद्यालयले आस्कमिक समस्या समाधान गरिरहेका भए पालिकाले समाधान गर्न सकेको छैन, अनुगमनमा गएका बेला हरेक विद्यालयमा समस्या देखेका छौँ, नानीहरु कार्यालयमा आराम गरिरहेका देखेका छौँ’’, उहाँ भन्नुहुन्छ, ‘‘शिक्षा समितिको बैठक बसेर कार्यपालिकालाई सिफारिस गर्नेछौँ । पालिकामा बजेट अभाव भएकाले समस्या भए गर्न सकिएको छैन । यसमा जनप्रतिनिधिले महत्व दिनुपर्छ ।’’ रासस

शनिबार, पुष १३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.